Butwal Today

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२३ आश्विन २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, २३ असोज ।

सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा मुलुकको समसामयिक अवस्था र  शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्दै छन् । आज विहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारीको बैठक बस्दै छ ।

बैठकमा इजरायल आक्रमणमा नेपालीको अवस्था र एनआरएनएको चुनावबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?