Butwal Today

कृषि पर्यटनको संभावना बोक्दै शितगंगामा ८ करोडको जंगल रिसोर्ट (फोटो फिचरसहित)

१९ चैत्र २०७९, आइतबार
अ+
अ-

बुटवल,१९ चैत ।

साहसिक मनोरन्जनात्मक खेल र कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अर्घाखांचीको शितगंगा नगरपालिकाको कुंडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ । २ जना कर्मचारी, १५ रोपनी जग्गा र ८० लाख लगानीबाट ३ बर्ष अघि सुरु भएको रिसोर्ट हाल सय रोपनी जग्गामा फैलिएर व्यवसायिकरुपमा सञ्चालनमा आएको हो । तराई र पहाडको संगम स्थल अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटेदेखि २ किलोमिटर माथि कुडुले भन्ने स्थानमा शान्त रमणीय स्थलमा आनन्दमय तरिकाले घुमघाम गर्नुका साथै विभिन्न अर्गानिक खानाका पारखीहरुलाई आफ्नै फार्ममा उत्पादित स्थानीय परिकारको स्वाद पस्कने लक्ष्य रहेको सञ्चालक नारायण भुसालले बताए ।

‘मुलुकको आर्थिक विकासको एक मात्र उपयुक्त माध्यम नै पर्यटन ब्यवसाय भएकाले कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने गरी रिर्सोटमा निकट भविष्यमा स्वीमिङ पुल फ्रिसिङ हाउस तथा बिभिन्न साहसिक खेलहरु थप गरी आनन्दमय तथा मनोरञ्जन स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएका छौ’–भुसालले भने–‘समूहगत रुपमा आउने अतिथिहरुका लागि प्रतिब्यक्ति प्रतिदिन दुई हजारदेखि ८ हजारसम्म ५ प्रकारका आकर्षक प्याकेजहरुको समेत ब्यवस्था छ ।’

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टमा जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे र नेपालमै पहिलोपटक स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड ), घोडचढी,
१० वटा वाताकुलित आवासीय कोठा र बाल उद्यान पनि रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए । आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरा पालन पनि गरेको रिसोर्टले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज संचालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा बिभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य लिएको छ ।

कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपंक्ष्ीा प्रा.लि.ले बजारीकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रकाश अर्यालले बताए ।