© 2026
सल्यान, जेठ ।
वेमैसमी तरकारी खेतिका लागि प्रसिद्ध सल्यानको कपुरकोट गाउँपालिकामा कृषिजन्य वस्तुको निकासी कर लगाउने तयारी गरेको छ । कपुरकोट तरकारी उत्पादनमा नेपालकै नमुना स्थानको रुपमा पहिचान बनाएको छ ।
कपुरकोटमा उत्पादन भएको ताजा तरकारी लुम्बिनी प्रदेशका दाङ्, कपिलवस्तु सहित रुपन्देहीको बुटवलमा समेत आउने गर्दछ । बुटवलको कृषि उपज थोक बजार केन्द्रमा कपुरकोटको तरकारी आउन थालेको लामे समय भएको छ ।
तरपछिल्लो समयमा सल्यानको कपुरकोट गाउँपालिकाले पालिकामा उत्पादित कृषि जन्य बस्तुकमा कर लगाउने निर्णय गरेको छ । यसरी पालिकाले गरेको निर्णय प्रती नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रती किलो २५ पैसा निकासी कर असुल्ने तयारी थालेको भन्दै नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले आपत्ती जनाएको हो । गाउँपालिकालाइ ध्यानाकर्षण पत्र बुझाउदै कांग्रेसले किसानलाइ व्ययभार पर्नेगरी प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि कर असुली नगर्न अपिल गरेको कांग्रेस कपुरकोटका प्रवक्ता कुबेर खत्रीले जानकारी दिए ।
कांग्रेस कपुरकोटका सभापति एकराज वलीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले गएको हिउदे गाउंसभाबाट कृषिजन्य वस्तुमा निकासी कर लिने प्रस्ताव गरेको र गत बैशाख २७ मा भएको गाउँपालिकाको अन्तरक्रियाको घोषणापत्रमा समेत कृषि उपज बजार संचालक समितिलाई पोस्ने तथा कृषि उत्पादनको मुल्यमा गिरावट ल्याउने प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको नेतृत्वमा पार्टी सचिव तिलक देवकोटा, प्रवक्ता कुवेर खत्री, वडा नम्बर ३ का सभापति प्रदिप खड्का, वडा नम्बर ४ का सभापति रत्नलाल वली, ५ का सभापति यज्ञ वोहरा, कमल घर्ती, खड्क केसी लगाएतले गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
विगत आर्थिक वर्ष २०७५।०७६ मा पनि स्थानीय सरकारले ताजा कृषिजन्य वस्तुमा निकासी कर लिने निर्णय गरेकोमा व्यापक जनदवावका कारण निर्णय सच्याएको भन्दै कांग्रेसले फेरी कर उठाउने प्रयास गरीएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
ध्यानाकर्षणपत्रमा वेमौसमी कृषि उत्पादनका लागि रासायनिक मल, उन्नत तथा हाइव्रिट विउविजन, विषादी सुलभ रुपमा किसानलाई उपलब्ध गराउनुपर्ने चुनौती र उचित मुल्य सहितको बजारिकरणको व्यवस्था गर्नुपर्ने समस्या जिउका तिउ रहेको उल्लेख गरिएको छ । यसका साथै कृषि यन्त्र, सिचाइ तथा उचित किसीमको बजारिकरणका लागि एकिकृत तथा प्रतिष्पर्धात्मक कृषि उपज बजारको व्यवस्था, बजारको अनुगमन तथा रेखदेख, विषादीको उचित प्रयोगबारे ज्ञानको विस्तार र खास कृषकहरुलाई प्रोत्साहन गर्नुको साटो घुमाउरो तरिकाबाट किसानलाई नै मारमा पार्ने कोसिस गरिएको उल्लेख छ ।
कपुरकोट कृषि उपज बजार संचालक समितीले विगत ६ वर्षदेखी कुनै पनि बजार व्यवस्थापनको काम नगरी विभिन्न वाहनामा उठाएको रकमलाई सार्वजनिक नै नगरेको भन्दै उक्त सञ्चालक समितिको पुनःगठन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गराउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरिएको छ ।
कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक नीति कार्यक्रम तय गरी बजेट विनियोजन गर्न पनि कांग्रेस कपुरकोटले गाउँपालिकासंग माग गरेको छ ।