ट्रेंडिंग:

>> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा

भर्ना अभियानसँगै विद्यालयलाई नतिजा प्रकाशनको चटारो

२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), २८ चैत ।

नयाँ शैक्षिक सत्रको शुरुवातसँगै यतिबेला सामुदायिक तथा निजी विद्यालयहरुलाई नतिजा प्रकाशनको चटारो छ ।

भर्ना अभियान संचालन गरी विद्यार्थी संख्यामा वृद्धि गर्न विद्यालयहरुलाई वार्षिक नतिजा प्रकाशनमा चटारो भएको हो । चैतको दोस्रो साताभित्रै वार्षिक परीक्षा सम्पन्न गरेका कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालयहरु भर्ना अभियान संचालन गर्न नतिजा प्रकाशनमा जुटेका छन् । कतिपय विद्यालयले चैतको तेस्रो सातामै नतिजा प्रकाशित गरिसकेका छन् भने अधिकांश विद्यालयले चैतको अन्तिम साताभित्रै परीक्षाफल प्रकाशनको तयारीमा जुटेका छन् ।

“समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” शैक्षिक सत्र २०८० को भर्ना अभियानको मूल नारासहित नयाँ भर्ना शुरु भएको छ । भर्ना कार्यक्रमसँगै विद्यालयलाई यतिबेला नतिजा प्रकाशनमा भ्याईनभ्याई भएको हो ।

यसैबीच जिल्लाको शिवराज नगरपालिका १, शिवपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयले ३२ औं वार्षिकोत्सव, १८ औं अभिभावक दिवस मनाएको छ । विद्यालयले अभिभावक दिवससँगै वार्षिक नतिजा प्रकाशन र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

कार्यक्रमलाई उदघाटन गर्दै शिवराज नगरपालिका वडा नं.. १ का वडाध्यक्ष खिमविक्रम केसीले विद्यालयको शैक्षिक स्तर देखिने गरी सुधार हुनुपर्नेमा जोड दिए । “सूचना र प्रविधिको विकाससँगै अब शिक्षामा गुणस्तर सुधार ल्याउन आवश्यक छ” – वडाध्यक्ष के.सी.ले भने । निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न अब सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पठनपाठन गरी शैक्षिक सुधारमा जुट्नुपर्ने उनले तर्क राखे ।

कार्यक्रममा पूर्व वडाध्यक्ष एवं विद्यालयका पूर्व अध्यक्ष जगतबहादुर जि.सी.ले अबको आवश्यकता व्यावसायिक र प्राविधिक शिक्षा रहेकोमा जोड दिए । नगरपालिकाले गुणस्तरीय निःशुल्क शिक्षाको नाममा नमूनामा परेका विद्यालयलाई समेत मर्ज गर्दा विश्वास घटेको औल्याए । उनले विद्यालय मर्जर र शिक्षक सरुवाले शिक्षामा सुधार नआउने समेत बताए ।

यसैगरी कार्यक्रममा एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फानेश्वर न्यौपाने, समाजसेवी एवं शिक्षाप्रेमी बाबुराम खनाल, देविस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वराम थारु, भूपू सैनिक संगठनका अध्यक्ष झग बहादुर पुन, विद्यालयका पूर्व सदस्य ऋषिराम खनाल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कृष्णकला भारती, अभिभावक दीपक खनाल लगायतले विद्यालयको अग्रगामी विकासका लागि अभिभावकहरु जागरुक हुनुपर्ने बताउँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले वार्षिक प्रगति तथा आगामी योजना बारे तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष छन्द बहादुर सिंह जि.सी.ले यस विद्यालयलाई नमूना बनाउन सबै अभिभावक अभियानमा जुट्नुपर्नेमा जोड दिए । उनले भर्ना अभियान सफल पार्न सबै अभिभावक, शिक्षक सक्रिय हुनुपर्ने तर्क राखे ।

कार्यक्रमको अवसरमा विद्यालयमा सर्बोत्कृष्ट हुने प्रावि तहका ३ र निमावि तहका ३ गरी ६ जना विद्यार्थीलाई पुरस्कारको व्यवस्था समाजसेवी एवं शिक्षाप्रेमी बाबुराम खनालले सौजन्य गरेका थिए । यस्तै विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न १५ बालबालिकाहरुलाई छात्रवृत्तिका लागि अक्षयकोषदाता डालबहादुर वि.क., सुमनदेवी अधिकारी र कृष्ण प्रसाद खनालले गरेका अक्षयकोषको व्याजबाट १५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको थियो । साथै कक्षामा उत्कृष्ट तथा विभिन्न विधामा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?