Butwal Today
फ्रन्टपेज

दरवारका टहरामा डोजर

पाल्पा दरवार परिसर लाई विश्व सम्पदा सुचिमा पार्न, दरवारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको जनाएको छ ।
७ बैशाख २०८०, बिहीबार
अ+
अ-

पाल्पा ,  बैशाख ।- तानसेन नगरपालिका पाल्पाले दरवार संग्रहालय परिसर भित्रका घर टहरा भत्काएको छ ।
३ वटा डोजर प्रयोग गरी तानसेन नगरपालिकाले दरवार परिसरमा रहेका पसलहरु भत्काएको हो । पाल्पा दरवार परिसर लाई विश्व सम्पदा सुचिमा पार्न, दरवारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको जनाएको छ ।
पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा पसल, घरेलु शिल्पकला बिक्री भण्डारका १३ वटा पसल, रेडक्रस पाल्पा शाखाका ३ वटा पसल, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३ वटा, राणाकालिन समय देखी प्रयोग हुदै आएका २४ वटा सटर गरी ५७ वटा सटरहरु सरकारी जग्गा निर्माण गरी स्थानीयवासीले व्यापार व्यबसाय गर्दै आएका थिए ।

दरवार परिसर भित्र प्रवेश गर्ने मुल ढोका २०६२ माघ १८ को तत्कालीन विद्रोही माओवादी आक्रमणमा क्षती भएको थियो । क्षती भएको दरवारको मुल ढोका मर्मत गर्न पुरातत्व विभागले दरवार परिसरका व्यापारीक पसलहरु हटाउन भन्दै २०७९ साल माघ १० गते नगरपालिका लाई पत्राचार गरेको थियो ।
दुई चार दिन भित्रै संरचना पूर्ण रुपमा हटाएर सरसफाई गरी दरवारको पुरानै स्वरुप कायम गरिने नगरपालिकाले जनाएको छ । दरवार परिसर भित्र जिल्ला समन्वय समिती, वाल संगठन, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय रहेका छन । तानसेन नगरपालिकाले केही व्यापारीहरु ४२ लाख रुपैया बाट बहाल कर नआएको तत्कालन भुक्तानी गर्न समेत पसलधनीहरुलाई अनुरोध गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि समेत तानसेन नगरपालिकाले पहल सुरु गरेको हो।