ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान
तामनगर सामुदायिक सिकाई केन्द्रको साधारणसभा

‘शिक्षामा सामुदायिक सिकाई केन्द्रको भूमिका महत्वपूर्ण ’

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

बुटवल  चैत । अनौपचारिक शिक्षा सहितको शिक्षामा समुदायिक रूपमा स्थापना गरिएका सिकाई केन्द्रको भूमिका महत्पूर्ण रहेको एक कार्यक्रका सहभागीहरूले जोड दिएका छन् । तामनगर समुदायिक सिकाई केन्द्र (सिएलसी)को नवौ बार्षिक साधारण सभा को अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सिकाई केन्द्रको माध्यमबाट समुदायीक शिक्षामा ठूलो योगदान पुगेको बताइएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले सामुदायिक सिकाई केन्द्रले अनौपचारिक शिक्षा, तालिम लगायतका क्षेत्रमा नमुनायोग्य काम गरेको बताईन । उनले बुटवल सहित विभिन्न स्थानमा स्थापना भएका यी सामुदायिक सिकाई केन्द्रको कारण कतिपय व्याक्तिहरूले औपचारिक शिक्षा विना नै तालिम, सिप र धारणाको विकास गरी सोही अनुसार आर्यआर्जनको क्षेत्रमा समेत काम गरेको बताएकी थिईन ।
कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तामनगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गिरिराज कुँवर (विजय) ले वि.सं. २०६० सालमा सृजनामा महिला समुहको पहलमा स्थापना भएको सामुदायिक सिकाई केन्द्रले पछिल्लो समयमा विभिन्न कार्यक्रम समेत गर्दै आएको बताए । अध्यक्ष कुँवरले वि.सं. २०६३ देखि ६६ सालसम्म मधवलिया सामुदायिक सिकाई केन्द्रको शाखाको रूपमा स्थापना भएको उक्त स्थानको भवनका लागि तत्कालिन चारपाला पूर्वसैनिक क्लवबाट निर्माणाधीन जग सहितको भवन उपलब्ध गराइ सोही स्थानमा सिकाई केन्द्रको भवन निर्माण गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले उक्त स्थानलाई तालिम तथा प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने गरी विभिन्न काम समेतभैरहेको जानकारी दिए । अध्यक्ष कुँवरले आगामी दिनमा सदस्इहरूको माग र स्रोतका आधारमा तालिम सञ्चालन गर्ने समेत बताए ।

यस्तै तामनगर समुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक तथा संस्थाका सचिव सिता कण्डेलले प्रतिवेदन प्रस्तुत गर्दै युनिस्को नेपाल, आन्ड्रा नेपालको सहयोगमा विभिन्न सिपमुलक, आयमुलक, जनचेतानमुलक काम सञ्चालन गर्दै आएको ईतिहास रहेको बताएकी थिईन । उनले संस्थाले मास्क तथा शैक्षिक सामग्री वितरण, गुडिया बनाउने तालिम, कुसन बनाउन तालिमलगायतका तालिम समेत प्रदान गरिएको जानकारी समेत दिईन । साधारण सभामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष दुर्गा सुवेदी, सरस्वती माविका प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद न्यौपाने, सल्लाहकार उदयराज काफ्ले, सदस्य दुर्गादेवी सारूपुन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

साधारण सभामा विभिन्न टोल विकास संस्था, टोला संयोजक, क्लव, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?