ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य खबर

सर्दैछ ‘बुटवल’

नयाँ कार्यालयका भवन निर्माण गर्ने स्थान बुटवलमा अभाव छ । तर भएका भौतिक संरचनामा केही कार्यालयहरु स्थापना गरेर सेवा प्रवाह बुटवलबाट गर्न सकिने भएपनि यसतर्फ स्थानीय सरकार र राजनैतिक दलको ध्यान पुग्न सकेको छैन ।
२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

बुटवल, चैत ।
बुटवलमा पछिल्लोसमयमा व्यवसायिक घरहरुखाली हुँदंै गएका छन् । कतिपय चर्को मूल्यमा पनि खोसा–खोस हुने व्यवसायिक सटहरु अहिले ‘भाडाको लागि खाली’ भनेर लेखिएका सूचनाहरु देखिन थालिएको छ । बुटवलमा प्राप्तमात्रामा पाकिङ्ग र खुल्ला स्थानको अभाव हुदै जाँदा यहाँ स्थापना हुने कतिपय कार्यालयहरु बुटवल बाहिर मोडिएका हुन ।
कुनै समयमा बुटवलको पुष्पलाल पार्क, सडक विचमा रहेको महेन्द्र पार्क समेत ‘सित्तल विसाउँने’ ठाउँको रुपमा थिए । यातायातको चाँप कम हुँदा विहान साँझ मानिसहरु बस्ने, गफगाफ गर्ने स्थानको रुपमा रहेका थिए । तर अहिले बुटवलको पुष्पलाल पार्क नै सडक विस्तारको कारण ‘विलाएको छ ।’ भने सडक विचमा नै रहेको महेन्द्र पार्क(कम्युनिष्ट पार्क)को आकार समेत अहिले घटाएर साँघुरो बनाइएको छ ।
नयाँ स्थापना भएका कार्यालयका भवन निर्माण गर्ने स्थान अभाव बुटवलमा छ । तर केही कार्यालयहरु स्थापना गरेर सेवा प्रवाह बुटवलमा नै गर्न सकिने स्थानमा समेत सम्बन्धी सरोकारवालाहरुको ध्यान जान नसक्दा बुटवल विस्तारै ‘पश्चिम र दक्षितर्फ सर्दै’ गएको छ ।
लुम्बिनी प्रदेश स्थापना हुँदा बुटवलको ‘मिनी सिंहदरबार’को रुपमा परिकल्पना गरिएको बुटवलको सडक डिभिजन परिषरको क्षेत्रमा नयाँ भवन निर्माण गरिएको छैनन । प्रदेश मुख्यालयहरु स्थापना गर्ने, मिनीसिंहदरबार बनाउने प्रदेश सरकारको तत्कालिन योजना रहेपनि राजधानी स्थायी रुपमा दाङको राप्ती उपत्यकामा सरेपछि अहिले यो स्थानमा नयाँ भवन निर्माण छैनन ।
तत्कालिन समयमा निर्माण गरिएको यातायात कार्यालय भवनमा प्रदेशका वन तथा वातावराण मन्त्रालय थियो । उक्त भवन अहिले खाली जस्तै छ । प्रदेशको लेखा नियन्त्रकको कार्यालय रहेपनि पुर्णरुपमा यो भवन प्रयोगमा छैन । नजिकै ईलाका प्रशासन कार्यालय बुटवलले निर्माण गरेको भवनमा पुनः ईलाका प्रशासनले कार्य सुरुवात गरेको छ ।
सडक डिभिजन कार्यालय बुटवलले निर्माण गरेको भवनमा सडक डिभिजनले पुर्ण फेजमा काम गरिरहेको छ भने हेवी ईक्युम्पेन्ट डिभिजनले निर्माण गरेको भवनमा तत्कालिन अवस्थामा सामाजिक विकास मन्त्रालय, स्वाथ्य मन्त्रालय रहेका थिए । अहिले ति मन्त्रालय दाङ सरेपछि त्यो भवन अर्धरुपमा हेभी ईक्युप्मेन्ट डिभिजनले प्रयोग गर्दै आएको छ ।
यता पुरानो डिभिजन वन कार्यालय रहेको पछि ईलाका प्रशासन बसेको भवन लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा आएको भवन अहिले खाली छ ।
१५ विघा क्षेत्रफल रहेको सडक डिभिजन, ईलाका प्रशासन, यातायात कार्यालय रहेका स्थानमा अझै पनि केही सेवा प्रदायक कार्यालय स्थापना गरेर सञ्चालन गर्न सकिने संभावना रहेको छ । तर बुटवल क्षेत्रलाई गुल्जार बनाउने गरी सेवा प्रदायक यातायात व्यवस्था कार्यालय बुटवल र यातायातव्यवस्था कार्यालय (सवारीचालक अनुमती पत्र) जस्ता कार्यालयरु अहिले आफ्नो पुरानो स्थानमा रहेमा बनेका नयाँ भवन छाडेर बुटवल–१२ मा सरेका छन् ।
