ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
४४ औ पर्यटन दिवस

पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

बुटवल, १० असोज ।

कोभिड संक्रमण र आर्थिक मन्दीबाट धरासायी भएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।

सरकार र पर्यटन क्षेत्रमा अग्रसर रहेका संघसंस्थाहरुको पहलमा युवाहरुलाई स्वदेशमा नै रोजगार, पर्यटकको बसाई लम्ब्याउने गरी प्याकेज, अन्तर ब्यापार, आन्तरिक समझदारी कार्यान्वयन लगायतका योजनाहरु ल्याएर अघि बढ्नुपर्ने उनीहरुले बताए ।

४४ औ विश्व पर्यटन दिवसको अवसरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा बुधबार रुपन्देहीमा पर्यटनको अवसर र चुनौती विषयक अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई रुपन्देहीका सामरिक, धार्मिक, सांस्कृतिक स्थलहरु पर्यटनको लागि उर्वरभूमि भएको बताए ।

बुद्धजन्मस्थल लुम्बिनी, जितगढी किल्ला, तिनाउ सभ्यता हाम्रो महत्वपूर्ण पर्यटनको सम्भावना बोकेको स्थल भएको उनले बताए । समग्र भन्दा पनि विशेष क्षेत्रलाई पर्यटक हबका रुपमा विकास गरी अघि बढाउनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले विभिन्न सरकारी संघसंस्थाहरुको तथ्याङ्कहरुलाई उपयोग गरी तयार पारेको अवधारणा पत्र प्रस्तुत गर्दै पर्यटन मन्त्रालयका अनुसार हाल पर्यटक बसाई १३.१ दिन र दैनिक ४० अमेरिकी डलर खर्च गर्ने गरेको तथ्यांकमा देखिएको बताए ।

पछिल्लो समय पर्यटकको बसाई र खर्च गर्ने रकम घटेको तथ्याङ्कमा देखिएको भन्दै उनले सन २०२३ को ६ महिनाको अवधिमा ४ लाख ७६ हजार ८१ जना विदेशी पर्यटक भित्रेको उनले बताए । रुपन्देहीको होटल ब्यवसायको ईतिहास केलाउँदा वि.सं. २०३८ सालदेखि ब्यवस्थित रुपमा ब्यवसाय शुरु भएको भन्दै उनले छोटो समयमा निजी लगानी तीब्र रुपमा भएको बताए ।

हाल रुपन्देहीमा ६ वटा पाँच तारे होटलहरु संचालनमा छन भने ४ निर्माणाधीन अवस्थामा रहेका छन् । होटल ब्यवसायमा आवद्घ भएर ७ हजार ५ सय जना रोजगारी पाएका छन् । वित्तीय ब्यवस्थापन, बढ्दो वैदेशिक पलायनका कारण ग्राहक कमी, दैनिक उपभोग्य वस्तुमा कालोबजारी र अभाव, ब्यवसाय स्थानन्तरणका लागि स्थानीयको दबाब, पर्यटक रुट तथा सूचना केन्द्रको समस्या, जनशक्ति अभाव, लगानी जोखिम, सुरक्षा चुनौती, पूर्वाधारमा कमी, प्रशिक्षण, अब्यवस्थित बसपार्क, छाडाचौपाया, नेपाली खानाको मौलिक स्वाद कायम नहुनु जस्ता चुनौतीहरु देखिएको उनले बताए ।

कार्यक्रममा प्रस्तुत अवधारणपत्रमाथि टिप्पणी गर्दै दल बहादुर गुरुङले पर्यटन क्षेत्र धरासायी हुनबाट रोक्न सम्भावनाहरुको खोजीसंगै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा होटल ब्यवसायी महासंघमा पुर्वअध्यक्ष तथा संघका सल्लाहकार माधव नेपाल, संघका प्रमुख सल्लाहकार समुन्द्र जिसी, सल्लाहकार महेन्द्र श्रेष्ठ, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुईटेल, नाटा लुम्बिनीका अध्यक्ष रचना पन्त, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, मिलन पार्कका अध्यक्ष हेमराज शर्मा, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापाले पर्यटन ब्यवसायी र स्थानीय सरकारको पहलमा पर्यटकीय सवारी संचालन रुट, अन्तर ब्यापार आन्तरिक समझदारी कार्यान्वयन गराउने, रुपन्देहीका स्थानीय सरकारको पर्यटन नीतिमा एकरुपता र स्पष्टता बनाउने, ब्यवसायीहरुको पहलमा पर्यटन प्याकेज कार्यक्रम, आर्थिक मन्दिले समस्याग्रस्त पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धनका कार्यक्रम चलाउन जरुरी रहेको छ ।

कार्यक्रममा अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीका पर्यटन क्षेत्रमा अग्रसर सरोकारवालाहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । यहाँ रहेका संघसंस्थाहरुको सूचना केन्द्रको ब्यवस्थापन गरी पर्यटकस्थलका बारेमा जानकारी दिने गरी अभियान चलाउनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डेले राष्ट्रको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रमा योगदान दिदै आएका होटल ब्यवसायीहरुलाई एकतावद्घ गरी पर्यटनमा टेवा दिने लक्ष्य रहेको बताए ।

भिडियो सामग्री

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?