Butwal Today
स्थानीय सरकार

असल बुहारीसँगै मदाने सरकार

१४ जेष्ठ २०८०, आइतबार
अ+
अ-

गुल्मी  जेठ- गुल्मीको मदाने गाउँपालिकामा बुहारी सम्मान कार्यक्रम शुरु गरिएको छ । आफ्नो जन्मघर छाडेर कर्मघर आएका बुहारीहरुले जेष्ठ नागरिक प्रति गरेको सेवाको आधारमा मदाने गाउँपालिका १ अन्र्तगत अग्लुङ्गमा अशल बुहारी सम्मान कार्यक्रम नौ जना बुहारीहरुलाई सम्मानित गरिएको हो ।
पछिल्लो समयमा घरमा जेष्ठनागरिकहरु प्रति गरिने सेवाको भाव कम हुँदै गएकोकारण जेष्ठ नागरिकहरुले दुखःभोग्नु परेको अबस्थालाई मध्यनजर गर्दै पालिका अन्र्तगत वडा नम्बर एकमा प्रोत्साहन स्वरुप उक्त बुहारी सम्मान अभियान शुरु गरिएको वडाध्यक्ष सुशिल चन्दले बताए ।

वडा कार्यालयले साविकका नौ वडाहरुबाट प्रतिनिधिमूलक रुपमा एकएक जना अशल बुहारीहरुलाई डोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । वडा कार्यालयले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको भन्दै स्थानीय निर्मला बिष्टले यस्ता प्रकारका कार्यक्रमले टोल छिमेकका अन्य दिदीबहिनीहरुलाई पनि थप हौसला प्रदान गर्नुका साथै जेष्ठ नागरिकहरुको सेवा गर्नुपर्छ भन्ने सन्देश प्रबाह गर्ने प्रतिक्रिया दिईन । उनका अनुसार आफुलाइ जन्मदिनेबुवाआमालाई जस्तै गरि सासू ससुरालाई पनि उत्तिकै सेवा भावले कर्म गर्नु पर्ने बताईन ।

जिल्लामा पछिल्लो समयमा छोराहरु रोजगारको सिलशिलामा बाहिर जाने र बुहारीहरु छोराछोरी पढाउन भन्दै शहर पस्ने क्रम बढ्दै गएको छ । जसका कारण गाउँघरमा बुढाबुढीहरु मात्र एक्लै बस्नु पर्ने बाध्यता छ । जेष्ठनागरिकलाई स्याहार सुसार गर्ने चलन पनि घटिरहेको छ । कार्यक्रममा उत्कृष्ट किसान,, समाजसेवी, कर्मचारी, शिक्षक,उत्कृष्ट विद्यार्थी, खेलाडी लगायत विभिन्न समाजिकसघ सस्थाका महत्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडाध्यक्ष चन्दले बताए ।