Butwal Today

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

२६ बैशाख २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्व बालुवाटार पुगेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसित छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका हुन्।

बालुवाटारमा नेतात्रयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण चर्किरहेका बेला प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको भेटवार्ता भइरहेको हो।

यस्तै संवैधानिक परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भाेलिपल्ट उनीहरुबीच छलफल भइरहेको हो।

यस्तै दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि सहमति जुट्न बाँकी छ।