ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
मुख्य खबर

सेतो दुधबाट हरिया नोट

सहकारी संस्था लिमिटेड एक्लैले दैनिक सात सय लिटर दुध बिरेन्द्रनगर पठाउने गरेको अध्यक्ष ओली बताउँछन् । त्यतिकै हाराहारीमा अरुले पनि दुध संकलन गरेर अन्यत्र बेच्ने गरेका छन् । आफ्नो सहकारीबाट प्रत्यक्षरुपमा एक सय कृषक लाभान्वित भएको बताउँदै ओलीले भने,–‘एकजना कृषकले न्यूनतम सात हजारदेखि अधिकमत एकलाखसम्म आम्दानी गर्दै आएका छन् ।’
६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

सुर्खेत(गुर्भाकोट), जेठ ।- पूर्वाधारको निर्माणसंगै गुर्भाकोट नगरपालिका–४ का सर्बसाधारण पशुपालनमा आर्कषित भएका छन् । गाईभैसी पाल्नेको संख्या बढेपछि दुध बेचेरै वडामा मासिक रु ३० लाखसम्म भित्रिने गरेको वडा नम्बर ४ का अध्यक्ष रामबहादुर डाँगी बताउँछन् । डाँगीका अनुसार दैनिक पन्ध्र सय लिटरसम्म दुध सदरमुकाम बिरेन्द्रनगर लगायतका बजारमा बिक्री भइरहेको छ ।

‘हाम्रो वडाबाट दैनिक १५ सय लिटर दुध अन्यत्र बिक्री हुन्छ । कृषकले प्रतिलिटर ७० रुपैयासम्म पाइरहेका छन् ।’ डाँगी भन्छन्–‘ यो हिसावले हाम्रो वडामा दुध बिक्रीबाट मात्र रु ३० लाखसम्म भित्रिने रहेछ ।’ सडक, दुग्ध चिस्यान केन्द्र, पशुपालनका लागि घाँस,पानी लगायतको सुविधा भएपछि पशुपालन गर्नेहरु बढेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष महेश ओली बताउँछन् । ‘पहिले दुध बेच्न दश किलोमिटर परको बोटेचौरसम्म जाने गरेका थियौं । तर अहिले दुध चिस्यान केन्द्र गाउँमै बनेपछि दुध लिन घरआगनमै आईपुग्छन् डेरीवाला ।’– ओलीले भने ।

अगुवा कृषक एवं वडा नम्बर ४ का सदस्य ज्ञानबहादुर डाँगीले पाँचवटा गाई र एउटा भैसी पालेका छन् । दुध बेचेर मासिक एक लाखसम्म आम्दानी गरिरहेका उनले अहिले गाउँमा गाईभैसी नपाल्ने कोही पनि नभएको बताउँछन् । ‘हामीले शुरु गर्दा गाईभैंसी पनि कसैले पाल्छ भन्दै होच्याउनेका गोठमा प्रशस्तै गाईभैसी देखिन्छ । उनीहरुको आम्दानीको मुख्यस्रोत नै दुध हो ।’–उनले भने ।

पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड एक्लैले दैनिक सात सय लिटर दुध बिरेन्द्रनगर पठाउने गरेको अध्यक्ष ओली बताउँछन् । त्यतिकै हाराहारीमा अरुले पनि दुध संकलन गरेर अन्यत्र बेच्ने गरेका छन् । आफ्नो सहकारीबाट प्रत्यक्षरुपमा एक सय कृषक लाभान्वित भएको बताउँदै ओलीले भने,–‘एकजना कृषकले न्यूनतम सात हजारदेखि अधिकमत एकलाखसम्म आम्दानी गर्दै आएका छन् ।’
पशुपालक कृषकलाई प्रोत्साहित गर्न पशु पन्छी विकाश निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सहयोगको दुध चिस्यान केन्द्र निर्माण गरिएको थियो ।

दुध चिसान केन्द्रका सचिव हस्तबहादुर डाँगीका अनुसार, चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन राखिएको छ । ‘ यो व्यवसायिक योजना सम्पन्न भइसकेपछि यस क्षेत्रका कृषकहरुलाई पशुपालनमा अझ उत्साहित बनाई उनिहरुले उत्पालन गरेको करिब ३ लाख ६५ हजार दुध संकलन गरी विक्रि वितरण गर्ने लक्ष्य यो सहकारीको रहेको छ ।’–डाँगीले भने ।
पूर्वाधार विकासले कृषि तथा पशुपालनबाट हुने उत्पादनको विक्री बितरणमा समस्या छैन । ‘अब हामी घरघरमा व्यवसायीकरुपमा पशुपालन र कृषि उत्पादन बढाउनका लागि अभियान सन्चालन गर्ने छ ।’– अगुवा कृषक ज्ञानबहादुर डाँगीले भने ।

सहकारीका अध्यक्ष ओलीका अनुसार, कुल दुधको ५५ प्रतिशत जति सुर्खेत जिल्लाको कुल दुधको ५ प्रतिशत जति हिस्सा संकलन केन्द्रको छ । जिल्लाको कुल बजार मागको ५० प्रतिशत जति बाह्य जिल्लाबाट आयात हुने गरेको छ । सुर्खेत जिल्लाको कुल दुधको मागको करिब १५ प्रतिशत र बाह्य जिल्लाको मागको ५ प्रतिशत जति हिस्सा ओगड्ने लक्ष लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?