ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
मुख्य खबर

रहरको बिहे, उमेर पुगेपछि पछुतो

३० जेष्ठ २०८०, मंगलवार
३० जेष्ठ २०८०, मंगलवार

बुटवल  जेठ- बुटवलको बेलबास घर भएकी छाँया राना बल्ल उमेरले २१ बर्षकी भईन । यो उमेरमा पढाई सकाएर आफनो खुट्टामा उभिन सक्ने उमेर हो उनको तर अहिले सोचे जस्तो छैन । जीवनमा सर्घषको ठुलो पहाड खडा भएको छ । आज भन्दा सात वर्ष अगाडी आफनै गाँउको उमेर मिल्दो दौतरी पवन घर्तीसँग माया बस्यो । मायामा सबै कुरा पाउने र जीवनलाई रंगिन बनाउने सपना बोकेर भागी विहे भयो छायाको ।

भावुक बन्दै उनी भन्छिन् सानैमा विहे गरे । त्यो पनि आफुले माया र विश्वास गरेको मान्छेसँग आज घर न घाटको भएको छ मेरो जिवन । म मात्र भएको भए त जेसुकै होस् भनेर मन बुझाउन हुन्थियो । मेरो त ५ वर्षको नाबलक छोरा छ । मसँगै अब छोराको भविष्य पनि जोडिएको कुराले मन पोल्छ । छायाका श्रीमान पेशाले डाईभर भए पनि परिवारलाई गर्ने जिम्मेवारी र माया नभएकै कारणले आफुले सम्बन्ध विछेच्द गर्न पुगेको उनको भनाई छ । अहिले छोरालाई लिएर माईतीको साहारामा बाच्नु परेको नमिठो यथार्य छ उनीसँग ।
विहे भएको लामो समय भए पनि उनको हातमा नत नागरिता छ नत छोराको जन्मदर्ता नै । यस्तो समस्या हुदाँ पनि हासेर विहान साँझका लागि खानेकुराको जोहो गर्नुको बिकलप छैन । छाँया भन्छिन् आफनो कोखबाट जन्मिएको सन्तानको मायाले यस्तो गरि बाधेको छ कि यसलाई हेरेर काम गर्ने जोस आउछ । उसको लागि पनि मैले मेहनत गर्नुपर्छ भन्ने सोच आउछ । दैनिक गुजरा चलाउनका लागि छाँयाले कहिले तरकारी बेच्ने त कहिले लेवर काम गरेकी छन् । हिजो आज उनको कामको प्रकृति फेरिएको छ । विगत छ महिना यता छाँयाले पुर्वप्रहरी सेकुरेटीमा काम गरिरहेकी छन् । विहान दिउसो र साझ गरेर तीनवटा सिफ्टमा काम गनर्’ पर्छ । दुख सुख गरेर काम गरेकी छु दैनिक गुजारा चलाउन का लागि ।
त्यहाँबाट आउने पैसाले छोराको पढाई, खाना लगायतका लागि जोहो गर्नुपर्ने बाध्यता छन् । अब त बाबाले नागरिता बनाईदिने भन्नु भएको छ त्यस पछि विदेश जाने सोचमा छु । पढ्ने बेलामा आफु खुशी विहे गरे अहिले पछुतो लागेको छ तर पनि जीवन जिउनुको विकल्प छैन मसँग ।

बुटवल उपमहानगर पालिका १३ की शोसनी थापाले १३ वर्षको उमेरमा प्रेम विवाह गरेकी हुन । थापा सानै उमेरमा आमा र दाईसँगै घर बनाउने लेवर काम गर्न जाँदा त्यहि काम गर्ने मिस्त्रीसँग माया बसे पछि विहे गरेकी हुन । विहे गर्ने बेलामा उमेर पुगेको छैन भन्ने थाहा भएन । अहिले थाहा पाएर के गर्नु म अहिले बल्ल १६ वर्षकी भए । यो उमेरमा एक सन्तानको आमा भईसकेकी छु । त्यो मेरा लागि जोखिम हो भन्ने सम्म थाहा भएन । थापा आफलेु नबुझेर विहे गरेको बताउछिन् । सानै उमेर माया बस्यो र विहे गरे तर अहिले श्रीमानले माया गरे पनि धेरै अवसरहरुबाट बञ्चित हुनु परेको बुझाई छ उनको ।

सुस्मिता गुरुङ्गले १५ वर्षको उमेरमा विहे गरेकी हुन् । विहेवारी २० वर्ष पारी भन्ने कुरा आफुलाई थाहा नभएको बताईन । उनले तीन वर्ष अगाडी फेसबुकमा चिनजान भएर पछि विहे गरेकी हुन् । अहिले गुरुङ्गको १४ महिनाका छोरा छन् । श्रीमान आर्थिक जोहो गर्नका लागि बैदेशिक रोजगारीम गएका छन् । उनी भन्छिन् त्यो उमेरमा पढ्ने भन्दा पनि विहे गरे संसार जितिन्छ भन्ने लाग्यो तर अहिले सोचे जस्तो सहज हुदो रहेनछ भन्ने लागेको छ । आफुले सानै उमेरमा विहे गरे पनि आफना बहिनीहरुलाई राम्रोसँग पढेर उमेर पुगे पछि मात्रै विहे गर्न सुझाव दिने गरेको गुरुङ्गको भनाई छ ।
व्यहारिक तथा उपयोगी सीपको १० महिने कक्षामा सहभागी विद्यालय बाहिर रहेका किशोरीहरुलाई प्रमाणपत्र वितरण तथा दीक्षान्त समारोह गरिउको छ ।
यी त प्रतिनिधि पात्र मात्रै हुन । यसरी कलिलो उमेरमा विहे गरे पछुतो मान्नेको धेरै छ । जसको लेखाजोखा समेत छैन ।
बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले किशोरीका समस्या आफु जहिले पनि सम्बेदनशिल रहेको भन्दै नगर भित्रका किशोरीहरुलाई अध्यन्न गर्ने समस्या छ भने नगरले अभिभावकको जिम्मेवारी दिदै किशोरीलाई पढाईका लागि सम्पुर्ण बन्दोबस्त गर्ने प्रतिबद्धता व्यतm गरेकी छिन् । उनले किशोरीहरु घर परिवार बच्चाको रेखदेख पछि आर्थिक जोहोका लागि पनि सबल हुनु अत्यन्त खुशीको कुरा रहेको बताउदै आफुले नगरको उपप्रमु्खको हैसियतले सकेसम्म सहयोग गर्ने तयार रहेको जानकारी दिईन ।
सेतो गुरास बालविकास सेवा केन्द्र रुपन्देही र किडासाको सहयोगमा सञ्चालन भएको तालिममा बुटवल उपमहानगर पालिका वडा नंम्बर १,२,५,११,१२, र १३ का २ सय ५५ जना किशोरीहरुले तालिम लिएका थिए । जस मध्ये १ सय ५१ जना कलिलो उमेरमा विहे गरेका , ५७ जना आमा बनिसकेका र १६ जना गर्भवती किशोरी रहेको सेतो गुरास बाल विकास सेवा केन्द्रका अधिकृत अर्जुन कुमार तामाङ्ग जानकारी दिए ।
तालिमले किशोरीहरुलाई आर्यआर्जनसँग जोड्ने जिवनलाई सहज रुपमा अगाडी बढाउन सहयोगीको भुमिका खेल्ने सेतो गुरास बाल विकास सेवा केन्द्रका परियोजना अधिकृत चिरञ्जीवी ज्ञवालीले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?