ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

किसानलाई साढे २२ लाखका १८ जिउ उन्नत भैंसी वितरण

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

सल्यान, १३ असार ।

व्यावसायिकतातिर उन्मुख भैरहेका समुहमा आवद्ध किसानलाइ उन्नत जातका १८ जिउ भैंसी वितरण गरिएको छ । सल्यान बागचौरका भैंसीपालक कृषक समूहमा आवद्ध किसानलाइ साढे २२ लाखका १८ जिउ उन्नत भैंसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्दै जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्य रहेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र बागचौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत वडा नं. ७ को शारदा भैंसी पालन कृषक समूहका सदस्यहरुलाई १८ वटा उन्नत जातका भैंसी हस्तान्तरण गरिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालयको रु. १५ लाख, नगरपालिकाको रु. ३ लाख र स्थानियको रु. ४ लाख ४० हजार गरेर रु. २२ लाख ५० हजारमा उन्नत जातका भैँसी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

भैंसी वितरण गर्दै नगरप्रमुख जनकराज गौतमले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि व्यवसायिकतामा जोड दिइएको बताए । नगर उपप्रमुख सुम्निमा डिसी वलीले आर्थिक विकासबाट नै समृद्धि हांसिल गर्न सकिने भन्दै त्यसका लागि पशु पालनलाई व्यवस्थित गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम, नगर प्रवक्ता दिपेश डिसी, वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगी, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डा. जयन्त महत, रमेश राज शर्मा लगायतले पशुपालन सम्बन्धी आवश्यक तालिम र ज्ञान अभिबृद्धी गर्न आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?