ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
समाचार

बन्ला त रोल्पाको कुरेली भित्रिवनमा युद्ध पर्यटन ?

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

रोल्पा,  वैशाख- माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पाको तत्कालिन कुरेली गाविसको भित्रिवन क्षेत्रले महŒवपूर्ण योगदान गरेको भन्दै सो क्षेत्रलाई युद्ध पर्यटनको रूपमा विकास गर्नुपर्ने स्थानीयहरूको माग छ । सामरिक दृष्टिकोणले समेत सहज मानिने सो स्थानमा तत्कालिन नेकपा माओवादीको केन्द्रीय स्तरका ठूलठूला कार्यक्रम सम्पन्न भएका थिए ।
हाल परिवर्तन गाउँपालिका वडा नं. १ मा पर्ने सो स्थानमा द्वन्द्वको समयमा माओवादी सेनाको केन्द्रीय सैन्य तालिम केन्द्र थियो । माओवादीका सेनाहरूले सोही स्थानमा लामो समय तालिम सम्पन्न गरेका थिए । भित्रिवनको सर्सुवारी, ठूलो नाङ्गी, धुपिनेटा र वाङघारीमा माओवादी सेनाको केन्द्रीय स्तरको तालिम चलेको थियो । सोही ठाउँको पुवाखोरेमा केन्द्रीय प्राविधिक कार्यालय स्थापना गरिएको थियो । प्राविधिक कार्यालयमा एटीवान हतियार र सेल, ग्रिनेट, डिस्चार्ज कप, बन्दुक, टुईन्च मोटार सेल, व्यारल लगायतका हतियार निर्माण तथा मर्मत गरिन्थ्यो स्थानीय मनबहादुर वुढामगरले भने । निर्माण गरिएको हतियार पनि सोही स्थानमा परिक्षण गरिएको बुढामगर स्मरण गर्छन । हतियार परिक्षण गर्दा एक पटक २ जना प्रशिक्षार्थीको मुत्यु समेत भएको थियो बुढामगरले भने ।
सर्सुवारीको मुख्यडेरामा जनशैन्य प्रतिष्ठान समेत स्थापना गरिएको थियो । द्वन्द्वकालमै सोही स्थानमा अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक समेत वसेको स्थानीयहरूको भनाइ छ ।

सरावाङमा ४५ दिनसम्म माओवादी सेनाका लडाकुहरूलाई उपचार गर्नका लागि ओ लेभलको स्वास्थ्य तालिम समेत दिइएको स्थानीय प्रविण वुढामगर वताउछन । स्वास्थ्य तालिम लिएकाहरू घाईते माओवादी सेना, नेता कार्यकर्ताको उपचारमा संलग्न हुने गर्थे वुढामगरले भने । तीनै स्वास्थ्यर्मीहरूको संलग्नतामा नेकपा माओवादीले जनस्वास्थ्य विभाग समेत गठन गरेको थियो ।
२०५८ सालमा थवाङको फुन्टीवाङ वैठकको नामले चर्चित माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन समेत कुरेलीको बालकल्याण मावि उपावाङमा भएको थियो । थवाङको फुन्टीवाङमा वस्नेगरि तय गरिएको उक्त सम्मेलनको सबै सूचना सरकारले प्राप्त गरेको माओवादीले थाहा पाएपछि सम्मेलन रातारात त्यहाँ सारिएको स्थानीयहरूको भनाइ छ । सोही ठाउँमा २ महिने पार्टी प्रशिक्षण समेत चलेको थियो । सोही ठाउँमा डाक्टर वावुराम भट्टराईको अध्यक्षतामा संयुक्त क्रान्तिकारी जनपरिषद र जनमुक्ती सेनाको घोषणा गरिएको थियो । माओवादीले सोही स्थानमा गठित संयुक्त क्रान्तिकारी जनपरिषदलाई सरकार र जनमुक्ती सेनालाई सेना भन्दै समानान्तर सत्ता संचालन गरेको घोषणा गरेका थिए । पूर्व उपराष्ट्रपति नन्दवहादुर पुनको कमाण्डमा सोही स्थानमा पहिलो पटक वटालियनको घोषणा तथा माओवादी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई जनमुक्ती सेनाको सर्वोच्च कमाण्डरको रूपमा घोषणा गरिएको थियो ।
माओवादी सशस्त्र द्वन्द्व शान्ति प्रकृयामा रूपान्तरण भएको लामो समय सम्म देशका विभिन्न क्षेत्रहरू युद्ध पर्यटनको रूपमा विकास हुँदै गर्दा यति महत्वपूर्ण क्षेत्रलाई वेवास्ता गरिएको प्रति स्थानीयहरू असन्तुष्ट छन । द्धन्दको समयमा आधार ईलाकाको रूपमा विकास गरि नेतृत्वको संरक्षण गरेको यो क्षेत्र अहिले नेताहरूले विर्सिएको उत्तरी रोल्पाकै संस्थापक कम्युनिष्ट सदस्य रहेका मनवहादुर वुढामगरले दुखेसो पोखे । द्वन्द्वमा योगदान नगरेका ठाउँहरू पनि भनसुन र पहुँचका आधारमा युद्ध पर्यटकीय क्षेत्र घोषणा भए हाम्रो गाउँ कसैको प्राथमिकतामा परेन वुढामगरले भने । सशस्त्र द्वन्द्व ईतिहास भएपनि द्धन्दको समयमा महŒवपूर्ण भूमिका खेल्ने गाउँहरूको भूमिका प्रति राज्य जिम्मेवार हुनु पर्छ वुढामगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?