ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
बैशाख ७ गते जितगढी महोत्सव हुँदै

सामरिक महत्वको गढी संरक्षणबाट पर्यटन विकास

५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

बुटवल, ५ बैशाख ।

नेपालका सामरिक महत्व बोकेका गढी संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको छ । वीरताको गाथा बोकेको नेपालका गढीहरुको संरक्षण गर्दै यसको महत्वलाई उजगार गर्ने उद्देश्यका साथ सरकार र नेपाली सेनाहरु निरन्तर अग्रसर भएका छन् ।

श्री मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकालले देशकै गौरव बोकेको गढी किल्लाहरुको संरक्षणसंगै यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । ‘नेपालको ईतिहाससंगै गढीसंग ईतिहास जोडिएको छ’– उनले भने । बाइसे चौबिसे राजा रजौटाहरुको बेलामा गढीहरु विकास भएको उनले दाबी गरे । कालान्तरमा नेपालको एकीकरणको शिलशिलामा गढीहरु थप उपयोगी बन्दा महत्व बढेको उनले बताए ।

नेपाललाई अग्रेजहरुसँंग जोगाउने बेला यो मुख्य रक्षा कवचका रुपमा उपयोगी भएको उनले बताए । नालापानीदेखि जितगढीसम्म नेपालीहरु लडेर अंग्रेजहरुको लडाईमा किल्लाहरु प्रयोग भएको उनी बताउँछन् । यो हाम्रो परम्परा, संस्कृति, मूल्य मान्यतासंग मात्र नभई यो हाम्रो नागरिक र सैन्य सम्बन्धसँग समेत जोडिएको उनले दाबी गरे । गढीको यही महत्वलाई बुझाउने गरी पृथ्वीनारायण शाहको एकीकरण बेलामा प्रयोग गरेको युद्धकालिन बाटोलाई स्मरण गर्ने गरी नेपाली सेनाले गोर्खाबाट जितगढीसम्मको एकीकरण यात्रा गरिरहेको छ ।

चैत २८ गते गोर्खाबाट शुरु भएको यात्रामा सहभागी नेपाली सेना तनहुँ, स्याङ्जा हुँदै दैनिक ४० किलोमिटर पैदल हिडेर पाल्पा आईपुगेको छ । राष्ट्रिय एकताको सन्देश दिने गरी कार्यक्रम गरिएको उनले बताए । बैशाख ७ गते बिहान पाल्पाको नुवाकोट गढीबाट टोली बुटवलको जितगढी किल्लामा आईपुग्ने र सोही दिन आम नागरिक, संघसंस्थासहितको झाँकी ¥यालीसहित यात्रा समापन हुने उनले बताए । एकीकरण समयमा प्रयोग भएको बाटोको पहिचान गर्ने र यसलाई पर्यटनमा जोड्ने गरी लाग्नुपर्ने उनको सुझाव छ ।

एकीकरण यात्रुले ३ सय ७० किलोमिटर दूरी पार गर्ने छन् । नेपालका धेरै गढीहरुलाई जोडेर पर्यटनमार्ग विकास गर्न सकिने उनले बताए । पछिल्लोपटक बुटवलको जितगढीदेखि पाल्पाको माथागढीसम्मको पैदल मार्ग विकास गरी पर्यटन प्रवद्र्घनको अभियान चलाउन सकिने सम्भावना देखिएको उनले बताए । माथागढी करीब २ सय १० वर्ष पुरानो सैन्य गढी मानिन्छ । यसैगरी पाल्पाको भगवती जात्रा र बुटवलको जितगढी उत्सवको महत्वलाई प्रकाश पार्ने गरी वृहत कार्यक्रम हुँदै आएको छ ।

सैनिक र नागरिकको बीचमा सम्बन्ध बढाउने र भविष्य अझ बृहत रुपमा लगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उनले बताए । नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लाको महत्व छ । वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । सोही दिनको स्मरणमा विजयी दिवस मनाईदै आएको छ ।

बुटवल उप–महानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जसको गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण कार्य चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?