ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रुपन्देहीमा बसेर दशैं मनाउंदै हुनुहुन्छ ? यी हुन् घुम्न जाने ठाउं

६ कार्तिक २०८०, सोमबार
६ कार्तिक २०८०, सोमबार

बुटवल,६ असोज ।  दसैँ बिदा सुरू भएसँगै रुपन्देही र आसपासमा बस्दै आएकाहरु आफ्नो पुख्र्यौली थातथलो जानेको संख्या बढेको छ । तर, रुपन्देहीमै बसेर दसैँ मनाउनेको संख्या पनि ठूलै छ । दसैँ बिदालाई थप रमाइलो,रोमाञ्चक र आननन्दायी बनाउंदै कहाँ घुम्न जाने भन्ने सोचिरहनु भएको छ भने बुटवलबाट नजिकमा रहेका लुम्बिनी केबलकार लगायतका पर्यटकीय ठाउँमा पुगेर प्रकृतिसँग रमाउन सकिनेछ ।

यसवाहेक बुद्ध जन्मस्थल लुम्बिनी,शंकरनगर वनबाटिका,फुलबारी, हिलपार्क, ग्लोबल पिस पार्क, मिनी फेवा ताल, मिलन पार्क पनि भ्रमणयोग्य स्थलहरू हुन् ।

यस्तै तिलोत्तमा कुन्जलापुरको कुञ्ज पार्क सैनामैनाको मलमला, पानी दह लगायतका पर्यटकीय क्षेत्र पनि घुम्न लायक छन् ।


देवदहको पाकरी वृक्ष, गौतमबुद्ध पार्क, गौतमबुद्ध राष्ट्रिय उद्यान देवदह क्षेत्रका पर्यटकीय स्थलहरू हुन् । यस्तै कञ्चन गाउँपालिकाको दानापुर ताल र गैडहवाको गैडहवा ताल पनि पर्यटकीय क्षेत्र हुन् ।

तर यी माथिका मध्ये नयां र सुविधासम्पन्न पर्यटकीय गन्तव्य भने लुम्बिनी केबलकार र यसको टप स्टेशन बसन्तपुर नै हो । गत जेठ १५ बाट सञ्चालनमा आएकाले यो रुपन्देही र प्रदेशकै नयां पर्यटकीय गन्तव्य बनेको हो ।

डेढ अर्ब बढी लगानीमा केबलकार,जीपलाइन, रेष्टुरां लगायत पर्यटकीय पुर्वाधार बनेकाले छोटो समयमै यहां आन्तरिक र भारतीय पर्यटकको आकर्षण छ । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन बनाई सञ्चालनमा आएको लुम्बिनी केबलकार चढेर १५ मिनेट भित्र पाल्पाको बसन्तपुर पुग्न सकिने भएकाले बिदाको सदुपयोग गर्दै घुम्ने लहर मौलाएको छ ।

चाडपर्वलाई मध्यनजर गरी कम्पनीले टिकटमा ४० प्रतिशत र रेष्टुरेन्टमा १० प्रतिशत छुट समेत दिएकाले परिवार सहित र समूहमा घुम्न आउनेको संख्या उत्साहजनक रहेको अपरेसन मयानेजर डिएन कायस्थ सैंजूले बताए ।

‘लुम्बिनी प्रदेशकै पहिलो केबलकार अनि यसमा चढेर बुटवल र तिलोत्तमाको दृश्यावलोकन, बसन्तपुरको स्वच्छ वातावरण,प्रख्यात शक्तिपीठ कामाख्या देवीको आकर्षक मन्दिर संगै दुर्गा माताको सय वर्ष पुरानो मन्दिरले आन्तरिक र भारतीय पर्यटकलाई आकर्षित गरेको छ’–अपरेसन म्यानेजर सैजूले भने–‘यस वाहेक बसन्तपुरमा जीपलाइन पनि सञ्चालन भएको छ । जीपलाइन चढेर रोमाञ्चक अनुभव लिन केटाकेटी,युवा देखि बृद्धबृद्धासम्म लालायित हुने गरेका छन् । दशैंलाई लक्षित गरी दुई वटा लिंगे पिङ पनि बनाइएका छन् । स्तरीय रेष्टुरेन्ट,घुमफिरका लागि बसन्तपुर डांडामा प्रशस्त ठाउं भएकाले धेरैले नयां पर्यटकीय गन्तव्य बसन्तपुरलाई रोज्ने गरेका छन् ।’

सैंजूका अनुसार जेठ १५ देखि हालसम्म करिब ८० हजार पर्यटकले लुम्बिनी केबलकारको यात्रा र बसन्तपुर भ्रमण गरेका छन् ।

आर्थिक र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकार प्रदीप आचार्यले पर्यटनको नयाँ गन्तव्य बुटवल – बसन्तपुर जोड्ने लुम्बिनी केबलकार  बनेको उल्लेख गर्दै बसन्तपुरमा बन्दै गरेका थप पुर्बाधार र शुरुवाती चरणमै देखिएका भारतीय पर्यटकको आकर्षणले यसको संभावना राम्रै देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?