ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे सुरु

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

सुनवल, १६ कात्तिक ।

भगवान गौतमवुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनिस्थित रामग्राम स्तुपमा उत्खननका लागि भु–भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) सुरु भएको छ । बुधवारदेखि एक महिना सम्म स्तुपको उत्तर पश्चिम क्षेत्रमा सर्भे तथा उत्खननको काम हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिए । सन् २०१८ मा गरिएको भु–भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तुप परिसरमा पोखरी र विहारको संरचना भेटिएकाले उक्त संरचनाको उत्खननका लागी काम सुरु भएको हो । बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा सर्वेक्षणको काम सुरु भएको छ ।

प्रविधिको प्रयोग गरी मानिसको एक्स–रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर गरिने अध्ययनले जमिनमुनि रहेको संरचनाको बारेमा जानकारी प्राप्त हुन्छ, र सोही अनुरुप संरचनाको अवस्था पत्ता लगाई उत्खनन् गर्ने गरिन्छ । ‘रामग्राममा विगतमा पनि धेरै अध्ययन भएका छन् यो पटक त्यसलाई थप पुष्टि गर्ने गरी विज्ञको टोलीले एक महिना काम गर्छ’, प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले भने । विगतमा महत्वपूर्ण संरचना भेटिएकाले त्यसलाई थप उजागर गर्न यो अध्ययन महत्वपूर्ण हुने ज्ञवालीले बताए । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले सर्वेक्षण र उत्खननको काम गर्ने छ । विगतमा देखिएका संरचनाको पूर्ण पहिचान गरी त्यसको सांंस्कृतिक र एतिहासिक अवस्था बारे उजागर गर्नु नै अहिलको सर्वेक्षणको प्रमुख उद्देश्य रहेको पुरातत्व विभागले जनाएको छ ।

रामग्राम स्तुप क्षेत्रमा सन् १९९९ देखि २००४ सम्म पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन गरिएको थियो त्यसबेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए।

सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको छ । स्तुप क्षेत्र भित्र ईटा, माटाको भाँडाकँुडा लगायतका सामग्री जमिनको सतहमा पनि भेटिने गरेको छ तर स्तुप क्षेत्र भित्रै खनजोत पनि हुने भएकाले पुरातात्विक महत्वका संरचना नष्ट हुने जोखिम पनि बढेको छ ।

रामग्राम नगर प्रमुख धनपत यादवले भविष्यमा विश्वसम्पदा सूचिमा सूचिकरणका लागि पनि यो अध्ययन महत्वपूर्ण हुने बताए । जमिन भित्रका संरचना उत्खनन् गरेपछि रामग्रामको महत्व थप बढ्ने बताउदै उनले अब लुम्बिनी विकास कोषले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

विगतमा पनि धेरै अध्ययनका काम भएको छ, तर यस पटक उत्खनन गर्ने गरी सुरु भएको अध्ययन धेरै महत्वपूर्ण रहेको उनको भनाई छ । वुद्धकालीन क्षेत्रहरु अन्तर्गत लुम्बिनी विकास कोष अन्तर्गत रहेको रामग्राम स्तुपको संरक्षण र विकास हुन नसक्दा स्तुप क्षेत्र ओझेलमा पर्दे आएको छ । रामग्राम स्तुप शान्तीका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?