ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ओमसतियाको सिलवटिया, होला त बौद्धकालिन शिलावती गाँव ?

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

नवलपरासी, १३ भदौ। जिल्लाको ओमसतिया गाउपालिका स्थित सिलवटिया गाउँ बौद्धकालिन प्राचिन शिलावती गाँव भएकोबारे सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियले बताएका छन् । वृहद लुम्बिनीसँग जोडेर नै बौद्ध परिपथभित्र समावेश गर्नका लागि पनि यसको सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियबासीले बताएका हुन् ।

बौद्ध साहित्यमा प्राचिन शाक्यहरूको कपिलबस्तु राज्य भित्रकै एक प्रतिष्ठित गाँउ भएको र सो स्थानमा भगवान बुद्ध पुगेर सम्बहुल सुत्तको उपदेश दिएको उल्लेख पाईन्छ । रोहिणी नदी किनारमा रहेको शाक्य सिमाभित्र पर्ने यो शिलावती गाँउमै समृद्धि सुत्तको पनि उपदेश दिएको कुरा पनि उल्लेख भएको बौद्ध अध्ययेताहरूको भनाई रहेको स्थानिय राज कुमार चौधरीले बताए । अहिले रूपन्देही जिल्ला भित्र रहेको भए पनि प्राचिन कोलिय शाक्य राज्यको सिमा छुट्टयाउने रोहिणी नदी पश्चिममा सिलवटिया गाँउ भनेर रहेको छ, उनले भने, विगत बर्षदेखी नै यस क्षेत्रका कार्तिक पुर्णिको दिन मेला लाग्ने गरेको छ, यहाँ रामजानकी मन्दिर, शिवालयहरू रहेको छ । हिन्दु धर्मसँग सम्बन्धित रहेको यो क्षेत्रको सिलवटिया प्राचिन सिलावती गाँउको अपभ्रन्स हँदै जाँदा बनेको हुन सक्ने हुदा यस क्षेत्रमा प्राचिन पुरातात्विक बस्तुहरूको खोज गर्न आवश्यक रहेको औल्याए । बौद्ध सहित्यमा उल्लेखित गाँउ र प्राचिन काल देखि नै मेला लाग्ने अध्यात्मिक अभ्यास हुने क्षेत्र भएको हुँदा बौद्धकालिन सिलावती गाँव यहिँ हुन सक्ने हुदा यसको सम्भाब्यता अध्ययन गर्न आवश्यक रहेको उनको भनाई थियो ।

बौद्ध तिर्थ स्थलको रूपमा पनि यसलाई चिनाउन सकिन्छ,उनले भने, लुम्बिनीको विस्तारित हुदै गएको वृहद लुम्बिनी(ग्रेटर लुम्बिनी) सँग जोडेर पनि यसको विकास,संरक्षण र पहिचान गराउन आवश्यक देखिएको छ । यसका लागि गाउपालिकाले पहल गर्नु पर्ने चौधरीले बताए । पुरातात्विक खोज पनि हुन आवश्यक छ,यसको ऐतिहासिक महत्व पनि खुल्न जरुरी रहेको छ । शिलावती गाँउमा भगवान आफै आएर दुई पटक धर्मोपदेश गर्नु बौद्ध सहित्यमा उल्लेखित हुदा बौद्ध तिर्थसँग जोड्न सकियो भन्ने यस क्षेत्रको विश्वब्यापी पहिचान हुने उनले बताए । पहिला गाँउपालिकाले यो नै प्राचिन शिलावती गाँउ भएको भनेर घोषणा गर्न आवश्यक छ । तत्पश्चात यस क्षेत्रको खोज अनुसंधान जस्ता कार्य गराउनु पर्छ । यसबारे आफुले गाँउपालिकामा आवाज उठाउने बताए ।

बौद्ध क्षेत्रका जानकार तथा बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवका अनुसार शाक्य राज्य भित्रको शिलावती गाउबारे त्रिपिटकाचार्य महोपाध्याय भिक्षु बुद्धमित्रले लेखेको भगवान बुद्धको समकालीन अनुयायी तथा बौद्ध केन्द्र नामक पुस्तकमा उल्लेख गरिएको छ । शिलावती गाँउ र हालको शिलवटिया हुने प्रवल सम्भावना छ,उनले भने,तर यसको प्राचिनताबारे खोज गर्न पनि उत्तिकै आवश्यक छ । उनका अनुसार सो पुस्तकमा शिलावती शाक्य जनपदको एक प्रसिद्ध गाँउ भएको कुरा त्रिपिटकको संयुक्त निकायको सम्बहुल सुत्तमा उपदेश दिएका थिए । जुन बौद्ध धर्ममा अतिप्रतिष्ठित रहेको छ । यहिँ नै समृद्धि सुत्तको उपदेश पनि भगवान बुद्धले भिच्छु तथा उपासकलाई दिएको कुरा उल्लेख पाईन्छ र
सम्बहुल सुत्तमा दिएको उपदेशको मुल कुरा मारले बहकाउनु कुरालाई बताइएको छ । जस्मा भगवान एक समय शाक्य जनपदको शिलावती गाँउमा विहार गर्दै थिए । सोही बेला केही बौद्ध भिच्छु पनि विहार गर्दै गरेको अवस्थामा पापी मार ब्राम्हणको रूप धारण गरि लामो कपाल (जटा) बढाएको, मृगको छाला ओढेको,वृद्ध जस्तै झुकेको र घुँट घुँटको श्वास लिदै गुलरको दण्ड लिएर जहाँ भिच्छुहरू थिए,त्यहा प्रकट भयो र भिच्छुलाई भन्न थाल्यो, कि तपाँईहरू सानो उमेरमै प्रबज्या लिनु भएको छ,अहिले तपाईहरू कुमार नै हुनु हुन्छ,तपाईहरूको कपाल अहिले कालै छ,तपाईहरू अहिले जवान युवा हुनु हुन्छ,यो समयमा उमेर पुग्दै कामभोगको स्वाद पनि लिनु भएन् । तपाईहरू पहिला मानिसले भोग्ने भोगबस्तुको भोग गर्नुस,सामुन्ने आएको कुरा छाडेर पछि हुने कुराको पछाडी नदर्गुन्स भन्दै थिए ।

