Butwal Today
मुख्य समाचार

भिम शार्कीको अर्धसतकमा नेपाल जीतको नजिक

५ असार २०८०, मंगलवार
अ+
अ-

बुटवल, ५ असार । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले ३८ ओभरमा ४ बिकेटको नोक्सानीमा १ सय ७० रन बनाएको छ । जीतका लागि ७२ बलमा ३८ रन आवश्यक छ । क्रिजमा रहेका भिम सार्कीले शानदार अर्धसतक पूरा गर्दै नेपाललाई जितको नजिक लगेका छन। उनलाई साथ दिन अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बाबेको राजधानी हरारेस्थित रंगशालामा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । अमेरिकाका लागि सयन जंहागीरले अविजित शतक पुरा गरे ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।