Butwal Today

बालेनले हटाए विवादास्पद स्टाटस

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,१८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको विवादास्पद स्टाटस हटाएका छन् ।

नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा सिंहदरबारमै आगो लगाइदिने अभिव्यक्ति दिएका थिए ।

उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा सिंहदरबारमै आगो लगाइदिने भन्दै याद गर चोर सरकार भनेका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।

हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।