ट्रेंडिंग:

>> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ?
स्थानीय सरकार

पाल्पामा रैनादेवी छहरा उत्कृष्ट

२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

पाल्पा- पाल्पाको स्थानीयतह कार्यसम्पादन सूचकमा रैनादेवीछहरा गाउँपालिका जिल्लामा उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्रकृती तथा वित्त आगोगले विभिन्न १७ वटा सूचकमा गरेको कार्यसम्पादनमा पाल्पाका दश वटा गाउँपालिका मध्ये रैनादेवीछहरा गाउँपालिका सबैभन्दा उत्कृष्ट पालिका भएको हो ।
आगोगले विभिन्न १७ वटा सूचकहरुमा गरेको मुल्याङकनमा चालु आर्थिक बर्षको बजेट निर्धारित समयमै गाउँ तथा नगरसभामा पेश गरी अषार मसान्तभित्र पारित गरेको, स्थानीय सरकारले लिने घर जग्गा, विज्ञापन तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला गरेको, आगामी बर्षको लागी आय व्ययको विवरण संघिय अर्थमन्त्रालयमा पेश गरिसकेको, बजेट कार्यान्वयको विषयमा पारित गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरेको, अनुमानित राजश्व संकलन अनुसारको राजश्व संकलनको अवस्था, बेरुजुको अवस्था जस्ता सूचकहरु रहेका छन ।

यसैगरी वित्त आयोगले तोकेका अन्य सूचकहरुमा आवधिक योजना तर्जुमा, कक्षा १ देखी १० सम्म विधार्थी भर्ना, टिकाउ सिकाई उपलब्धीको अवस्था, ४ पटक सम्म गर्भजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था, दुई बर्ष सम्मका वालवालिकाको खोपको अवस्था, वित्त आयोगले तोकेको विषयबस्तु अनलाईमा अपडेट गरेको अवस्थाका विषयबस्तुमा मुल्याङकन गर्दा पाल्पामा रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट भएको हो । रैनादेवी छहरा गाउँपालिकाले १०० पुर्णाङ्कमा ७१.१७ अंक ल्याई पाल्पामा पहिलो भएको हो । पाल्पामा उत्कृष्ट नतिजा हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागी ६० लाख रुपैया समानिकरण अनुदान पाउने भएको छ ।
यसैगरी पुर्वखोला गाउँपालिका स्थानीयतह कार्यसम्पादनमा दोस्रो भएको छ । पुर्वखोलाले ६७.७९ अंक प्राप्त गरी ५७ लाख रुपैया अनुदान पाएको छ भने तेस्रोमा बगनासकाली गाउँपालिका भएको छ । बगनासकालीले ६४.४४ अंक प्राप्त गरी ५४ लाख रुपैया अनुदान पाउने भएको छ । निस्दी गाउँपालिकाले ५९.०९ अंक प्राप्त गरी ५० लाख रुपैया समानिकरण अनुदान पाउने भएको हो ।
वित्त आयोगले गरेको १७ सूचकको मुल्याङकनमा रम्भा गाउँपालिका पाचौ भएको छ । रम्भाले ५७.२८ अंक प्राप्त गरी ४८ लाख रुपैया अनुदान पाएको छ । तासेन नगरपालिका र रामपुर नगरपालिकाको अवस्था भने उस्तै उस्तै रहेको छ । रामपुरले ५६.८८ अंक र तानसेनले ५६.७६ अंक प्राप्त गरेका छन । दुबै नगरपालिकाले समानरुपमा ४८ लाख रुपैया अनुदान पाउने छन ।
माथाँगढी गाउँपालिकाले ५२.९३ अंक प्राप्त गरी ४५ लाख, रिव्दीकोटले ५०.०३ अंक प्राप्त गरी ४२ लाख र तिनाउँ गाउँपालिकाले ४८.६० अंक प्राप्त गरी ४१ लाख रुपैया अनुदानको लागी वित्त आयोगले नेपाल सरकार अर्थमन्त्रालय लाई सिफारिस गरेको छ ।
वित्त आयोगले निर्धारण गरेको १७ वटा सूचकहरुमा आधारित भएर गाउँपालिकाले काम गर्दै आएको सोही अनुसार जिल्लामा उत्कृष्ट अंक र अनुदान पाउदा नियम कानुन र जनताको पक्षमा काम भएको महशुस भएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए । आगामी बर्ष अहिलेको भन्दा अझै उत्कृष्ट अंक र अनुदान रकम बढाउने गरी काम गर्ने अध्यक्ष भट्टराईले बताए ।

वित्त आयोगले गरेको स्थानीयतह कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामै उत्कृष्ट हुन पाउदा हामी कर्मचारीहरुमा पनि काम गर्ने उर्जा थपिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । पालिकाका जनप्रतिनिधी, कर्मचारीहरु एक आपसमा समन्वय, सहकार्य, ऐन नियम कानुनमा आधारीत भएर काम गरेको कारण वित्त आयोगको स्थानीयतह कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएकोमा गर्व लागेको पालिकाका सूचना अधिकृत नारायण मल्लले बताए ।
वित्त आयोगले विभिन्न सूचकहरु निर्धारण गरी प्रदेश तथा स्थानीय सरकार लाई कार्यसम्पादन मुल्याङकन गर्ने, प्राप्त अंकको आधारमा विभिन्न शिर्षकमा बजेटको लागी संघिय तथा प्रदेश मन्त्रालयमा सिफारिस गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?