नव निर्मित आधुनिक भवनबाट यी दुई वटा कार्यालयले बुटवलको बेलबास क्षेत्रमा चलायमान बनाएको छ । कार्यालय आसपासमा स्थापना भएका स–साना व्यवसायीक होटलहरु, खाजा पसल, फोटोकपी सेन्टर लगायतका व्यवसायीहरुसंगै यातायातको साधनको रुपमा ईलोक्ट्रीक रिक्सा र अटो टेम्पोहरुले रामै आम्दानी गरेका छन् ।
बुटवलको बेलबास क्षेत्रमा स्थापना भएका यी दुई वटा कार्यालयकै कारण दैनिक सयौंको संख्यामा सेवाग्राहीहरु जाँदा व्यवसायमा राम्रै भएको स्थानी होटल सञ्चालक हरिप्रसाद खनालको भनाई छ । ‘कार्यालय आउँछन् भनेर जग्गा किनेर घर बनाएर होटल चलाएको अहिले राम्रै भएको छ । ’ उनी भन्छन् ।
यतीमात्रै होईन भैरहवामा रहेको जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय बुटवलमा सेवा प्रवाह सुरु गरेपछि बुटवलको सुख्खानगर क्षेत्रका स्थानीयहरुका सटर भाडामा गएका छन् । मालपोत क्षेत्र अगाडी लेखापढि व्यवसायीहरुले स–सानो स्थानमापनि कार्यालय स्थापना गरेर काम गरेका छन् । सुख्खानगर क्षेत्र गुल्जार बनाउनको लागि दुई वटा सेवाकालिन कार्यालय मालपोत कार्यालय र नापी कार्यालय साच्चै नै ठूलो भूमिका निर्वाह गरेका छन्् । तर यी कार्यालय पनि अवको केही समयमा बुटवल देखि पश्चिम जितगढी क्षेत्र (गैरे पेट्रोल पम्प अगाडी) सर्दै छन् ।
नापी कार्यालयको आधुनिक ४ तला भवन निर्माण सकिएको छ भने त्यसकै आडामा मालपोत कार्यालयको भवन पनि धमाधाम बनिरहेको छ । नापी कार्यालयको भवन पुर्णरुपमा सम्पन्न भएपछि सोही कार्यालय र नजिकै रहेको प्रदेश स्तारिय बालबालिका खोजतलास तथा संरक्षण केन्द्रकोे भवन र संगै रहेको आवास भवनलाई प्रयोेग गरेर मालपोत कार्यालय समेत सार्ने तयारी गरिएको छ । यद्यपी नापी कार्यालयको भवन पूर्ण रुपमा निर्माण सम्पन्न भएपछि त्यहा मालपोत कार्यालय सर्ने निश्चित नै छ ।
यी दुई वटा कार्यालय पनि जनताको सेवासंग प्रत्यक्ष जोडीएका कार्यालयहरु हुन । जसको कारण मानिसको चाँप बढि हुने समेत गर्दछ । यी कार्यालय बुटवलको सुख्खानगरमा अहिले भाडामा रहेका छन् । भाडामा रहेका यी कार्यालय बुटवल पश्चिम जाँदा शुख्खानगर क्षेत्रमा रहेका व्यवसायीक सटरहरु खाली हुने निश्चित छ भने कार्यालय रहेको घर समेत खाली हुने छ ।
मालपोत, नापी, यातायात(सवारी), यातायात कार्यालयबुटवलमा नै स्थानपना हुने स्थान पनि थिए, संभावना पनि थियो । तर तत्कालिन समयमा यी कार्यालयका लागिजग्गा उपलब्ध नभएको कारण अहिले यी कार्यालयहरु बुटवल पश्चिम लागेका छन् । जसको कारण पनि बुटवलको गुल्जार अझै कमी हुने निश्चित छ ।
अग्रज पत्रकार तथा बुटवल बेलबास क्षेत्रमा स्थायीय समेत रहेका डी.आर.घिमिरेले बेलबास क्षेत्रमा स्थापना भएका कार्यालयहरुले कारण त्यो क्षेत्रको आर्थिक चलायमान र गुल्जार बनाउने काममा महत्पूर्ण भुमिका खेलेको बताउँछन् । उनले खाली रहेको जग्गामा स्थापना भएका यी कार्यालयले जग्गा संरक्षण समेत भएको र त्यो क्षेत्र समेत गुल्जार भएको बताउँछन् ।
