Butwal Today
खबर

नेपाल फार्मेसी संघमा ढकाल निर्विरोध

२६ चैत्र २०७९, आइतबार
अ+
अ-

बुटवल, चैत । नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ बर्षका नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा सफिर रहमान, टेक वि.के.र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह–कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी के.सी., रामचन्द्र कोईराला निर्वाचित भएका हुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा. लिला गिरी, स्वास्थ्य मन्त्रालयका बरिष्ट फÞार्मेसी व्यवस्थापक तथा औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक नारायण ढकाल, वरिष्ट फार्मासिष्ट बाबूराम हुमागाई, वरिष्ट फार्मासिष्ट विवेक सिङ महत, औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, लिट्स कलेजका निर्देशक बसन्तराज खनाल, मायादेवी कलेजका निर्देशक चिरञ्जीवी जोशी, क्रिमशन अस्पतालका संचालक सुरज भट्टराई, लगायतले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?