Butwal Today

संयुक्त एम्बुलेन्स चालकसंघ रुपन्देही द्धारा रक्तदान

२३ बैशाख २०८०, शनिबार
अ+
अ-

बुटवल बैशाख ।- संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघजिल्ला शाखा रुपन्देहीको आयोजनामा छैठौ पटक रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सचिव मनोज भण्डारीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव मुक्ती काफ्ले रक्तदान गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष यदुलाल भण्डारी सहित जिल्ला अध्यक्ष मन बहादुर गुरुङ्ग लगायतको सहभागीता रहेको थियो । सामाजिक क्षेत्रमा क्रियाशील संयुक्त एम्बुलेन्स चालक संघले विगतका बर्षहरुमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको सचिव भण्डारीले जानकारी दिए । शनिवार गरिएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । यस्तै विभिन्न कारणले बाहिर रहेका करिव ११ जना सदस्यहरुले पुनः रक्त सञ्चार सेवा केन्द्रमा गएर रक्तदान गर्ने समेत प्रतिवद्धता जनाएको जनाइएको छ ।