Butwal Today
स्थानीय सरकार

खानेपानीले रोक्ला त बनगाढको बसाइँसराई ?

१० जेष्ठ २०८०, बुधबार
अ+
अ-

सल्यान ,  जेठ- सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्थित वडा नम्बर ७ का विभिन्न बस्तिका बासिन्दाहरुको वेशितिर बसाइँसराइ गर्ने क्रम अझै पनि छ । खानेपानीको चरम अभावका कारण उनिहरुलाइ बसाइँ सरेर सुविधा भएको ठाउँतिर जानुपर्ने बाध्यता आइलागेको हो । यो समस्यालाइ गम्भिरता पुर्वक लिएका थिए कर्णाली प्रदेशसभाका पुर्व सांसद गुलाबजंग शाहले ।

बृहत् खानेपानी योजाना संचालन नगरेसम्म बसाइँसराइ रोक्न नसकिने निष्कर्ष सहित उनले आफू सांसद रहेको बेला २०७७ सालमा पहल र अगुवाइ गरेर बजेट विनियोजन भएको थियो । अहिले वडा नम्बर ७ का मैदु, पाखापानि, घाँजरी, लेखसँग्रही, दारिम चौर लगाएतका वस्तिका नागरिकहरुमा नयाँ आशा पलाएको छ । त्यस क्षेत्रको खानेपानी योजनाको लागि हाल सम्म साढे दुई करोड बढी लगानी भैसकेको छ । पुर्वमाननिय शाहको पहलमा करिव चारसय घरधुरिका लागि एक घर एक धाराको प्रावधान अनुसार काम अघि बढेको भन्दै स्थानियहरु खुसी व्यक्त गर्छन् ।

गएको जेठ ४ गतेदेखी खानेपानीको परिक्षण सुरु भएर हाललाइ अस्थायी रुपमा खानेपानी संचालन भएको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष पहल सिंह खत्रीले यहाँका उपभोक्ताहरुले पुर्वमाननिय शाहलाइ आभार व्यक्त गरेको जनाए । तर खानेपानी योजनालाइ पुर्णता दिनका लागि अझै धेरै काम बांकी रहेको उनको भनाइ छ । हालसम्म ट्यांकी निर्माण, बिद्युतिकरण, मोटर, मुख्य पाइपलाइन विस्तारका लागि दुई करोड ६३ लाख रुपैयाँ लगानी भैसकेको खत्रीले जनाए । “काम अझै धेरै बाँकी छ, खानेपानी निकै समस्या भए पछि अस्थायी रुपमा गाउँहरुमा खानेपानी सञ्चालन गरिएको छ“– उनले भने ।

यस योजनालाइ खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले सल्यानले हेरिरहेको छ । समुन्द्र सतह देखि ९ सय ३६ मिटरको उचाइमा रहेको पेदिखोला मुहानबाट एक हजार ५६६ मिटरको उचाइमा रहेको लेखसँग्रहीका वस्तिहरुमा खानेपानी पुग्ने भएको हो । दुई बर्ष अघि बिद्युत समेत पुगेको वडा नम्बर ७ मा अब खानेपानीको समस्या समेत समाधान हुनेभएपछी बसाइँसराइ रोकिने अपेक्षा गरिएको छ ।
पुर्व सांसद तथा एमाले कर्णालीका सह इन्चार्ज समेत रहेका शाहले गाउँमा धेरै सम्भावनाहरु रहेको भन्दै सडक, खानेपानी, बिद्युत, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा विकास गरियो भने बसाइँसराइ संगै युवा जनशक्ति पलायनलाइ पनि रोक्न सकिने बताउँछन् । व्यवसायीक कृषि र उद्यमबाट नागरिकहरुको आर्थिक अवस्थालाइ सुधार गर्न सकिने जनाउदै उनले संघिय प्रणाली अन्तर्गत रहेका तीन तहकै सरकारले यसतर्फ ठोस योजना बनाएर परिणाममुखी काम गर्नुपर्ने बताए ।