Butwal Today
बुटवल टुडे फलोअपः

पर्यटन मार्गको २० करोडले रामग्रामवासीमा उत्साह

संघीय सरकारले रामग्राम नगरपालिकालाई सो २० करोड सहित कुल ६७ करोड ५९ लाख बजेट अनुदान उपलब्ध गराउने बजेट कार्यक्रममा उल्लेख गरेको छ । सो आयोजना बाहेकको रामग्राम नगरपालिकालाई ४७ करोड ५९ लाख अनुदान मात्रै हो ।
२५ जेष्ठ २०८०, बिहीबार
अ+
अ-

नवलपरासी, जेठ- केही दिन पहिला विश्व बैंकले स्थलगत अध्ययन र अवलोकन गरेर गएको रामग्राम स्तुपा देखी प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) जोड्ने पर्यटन मार्गको निर्माणका लागि २० करोड बजेट बिनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । संघिय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यक्रममा नै समावेश गरि सो रकम विनियोजन भई अनुदान नगरपालिकामा आउने नगरपालिकाले जनाएको हो ।

बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै सामाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । अहिले सो प्रोजेक्ट स्वीकृत भई सरकारले नगरपालिकालाई नै अनुदानमा राखेर रकम पठाउने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले जानकारी गराए । संघिय सरकारको नवलपरासीका पालिकालाई बजेट विनियोजन गरेर पठाएको रकममा २० करोड रुपिया त्यही पर्यटन मार्गको बजेट हो,उनले भने,बाकी मात्र नगरपालिकाको अन्य योजना कार्यक्रमका लागि अनुदान रकम हो ।
विश्व बंैकले उपलब्ध गराउने पर्यटन मार्गको रकम पनि अनुदान मार्फत नै नगरपालिकामा पठाउने र नगरपालिकाले टेण्डरका प्रकृया अगाडी बढाउने छ । बजेट कार्यक्रम मार्फत नै ति अनुदान रकम आउने भए पछि अहिले स्थानिय उत्साही भएको समेत उनले सुनाए । पहिलो चरणमा एक तिहाई रकम अनुदानको रुपमा उपलब्ध हुने देखियो,उनले भने,अगामी बर्षमा कामको प्रगतिसँगै बैंकले संघिय सरकारको बजेट कार्यक्रम मार्फत नै सो रकम उपलब्ध गराउदै जाने देखिएको छ । संघिय सरकारले रामग्राम नगरपालिकालाई सो २० करोड सहित कुल ६७ करोड ५९ लाख बजेट अनुदान उपलब्ध गराउने बजेट कार्यक्रममा उल्लेख गरेको छ । सो आयोजना बाहेका रामग्राम नगरपालिकालाई ४७ करोड ५९ लाख अनुदान मात्रै हो ।

दुई साता पहिला बैंकको संयुतm टोलीले नगरपालिकामा प्रोजेक्टबारे ब्रिफिगँ गरे पश्चात स्थलगत अध्यक्ष शुरु गरेको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराएका थिए । नगरपालिका परिवार र नगरबासी समेत यो प्रोजेक्टले उत्साही भएका छन् । सो प्रोजेक्ट कुनै पनि हालतमा लागु हुनु पर्ने मान्यताले स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका थिए । विगत पाँच बर्ष देखी नगरपालिकाका प्राविधिकहरुले विश्व बैंकको प्राविधिक टोलीसँग नियमित परामर्श गर्दै पर्यटन मार्गको रुपमा पहिचान हुने र रुपन्देही नगरपरासी जोड्नुका साथै दुई जिल्लाको पुर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गको विचको बैकल्पिक मार्ग समेत बन्ने भएको छ । नगरपालिकाले दशकौ लगानी गरेर हुन नसक्ने काम यदि विश्वबैंकले लगानी गर्ने इच्छा देखाएको हुदा स्थानिय स्तरबाट त्यसलाई जति सक्दो सहयोग पुर्याउनु लागेका छन् । पोखरापाली देखी सुक्रौली औद्योगिक क्षेत्र भएर घिनहा,कुईया,पण्डितपुर,दशकट्ठा हुदै रुपन्देही जोड्ने छ ।

परासीबाट हुलाकी हुदै भारत विहार जोड्ने मार्ग पनि बन्ने छ । यसले गर्दा रामग्राम नगरपालिका सडक सञ्जालको पहुँचमा पुग्ने छ । सो सडक बौद्ध परिपथसँग पनि सम्बन्धित छ । बौद्धपरिपथलाई पनि ठाँउ ठाँउमा जोड्ने छ । करिब ६२ करोड बराबरको प्रोजेक्ट सदर भएर रकम समेत बजेट मार्फत विनियोजित भई सकेको छ । रामग्राम स्तुपा देखी परासी बजारसम्मको सडक बनिसकेको छ । तर पोखरापाली बजार देखी प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र पण्डितपुर क्षेत्रमा पुग्न करिब ८ किलोमिटर सडक जिर्ण र धुलाम्य हुने हुने हुदा रामग्राम स्तुपामा आउने पर्यटक पण्डितपुरसम्म पुग्न सकेका छैनन् ।
विश्व बंैकको सहयोगमा बन्ने उतm सडक अन्तराष्र्टिय मापदण्ड अनुसार नै बन्ने हुदा नगरपालिकाकै लागि एक उदाहरणिय नमुना सडक पुर्वाधारको रुपमा बन्ने छ । सडकले स्थानियको जिवनस्तरलाई उकास्ने मात्र नभई विश्व सम्पदा सुचिको पाईप लाईनमा रहेको रामग्राम स्तुपा र पुरातात्विक महत्व बोकेको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर पनि विश्वसम्पदा सुचिमै पर्ने स्थान हो । यो विश्व सम्पदामा पर्ने हुदा विश्व बैंकको चाँसो पनि बढेको हो ।