तब भिच्छुहरूले जवाफ फर्काए कि होईन, ब्राम्हण हामी सामुन्नेको कुरा छाडेर पछि हुने कुराको पछाडी दुगुरेका छैनौ, हामी त पछिको कुरा छाडेर सामुन्ने भई रहेको फेरामै छौ । ब्राम्हण भगवानले संसार कामभोग पछि हुने कुरा बताउनु भएको छ । दुःखले पुर्ण समस्याले भरिएको यो कामभोगमा खाली दोष नै दोष छ । आएर हेर्नुस मुक्तिको नजिक लैजाने विज्ञ पुरुष आफ्नो भित्र नै सम्झने कुरा हो । यो कुरा सुनेर सो ब्राम्हण भेषधारी पापी मार आफ्नो टाउको हल्याउदै,जिब्रो निकाल्दै,टाउकोमा तिनधार सिकुडन भु्रभंग चढेको लठ्ठी टेक्दै हिडिहाल्यो । तत्पश्चात भिच्छुहरू भगवान बुद्ध कहाँ गए र सो कुरा सुनाए पछि भगवान बुद्धले भने,भिच्छुहरू त्यो ब्राम्हण थिएन्,त्यही पापी मार थियो,तिमिहरूको मति फेर्न आएको थियो । यो कुरा थाहा पाएर भगवानको मुखबाट एउटा गाथा निस्क्यो,जस्को कारण दुःख हुन्छ,जानियो,त्यो कामभोगलाई कसरी झुकाउने ? साँसारिक कामभोगको बंधन जानेर त्यस माथि बिजय पाउन सिक्नुस,भनेर धर्मोपदेश दिएका थिए । त्यसैलाई सम्बहुल सुत्त भनेर उल्लेख छ ।

त्यसै गरि समृद्धि सुत्त भनेर आर्को धर्मोपदेश दिएको पनि यसै शिलावती गावमा रहेको कुरा पनि उल्लेख छ । जस्मा भगवान शाक्य जनपदको यस शिलावती प्रदेशमा विहार गर्दै थिए । सो बेला आयुष्मान समृद्धि,भगवानको नजिकै अप्रमत्त,आप्रतापी र प्रहित्तात्म भएर विहार गर्दै थिए । एकान्तमा ध्यान गर्ने समयमा आयुष्मान समृद्धिको मनमा एक वितर्क उब्ज्यो । मलाई ठूलो लाभ भएको छ । मलाई ठूलो सौभाग्य मिल्यो । कि मेरो गुरु अर्हन्त सम्यक सम्बुद्ध भए । मलाई लाभ भयो र मलाई ठूलो सौभाग्य मिल्यो कि स्वाख्यात धर्म विनयमा प्रवज्जित भए । मलाई ठूलो लाभ भयो र मलाई ठूलो सौभाग्य मिल्यो कि मरो गुरु भाई शीलवान र पुण्यवान छन् ।

तर पापी मार आयुष्मान समृद्धिको वितर्कलाई आफ्नो चित्तबाट थाहा पायो जहाँ आयुष्मान समृद्धि थिए,त्यहा गयो र उनको नजिकै भयभित गर्ने शब्द भन्दै कि मानौ पृथ्वी फाट्दै गएको छ । सो कुरा थाहा पाएर आयुष्मान समृद्धि भगवान बुद्धको समिप गएर अभिभादन गर्दै सबै कुरा सुनाए पछि भगवान बुद्धले भने,समृद्धि पृथ्वी फाट्दै गएको होईन्,सो स्थानमा पापी मार पुगेर तिम्रो मत फेर्ने प्रयास गर्दै थियो । त्यसैको लागि आएको थियो । समृद्धि जाउ र त्यही अप्रमत्त,आतापी र प्रतिहात्म भएर विहार गर । भन्ते तपाईले धेरै राम्रो कुरा भन्नु भयो भन्दै आयुष्मान समृद्धि भगवानलाई उत्तर दिदै भगवानलाई अभिवादन र परिक्रमा गरेर गए । तब आयुष्मान समृद्धिले त्यो पापी मार हो भनेर जाने पछि गाथामा भने, श्रद्धाले म प्रवज्जित भएको छु,घरबाट वेघर भएर समृद्धि र प्रज्ञालाई मैले जानी सकेको छु,मेरो चित्त समाधिष्त भएको छ,जस्तो इच्छा छ,त्यस्तो रूप देखाउ,त्यसले मेरो केही विगार्न सक्दैन । तब पापी मारले आफुलाई समृद्धि भिच्छुले पहिचान गरि सके भनेर दुखित भई खिन्न भएर अन्र्तध्यान भयो । यस्तो महत्वपुर्ण देशना भएको यो शिलावती गाँउ हो । अहिले सिलवटिया भनेर चिन्ने र परापुर्वकाल देखी नै मेलाहरू लाग्ने अध्यात्मिक गतिविधि हुने स्थान भएको हुदा यसको बौद्ध परिपथमा समावेश गराउनु पर्ने आवश्यकता गाउपालिकाले गर्नु पर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?