ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

वजेट कटौति गरेर सडक निर्माण अलपत्र भएपछि स्थानीय आन्दोलित, सडक डिभिजनमा अनिश्चितकालीन धर्ना दिने घोषणा

३ असार २०८०, आइतबार
३ असार २०८०, आइतबार

बुटवल,३ असार । संघीय सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेर काम अगाडि बढेको सडक आयोजना प्रदेशमा पठाएर वजेट कटौति भएपछि स्थानीय आन्दोलनमा उत्रेका छन् । बुटवलको धागो कारखाना–योगीकुटी हुँदै मगरघाट–तामनगर निस्कने बाइपास सडक अलपत्र हुनेगरी बजेट कटौती भएपछि निर्माण कार्य अलपत्र परेपछि स्थानीयले संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै बजेट कटौती गरिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका योगीकुटी पूर्वका संयोजक डिल्लीराज अर्यालले संघले प्रदेशलाई हस्तान्तरण गरेको योजनाको फाइल सडक विभागको पूर्वाधार कार्यालयमा अड्काएर राखिएको बताए । प्रदेशमा योजना सरेपनि विभागले फाइल प्रदेशमा नपठाउँदा सडक निर्माण बिचमै अलपत्र परेको उनले बताए ।

सडकको काम अगाडि बढेसंगै ठेकेदार कम्पनीको कामलाई तिब्रता दिन संघबाट रकम नआउँदा सम्मका लागि भन्दै स्थानीयले जमानी बसेर लाखौंको निर्माण सामग्री ल्याएर कच्चा पदार्थ उपलब्ध गराएको अर्यालले बताए । एकाएक बजेट रोक्का भएपछि निर्माण कार्य अलपत्र पर्दा धुलो र वर्षामा पानी जमेर सास्ती खेप्नुपरेको स्थानीय पूर्णानन्द गिरीले बताए ।
बाइपास रोड बन्ने आश्वासन पाएसँगै २८ जना स्थानीयको करोडौंको घर ,जग्गा विना मुआब्जा सडकको नाममा गरिदिएको स्थानीय डिल्लीनारायण पाण्डेले बताए । बाईपास रोड भनिएको सडकलाई अहिले लिंक रोड भनेर वजेट कटौति गरेर अलपत्र पारिएको पाण्डेले बताए ।

बाईपास रोड भनिएकै कारण २८ वटा पक्की घर स्थानीयले आफैले फोडेका थिए भने १२८ घरधुरीले आफ्नो नाममा श्रेष्ता रहेको जग्गा सडकका नाममा गरिदिएका थिए । सो सडक निर्माणका क्रममा बाटो ध्वस्त बनाएपछि सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने हरेक दिन बाटोबाट उछिट्टीएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।

सडकको संरचनामा हाल अलपत्र पारिएको सडक भन्दा नाला अग्लो रहेकाले पानी परेकै दिनबाट सडकमा पानी जम्ने जोखिम रहेको स्थानीय लालबहादुर केसीले बताए । ‘हिउंदमा धुलोका कारण र वर्षामा पानी जमेर सडकमा यात्रा गर्न र घरमा बस्न सक्ने अवस्था छैन,ब्यापार चौपट भएको छ’–होटेल व्यवसाायी केसीले बताए ।

संघर्ष समितिले सडक डिभिजन कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी काम काज गर्न नदिने गरी अनिश्चितकालीन धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थ मन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होम एसीले बताए । यस्तो समस्या भएका आयोजना दर्जनौं भएकाले मन्त्रिपरिषदबाट नीतिगत निर्णय नभएसम्म डिभिजन कार्यालयले केही गर्न नसक्ने एसीले बताए ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

सरकार परिवर्तनसँगै उक्त सडक अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको स्थानीयको गुनासो छ । संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो । हाल सम्म ठेकेदार कम्पनीहरुले सडक पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ भने सडक पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी लगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । दुई नगरको सीमा भएर बन्ने सडकमा दुबै नगरका जनप्रतिनिधिले उदासिनता देखाएकाले समस्या आएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?