ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना
मुख्य खबर

ओझेलमा ‘सैनामैना देवी’

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, चैत – गुल्मी हरेवा गाबिस साबिक चन्द्रकोट गापाका टिका बहादुर थापा पाच वर्षको उमेरमा तराइ झरे । बुबाआमासंग तराई पस्दा रानीबगियादेखी डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक बनको छेउको जग्गा भोगचलन गरेर उनीहरु बसोबास गरे ।
साथीहरुसंग घर नजिकै सानो कोटमा वर्षदिनमा दशैमा पुजा गर्ने स्थल रहेको उनलाई स्मरण छ । साथिभाईहरु मिलेर उनिहरु त्यहा खेल्थे । ‘मौलामा पुजा गर्ने प्रचलन थियो ।’–उनले भने । देविको पहिचान हुने पथ्थरको मुर्तिमा पुजा गर्ने उनलाई स्मरण छ । उमेर बढ्दै जादा उनी आफ्नो अध्ययनसंगै भारतिय सेनामा भर्ति भएर बुबाको ईच्छा पूरा गरे । दुई जना दाजुभाई मध्ये कान्छा उनी १९८४ मा भर्ति भएका हुन ।

२८ वर्ष सेनामा बिताएर २०१२ मा सुबेदार पदमा रिटार्यड भएर स्वदेश फर्किए । केही समय गाउमा बसेका उनको मन सैनामैनामै आयो । उनी त्यहा आएर सामाजिक कार्यमा अग्रसर भए । आफनो ठाउमा रहेका पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिरको संरक्षण अघि बढाए । मन्दिर ब्यवस्थापन समितिको सचिव पदमा बसेर केही गरे । थोरै थोरै सहयोग रकम उठाएर मन्दिरको जिर्णोद्घारमा लागे ।
यसको ईतिहास खोजे । बाईसेचौबिसे राजाहरुको पालामा राज्य गर्ने एक राजाका दुई रानीहरु सैना र मैनाको नामबाट मन्दिर स्थापना भएको किवदन्ती छ । बिस्तारै यो क्षेत्रको पहिचान नै सैनामैना नामाकरण भयो । सामुहिक योगदानबाट मन्दिरको विकास अघि बढेको उनले बताए । सरकारीस्तरबाट कुनै सहयोग नमिलेको उनले दुखेसो गरे । प्रचारप्रसार नहुदा नेपालमा २२÷२४ राजाहरुको राज्य गर्दा दुई रानीहरु सैना र मैना अहिलेको सैनामैना नगरपालिकाको नामाकरण भएको अधिकासलाई थाहा हुन सकेको छैन । ‘नगरकै नामाकरण भएको ठाउकै पहिचान दिने मन्दिर ओभेलमा छ ।’–उनले भने । उनि हरियाली टोल विकास संस्थाका अध्यक्ष तथा सैनामैना देवि मन्दिर ब्यवस्थापन समितिका सचिव समेत रहेका छन । अस्थाई विद्युत खानेपानी ब्यवस्थापन, ट्वाईलेट, सेड निर्माण जस्ता कामहरु गरिएको छ । विदाको बेला पिकनिक खेल्न आउनेहरु समेत निमयित भित्रने गर्दछन ।

हरियाली टोलका लाल बहादुर कालामगर भार्सेगुल्मी भार्सेबाट तराई झरेका हुन । उनि १७ वर्षको उमेरमा बसाईबसाई गरेर परिवारसंगै यहा आए । उनि भारतिय सेवामा २०४२ सालमा भर्ति भए । १६ वर्ष सेनामा रहेका उनी फर्किएर सैनामैनामा आए । सैनामैना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष समेत रहेका उनी मन्दिरलाई संरक्षणमा लागेका छन । विशेष गरि चैते दशै र ठुलो दशैको अष्टमीमा टाढाटाढाबाट भक्तजनहरु पुजापाठका लागि आउने गर्दछन । यहाँ पुर्वाधार विकास हुन नसक्दा धेरै कठिनाई हुने गरेको उनले बताए । मन्दिर बिस २०२२ सालमा वर्तमान स्वरुपको निर्माण भएको उनी बताउछन ।

मन्दिरको धार्मिक महत्व रहेको उनी भन्दै गाउमै एकजनालाई सामाखामा गर्न भनेर लामा बकेर सैनामैना देवि उत्रेपछि पुजा शुरु गरिएको बताए । धेरैको भाकल पूरा हुने भएकाले पनि उनिहरु भाबल पूरा भएपछि मन्दिरमा आउने गर्दछन । ‘पंच भाकल गर्ने धेरै आउने गर्छन ।’– उनले भने । यो क्षेत्रमा अधिकास भर्तिको भाकल गर्ने आउने गर्दछन । चैत दशै र बडा दशैमा भाकल गर्ने र बलि चढाउने धेरै हुन्छन । बसोबासीको हिसाबले अधिकास गुल्मी र पाल्पाबाट बसाई सर्ने धेरै छन। सैनामैना मुर्धनी नामबाट चिनिने यो टोलमा १ सय १३ घरधुरी बसोबास गर्दछन ।

सैनामैना चक्रपथमा पर्ने यो मन्दिर क्षेत्रमा सडक बन्दै गर्दा थोरै भएपनि विकास हुनेमा स्थानियहरु आशाबादी देखिन्छन । सैनामैना देवि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर रानाले बुद्धकालिन महत्व बोकेका धेरै पर्यटकिय स्थलहरु रहेको नगरको एकिकृत विकासको योजना बनाउन सरकारको चासो दिनुपर्ने सुझाव दिन्छन । उत्तर क्षेत्रमा रानीकुवा, राजाकुवा, धार्मिक महत्वका धेरै मठमन्दिरहरु रहेको छन । मन्दिरको नजिकै सेनाको क्याम्प रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?