केही दिन पहिला बुटवल पश्चिम नयाँ गाउँ वडा नम्बर १२ मा लुम्बिनी बौद्ध विश्व विद्यालयको पहिलो विस्तारित ‘सिटी क्याम्पस’ समेत उद्घाटन गरिएको छ । स्थानीय नयाँगाउँ माविले संरक्षण गरेर केही संरचना निर्माण गरी राखेको जग्गामा लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी क्याम्पस स्थापना भएको हो । जसको कारण त्यो क्षेत्रमा क्याम्स पढ्ने विद्यार्थीहरुको कारण घर घर मा कोठाहरु भाडामा समेत गरेको स्थानीय राम प्रसाद बन्जाडे बताउँछन् । विद्यार्थीहरुको संख्या बढ्दै जाँदा अझ त्यो क्षेत्र गुल्जार हुने उनको भनाई छ ।
यता बुटवल पश्चिममा सरकारी कार्यालय मात्रै होईन पछिल्लो समयमा व्यवसायीक ठुल–ठुला गल्ला भण्डारहरु समेत विस्तार हुने क्रम रहेको छ । बुटवलमा रहेको किराना व्यवसायमा होलसेलको व्यवसाय गर्दै आएको सिद्धी किराना अहिले झोलुंगेपुल नजिकै जितगढीमा स्थापना भएर सेवा प्रवाह गरेको छ । त्यसको केही स्थान भर गल्लाको व्यवसाय गर्दै होल सेल व्यवसायी गणेश ट्रेर्डस समेत स्थापना भएका छन् । जसले पश्चिम क्षेत्रका व्यवसायीहरुलाई बुटवल प्रवेश नै नगरी सोही स्थापनाबाट सेवा प्रवाह गर्ने उदेश्य राखेका छन् ।
यती मात्रै होईन, पछिल्लो समयमा नीजी क्षे त्रबाट हस्पीटालिटी क्षेत्रमा पनि बुटवल पश्चिम क्षेत्र रोजाईमा पर्ने गरेको छ । केही बर्ष पहिला स्थापना भएको आरम्भ रिर्जोट प्रालिले अहिले वष्ट्रनमेघा कलेज समेत स्थापना सोही स्थानबाट आफ्नो कार्य अगाडी बढाएको छ ।
बुटवल पश्चिम बेलबास, नयाँगाउँ, जीतढी, शान्ती चौक लगायतका स्थानमा अहिले ठुला ठुला व्यवासायीक घरना स्थापना हुने क्रम समेत बढेको छ । प्री ट्रयाल सेन्टर, ड्राईभिङ्ग ईन्च्ष्युट समेत स्थापना हुने क्रम बढ्दै गएको छ भने स्पा सहितको होटलहरु समेत स्थापना हुने क्रम छ । केही समय पहिला देखि सञ्चालनमा आएको ज्ञान प्रसाद खनालको अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेसले , भीआइपी जीम हाउस सञ्चालन गरि सञ्चालनमा ल्याएका छन् ।
यति मात्रै होई केही बर्ष पहिला विद्यार्थीहरुको लागि नसिङ्ग, सिएमए लगायतका कृषि, पशु जेटिए अध्यापन गराउनको लागि स्थापना भएको देउराली जनता प्राविधिक शिक्षालयका सञ्चालक प्रकाश रानाले सोही स्थानमा एडमण्ड सिटी अस्पताल समेत स्थापना गरी सञ्चालन गरिरहेका छन् । जसको कारण पश्चिम क्षेत्रमा अस्पताल आउने विरामीहरुका लागि सहज भएको छ । यस्तै बेलवास पोलिक्लिन्क, नयाँ गाउँ पोलिक्लनिक सहित झोलुङ्ग पुल क्षेत्रमा स्थापना भएको ‘जीतगढी हेल्थ केयर’ले समेत सेवा दिएको छ ।
जीतगढीका स्थानीय तथा विश्लेषक ऋषि राम आचार्य(आजद)ले बुटवल १३ झेलुङ्गेपुलमा एकसेएक सुविधा थपिदै गएको बताउँछन् । ड्राइभिङ् सेन्टर स्थापना भएको बताउँदै उले एउटा बैंक सो क्षेत्रमा स्थापना हुनुपर्ने यसको लागि पहल भैरहेको बताउँछन् ।
पश्चिम बुटवलमा स्थापना भएका पाणिनी पार्क, बुटवल जियोलोजिकल पार्कले समेत त्यो क्षेत्रमा आन्तरिक पर्यटक तान्ने विश्लेषक आचार्यको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?