ट्रेंडिंग:

>> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने

भारतबाट फर्किएकाहरुले ल्याएको मोबाइल फोन अब नचल्ने

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

काठमाडौँ ।

भारतमा रोजगारी गर्न गएकाहरुले ल्याएको कुनै मोबाइल नेपालमा नचल्ने भएका छन्। तेस्रो मुलुकमा रोजगारीमा गएकाले २ वटा मोबाइल निःशुल्क ल्याउन पाउँदा भारत जानेले एउटा पनि ल्याउन पाउने भएका हुन्।

सरकारले भारतबाट फर्किने नेपालीले ल्याउने मोबाइल दर्ता गर्ने कुनै कानुनी विकल्पको कल्पना गरेको छैन।

२०७३ सालदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने तयारी सरकारले गरेको थियो। ७ वर्षसम्म पनि भारत र तेस्रो मुलुकबाट फर्किनेले कतिवटा मोबाइल ल्याउन पाउने र कुन आधारमा दर्ता हुने अझै स्पष्ट भएको छैन।

सरकारले हालै ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७’ संशोधन गरेको छ। जसमा श्रम स्वीकृति लिएर ६ महिना काम गरि फर्किएकाले २ वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्थ छ।

खुल्ला सिमना रहेको भारतमा रोजगारी गर्न जानेले श्रम स्वीकृती लिने व्यवस्था छैन। सरकारको संशोधित आदेशअनुसार भारतबाट फर्किनेले मोबाइल नेपाल ल्याउन सक्छन्। तर यहाँ दर्ता हुँदैन। दर्ता नभए ती मोबाइल नै चल्दैनन्।

‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएका मोबाइल सेट व्यक्ति स्वयमले दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ,’ प्राधिकरणले दर्तासम्बन्धी भनेको छ, ‘राहदानी वा नागरिकतामध्ये एउटा प्रमाणपत्र र देशबाट बाहिरिएको वा भित्रिएको राहादानीमा स्ट्याम्प तथा जहाजको बोर्डिङ पासमध्ये एउटा प्रमाण देखाउनु पर्छ।’

भारतमा हवाइमार्गबाट रोजगारीका लागि जानेले नागरिकता र बोर्डिङ पासको आधारमा मोबाइल दर्ता गर्न सक्छन्।

तर स्थलमार्गबाट भारत आउने जानेको रेकर्ड हुँदैन। भारतमा बस्नेले चलाएको मोबाइल नै ल्याए पनि दर्ता गर्न सक्दैनन्। एमडीएमएस लागू भएसँगै अब नेपालमा दर्ता नभएका कुनै पनि मोबाइल चल्दैनन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भारतबाट स्थलमार्गबाट आउने जानेको समस्या रहेको स्वीकारे।

सरकारले जुन डकुमेन्ट अपलोड गर्ने नियम ल्याउँछ, आफूहरुले त्यही गरेर  अघि बढेको बताए।

‘श्रमिकका रुपमा जानेलाई कति सुविधा दिने, विद्यार्थीलाई के सुविधा दिने सरकारले भनेअनुसार गरेका छौँ,’ अध्यक्ष खनालले भने,‘सरकारले यसमा तयारी गरिरहेको होला अहिलेसम्म स्पष्ट छैन।’

उनले दर्ताका लागि कुन कुन डकुमेन्ट राख्ने अर्थमन्त्रालय वा भन्सार विभागले स्पष्ट गर्नुपर्ने बताए।

‘मैले अहिलेसम्म भारतबाट स्थलमार्ग हुँदै आउनेलाई अहिले संशोधित कानुनले परिकल्पना गरेको देखिँदैन,’ खनालले भने, ‘अर्थमन्त्रालयमा मैले यो विषय उठाएको थिएँ। मन्त्रालयले कसरी सम्बोधन गर्छ थाहा छैन।’

भारतबाट आउनेले एउटा मोबाइल भन्सारमा दर्ता गराएर ल्याउन दिए समस्या समाधान हुने उनी बताउँछन्।

भन्सार विभागले यात्रुले आफ्ना ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश बमोजिम विदेशबाट महशुल नतिरी ल्याउन पाउने १ थान मोबाइल सेटको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने, आफैँले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने व्यवस्था व्यवस्था गरेको छ। जहाजबाट यात्रा गर्नेले मात्रै दर्ता हुनेगरी प्रमाण माग गरिएको छ।

त्यस्तै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपालीले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबइल भन्सार कार्यालयमा घोषणा गरी प्रक्रिया पूरा गर्नु पर्छ।

प्राधिकरणले गत पुसमा एमडीएमएस पूर्ण रुपमा कार्यान्वयन शुरु गरेको थियो। तर विदेशबाट फर्किनेले कति मोबाइल ल्याउने स्पष्ट नभएर विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मौखिक निर्देशनले रोकिएको थियो।

अहिले पनि भारतमा रोजगारीका लागि गएकाले ल्याउने मोबाइल दर्ता गर्ने व्यवस्था नगर्दा समस्या हुने देखिएको छ।

मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले एमडीएमएस लागु भइसकेकाले अबका समस्या समाधान गर्न सरकारलाई सुझाव दिने बताए।

‘भारतमा रोजगारीका लागि गएकालाई फरक व्यवहार गर्नुपर्छ भन्ने होइन,’ अग्रवालले भने, ‘नयाँ सिस्टम लागु गर्दाका समस्या सरकारले समाधान गर्दै जाला।’

अहिलेकै अवस्थामा विदेशबाट ल्याएर दर्ता नगर्नेको मोबाइल १५ दिनपछि चल्दैन। व्यवसायीले नेपालमा छिटो आउजाउ गर्नेले यहीँको बजारबाट मोबाइल खरिद गर्दा उपयुक्त हुने बताए। नेपाली बजारबाट ग्राहकले मोबाइल खरिद गर्दा दर्ता झन्झट गर्नुपर्दैन।

‘अहिले विदेशबाट मोबाइल ल्याउनेभन्दा नेपालमै खरिद गर्दा सजिलो हुन्छ,’ उनले भने, ‘हाम्रो उद्देश्य उचित मूल्यमा सबैले नेपालमै मोबाइल किनुन् भन्ने हो।’

अहिलेको समस्या समाधानको मुख्य भूमिका अर्थमन्त्रालय निर्वाह गर्न सक्छ। कुन कागजपत्र देखाएर मोबाइल दर्ता गर्ने मन्त्रालयको निर्णयमा भर पर्छ। अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भारतबाट आउनेलाई कसरी सम्बोधन गर्नेबारे तत्काल कुनै निर्णय भइनसकेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?