ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालको सेमिफाइनल सम्भावना कायमै

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

बुटवल, ३२ जेठ । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता वर्षाका कारण रद्द भएको छ ।

बिहिबार हुने भनिएको नेपाल र भारतबीचको खेल रद्द भएसंगै नेपालको सेमीफाईनलमा पुग्ने सम्भावना कायम रहेको छ । हङकङमा भारतको ‘ए’ टोलीसँग नेपालको खेल रोकिएसंगै दुबै टोलीले एक/एक अंक बाँडेका छन् ।

प्रतियोगितामा नेपाली आफ्नो पहिलो खेलमा पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । यता वर्षाका कारण पाकिस्तान र हङकङबीचको खेल पनि हुन सकेन । नेपाल प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । कम स्कोरमा रोकेको नेपाल २० ओभरमा ७८ रनमै समेटियो । नेपाली टोली दुई खेलबाट एक अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

समूह ‘ए’ मा भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा छ । पाकिस्तानले पनि दुई खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । हङकङ दुई खेलबाट एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।
भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको समूह ‘बी’ मा पनि सबै टोलीले दुई/दुई खेल खेलिसकेका छन् । बंगलादेश तीन अंकसहित पहिलो, श्रीलंका तीन अंकसहित दोस्रो, यूएई दुई अंकसहित तेस्रो र खाता खोल्न नसकेको मलेसिया चौथो स्थानमा छन् ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । नेपालले अब आफ्नो तेस्रो तथा अन्तिम खेल शनिबार हङकङसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना जिवितै छ । शनिबार नै भारत र पाकिस्तानबीच खेल हुनेछ ।

उक्त खेल रद्द भए वा अनिर्णित रुपमा सकिए नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुनेछ । यस्तो स्थितिमा भारत र पाकिस्तान एक/एक अंक बाँडेर कुल चार/चार अंकसहित सेमिफाइनलमा प्रवश गर्नेछन् । भारत र पाकिस्तानमध्ये एक टोली पराजित भएमा जित्ने टोली पाँच अंकसहित सेमिफाइनलमा पुग्नेछ । हार्ने टोलीको तीन अंकमात्र हुनेछ ।

त्यसपछि अर्को खेलमा नेपालले हङकङलाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यस्तो स्थितिमा नेपालको पनि तीन अंक हुनेछ । त्यसपछि नेट रनरेटमा अगाडि रहने टोली सेमिफाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?