ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा पौराणिक ऐतिहासिक भैरव नाच प्रर्दशन

१९ कार्तिक २०८०, आइतबार
१९ कार्तिक २०८०, आइतबार

बुटवल, १९ कार्तिक । पहाडी क्षेत्रमा नाचिने परम्परागत पौराणिक भैरव नाच बुटवलमा प्रर्दशन गरिएको छ । होटल तथा रेष्टुरेन्ट तथा ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा भैरव नाच प्रर्दशन गरेको हो ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसास्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए । धेरै ओझेलमा परेका संस्कृतिहरुमध्ये केहीभएपनि संस्थागत रुपमा आफुहरु संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यका साथ वार्षिक रुपमा कार्यक्रमहरु गर्दै आएको बताए । ‘यहि लोपोन्मुख नाचलाई जगेर्ना गरि अभियानको एउटा स्वरुप कार्यक्रम हो ।’—उनले भने । भैरव नृत्यको आफ्नै धार्मिक महत्व रहेको भन्दै संरक्षणमा लागेको एउटा समुदायको अभियानलाई थप प्रेरणा दिने जरुरी रहेको उनले बताए । आगामी दिनहरुमा आफुहरु यो अभियानमा सहकार्य गर्दै ब्यवस्थित रुपमा आयोजना गर्ने समेत उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले लोपोन्मुख नृत्यलाई जगेर्ना र ब्यवसायिक रुपमा अघि बढाउन जरुरी रहेको बताए । पर्यटकलाई आर्कषित गर्ने गरि थप सहकार्य गर्न तयार रहेको उनले बताए । देश पिडामा रहेको बेला भैरव भगवानको सम्झना र शान्तिको कामनास्वरुप कार्यक्रम भएको उनले बताए ।

सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले नेपालका प्रधानमन्त्री जंग बहादुर राणा बेलायत जादाको किवदन्ती कालभैरवसंग कथन जोडिएको कुरा बताउदै जहाजमा यात्रामा बाधा आएपनि कालभैरवको भाकल गरेका बताए । उनले यात्राबाट फर्किएपछि काठमाण्डौमा कालभैरवको मन्दिर बनाएर पुजा गरि गरेको बताईन्छ । तान्त्रिक विधिबाट पनि यो नाच महत्वपुर्ण मानिन्छ । यो नृत्यमा रक्तभैरव, स्वतभैरव, कालभैरव र परि गरि चार जना कलाकारहरु बाजाको ७ तालहरुमा आर्कषक नृत्य गर्ने गर्दछन । दैवीप्रकोप रोक्न भैरवको पुजा गर्न अनिवार्य मानिन्छ । मानिसहरुलाई रोगब्याधि नहोस र देशमा शान्ति होस भन्ने कामनाका साथ प्रत्येक वर्ष यो नृत्य आयोजना गरिने प्रचलन रहेको छ ।

कार्यक्रममा संघका सचिव तथा संयोजक थम्मन बहादुर भण्डारीले देश नै आर्थिक समस्यामा परेको बेला पर्यटन क्षेत्र अछुतो नरहेको भन्दै कला, संस्कृतिलाई पर्यटनसंग जोडेर केही भएपनि राहत हुने गरि पर्यटक आर्कषणका कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीमा भित्रने पर्यटकलाई हाम्रो आफनै कला, संस्कृति र मौलिक परम्पराहरुबाट जोड्ने गरि कार्यक्रम चलाउने योजना अनुसार अभियान शुरु गरेको बताए । बुटवल कालिकापथको इट्टभट्टीमा प्रदर्शन गरिएको नृत्यमा हजारै दर्शकहरु उपस्थित रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?