ट्रेंडिंग:

>> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने

अब स्कुल जाँदा चकटी बोक्नु पर्दैन

अहिले स–साना बालबालिकालाई घरबाट चकटी बोकेर लैजानुपर्ने अवस्था अन्त्य भएको छ । मायादेवी गाउँपालिकाका यी दुई विद्यालयमा बालबालिका बालमैंत्री वातावरणमा अध्ययन गर्ने सुविधा पाएका छन् । थोरै टेबुल बेन्च थियो । त्यसमाथि बालमैंत्री नहुँदा लड्ने, झर्ने र चोटपटक लाग्ने समस्या भईरहेको थियो ।
१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

कपिलवस्तु, १५ बैशाख ।

विद्यालय पढन जाँदा ८ वर्षकी सानिया खातुनलाई सधै चकटी बोकेर लैजानु पर्ने हुन्थ्यो । मायादेवी गाउँपालिका सिसवा गाउँकी उनी घरबाट निस्कदा पुस्तकभन्दा बोराको चकटीलाई स्याहार गर्दै जान्थिन् । ‘चकटी नलगे भूईमा बस्नु पथ्र्र्यों,’ उनले भनिन्, ‘त्यही भएर घरमा पुस्तक भन्दा पहिले चकटी खोज्थें ।’ गाउँनजिकै रहेको ज्ञानज्योति प्राविमा कक्षा ३ मा पढने उनी चकटी काखीमा च्यापेर पुग्थिन् । उनी जस्तै ७ वर्षकी सविता पाल पनि पुस्तकभन्दा चकटीलाई माया गर्थिन् । उनी सधैं चकटी स्याहार गर्दै लैजान्थिन् । त्यसैमा बसेर पढथिन् । मायादेवी गाउँपालिका डुमरिया गाउँमा रहेको हरियाली सामुदायिक प्राविमा थोरै बेन्च थिए । ‘त्यसैमा बस्न साथीहरुबीच झगडा हुन्थ्यो,’ उनले भनिन्, ‘त्यही भएर घरबाटै बस्ने चकटी लग्थे । कतिपय साथी बस्नै पाउँथेनन् ।’

अहिले स–साना बालबालिकालाई घरबाट चकटी बोकेर लैजानुपर्ने अवस्था अन्त्य भएको छ । मायादेवी गाउँपालिकाका यी दुई विद्यालयमा बालबालिका बालमैंत्री वातावरणमा अध्ययन गर्ने सुविधा पाएका छन् । थोरै टेबुल बेन्च थियो । त्यसमाथि बालमैंत्री नहुँदा लड्ने, झर्ने र चोटपटक लाग्ने समस्या भईरहेको थियो ।

युएसएआईडी÷युनिसेफको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा संचालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत भुईमा बिछ्याउन पी फर्म र त्यसमाथि कार्पेट प्रदान गरेपछि बिद्याथीलाई पठनपाठनमा धेरै सहज भएको छ । ज्ञानज्योति प्राविमा २४ फुट लामो र २२ फुट चौडा ३ कोठामा पी फर्म र कार्पेट बिछ्याएर पढाउन थालिएको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म पढाई हुने कोठामा राखिएको छ । यसले चिसोबाट पनि जोगाउँछ । यसबाट सय बढी बालबालिकालाई पढाउनदेखि उनीहरुको सिकाई उपलब्धि बढाउन धेरै सहयोग पुगेको ज्ञान ज्योति प्राविका प्रधानाध्यापक ईश्वरचन्द्र बरईले बताए । ‘हरियो रंगको कार्पेटले कक्षा कोठा पनि निक्कै सुन्दर र चिटिक्क देखिएको छ,’ उनले भने्, ‘पढाउने वातावरण नै परिवर्तन भएको छ ।’ कक्षा कोठका भित्तामा चारैतिर शैक्षिक सामग्री झुण्ड्याईएको छ । “शिक्षकले हेर्दै पढाउँदै र विद्यार्थी पनि हेर्दै पढ्दै गर्ने वातावरण साँच्चिकै लोभलाग्दो छ”– उनले भने । “शिक्षक उत्साहित छन् । विद्यार्थी पनि उत्तिकै उत्सुक बनेका छन् । यसले अध्ययन अध्यापनको माहोल बनेको छ । विद्यार्थीको बिद्यालयमा नियमितता बढेको छ”– उनले थपे ।

कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा दुईवटा फोहर नष्ट गर्ने डिस्पोजल पिट पनि बनाईएको छ । रातो रंगकोमा नसड्ने र हरियो रंगकामा सड्ने फोहर, कागजका टुक्रा र प्लास्टिक लगायत फोहर राखेर नष्ट गर्ने गरिएको छ । बिद्यालय हाता भित्र फोहर भेट्टाउना साथ बिद्यार्थी त्यसैमा लगेर राख्ने गर्छन् । त्यसपछि नष्ट गरिन्छ । ‘यसले विद्यार्थी पनि सरसफाईबारे सचेत बनेका छन्,’ शिक्षिका सुदा चर्तुबेदीले भनिन्, ‘यस्तै काम घरमा पनि गर्न आग्रह गरेका छौं ।’ ३२ हजारको लागतमा उक्त डिस्पोजल पिट बनेका हुन् ।

हरियाली सामुदायिक प्राविका दुई कोठामा पनि पी फर्म र कार्पेट बिछ्याएपछि पठनपाठन सहज भएको छ । विद्यालयको छ÷छ मिटर लामो चौडा कोठामा पि फर्म र कार्पेट राखेपछि कोठा पठनपाठनमय बनेको छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा ७८ विद्यार्थी छन् । ‘पहिला स–साना बिद्यार्थीहरु बेन्चमा बस्न पाउनका लागि तँछाडमछाड गर्नु पथ्र्यो,’ प्रअ अवधेश पाण्डेले भने्, ‘कहिलेकाही अनावश्यक झगडा हुन्थ्यो ।’ फेरि बेन्च बालमैंत्री पनि थिएनन् । लड्ने खस्ने हुन् भनेर सधै चिन्ता हुन्थ्यो । “अब विद्यार्थी र शिक्षक दुबै ढुक्क छौं”– उनले भने–“पुरै बालमैंत्री वातावरणको शैक्षिक सामग्री भित्तामा झुण्ड्याएका छौं ।” कार्यक्रम अन्तर्गत पठनपाठन गराउन प्राप्त दुई वटा ट्याबले पनि सहयोग पु¥याएको छ । डाउनलोड गरेको पाठ्यपुस्तक ट्याबबाट देखाएर पढाउँदा विद्यार्थी हेर्न, जान्न र सुन्न उत्सुक बनिरहेका छन् । उनीहरुको सक्रियता बढेको छ । यसले बिद्यार्थी र शिक्षक उत्साहित छन् । अध्ययन अध्यापनमा रुची बढ्दै गएको छ । बाहिर रहेका बालबालिका पनि बिद्यालय आउन थालेका छन् ।

बिद्यालयमा शैक्षिक वातावरण बनाउन कपिलवस्तुका यशोधरा, मायादेवी र विजयनगर गाउँपलिकाका १५ विद्यालयमा पी फर्म र कार्पेट प्रदान गरिएको छ । त्यस्तै रुपन्देहीका ओमसतिया, रोहिणी, मायादेवी, सियारी, शुद्धोधन, कोटईमाई, मर्चवारी, कंचन र गैडहवा गाउँपालिकाका ३४ विद्यालयमा कार्पेटिङ र पी फर्म प्रदान गरिएको छ । दुबै जिल्लाका ४९ विद्यालयका एक सय ६७ कक्षा कोठामा प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?