ट्रेंडिंग:

>> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ?
समाचार

गुल्मीमा पहिलो पटक ‘मह उत्सव’

६ बैशाख २०८०, बुधबार
६ बैशाख २०८०, बुधबार

गुल्मी, वैशाख ।
गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाईएको छ । मुसिकोट नगरपालिका अन्तर्गत ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा उक्त मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा जिल्लाको मुसिकोट नगरपालिकामा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घर परिवार कृषकहरू व्यवसायिक मौरी पालनतर्फ आकर्षित बनेका हुन ।

गत तीन वर्षअघिे मौरी स्मार्ट कार्यक्रम लागु भएपछि त्यहाँका कृषकहरूले व्यावसायीक रूपमा मौरी पालन गर्दै आईरहेका छन ।
मौरी पालन व्यावसायलाई आधुनिकिकरणसँगै महलाई विविधिकरण गरि त्यसको व्यवसायीकरण प्रवद्र्धन गरि गुल्मी जिल्लालाई महमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लामा पहिलो पटक मह उत्सव गरिएको सालिमे स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चुमा घर्तिमगरले बताए ।


सालीमे मौरी स्मार्ट गाउँ कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र मार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख रूपैंया अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी गराएका छन । सालीमे मौरी स्र्माट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मह वृद्धि वर्ष, तेस्रो वर्षलाई मह उत्सव र चौंथो वर्षलाई मह निर्यात वर्षको रूपमा व्यवस्थीत कार्ययोजना तय गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदश्य डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, मुसिकोट नगरपालिकाका पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, नगर उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवर लगायतका व्यक्तिहरूले मुसिकोटलाई मह पर्यटकीय स्थलको रूपमा विकास गनु पर्नेमा जोड दिएका थिए ।
मह उत्सवमा त्यस क्षेत्रमा उत्पादित अर्गानिक मह र मह उत्पादनमा प्रयोग गरिने आवश्यक सामग्रिको प्रर्दशनी गर्नुका साथै समूहद्वारा प्रकाशित २०८० को क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रममा सहभागि अतिथि लगायत सम्पूर्ण सहभागिहरूलाई महको सर्वत, महको चिया र महको खाजा खुवाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?