Butwal Today

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा उडान गर्न पहल गरिने

१५ जेष्ठ २०८०, सोमबार
अ+
अ-

काठमाडौं ।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा सिधा हवाइ उडान गर्न पहल गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या बढाइने बताएका हुन्।

अर्थमन्त्री महतले बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारत लगायतका मुलुकमा सिधा हवाइ उडानको व्यवस्था गर्ने समेत बताए।