ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> एमाले मतगणनामा कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

शिथिल बनेको पर्यटन व्यवसाय उकास्न भैरहवामा सडक खाना महोत्सव हुँदै

१२ चैत्र २०७९, आइतबार
१२ चैत्र २०७९, आइतबार

भैरहवा, १२ चैत

नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते सडक खाना महोत्सव गर्न लागेको हो । कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीका कारण सिथिल बनेको पर्यटन व्यवसायलाई उकास्न सहयोग पुगोस् भन्ने हेतुले खाना महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले स्थानीय खाना, कलासंस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताएका छन् । यसअघि खाना महोत्सव सफलतापूर्वक सम्पन्न गरेको संगठनले यसपटक स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकलाई आकर्षित गर्ने गरी महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

संगठनका अध्यक्ष पिताम्बर न्यौपाने (बिष्णु) ले खाना महोत्सवमा स्थानीयदेखि तारे होटलसम्मका खानाका परिकार पस्किने बताए । ‘सडक खाना महोत्सवमा स्थानीय थारु, नेवारी, मगर, गुरुङसँगै साना रेष्टुरेन्ट र ठुला होटलका स्वाद सडकमै लिन पाइने छ’, उनले भने, ‘स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहेन भएकाले हामीले चैत ३० गते सबै रुपन्देहीबासी, छिमेकी जिल्ला लगायतका आन्तरिक पर्यटकलाई भैरहवा आएर रमाउन आग्रह गर्दछौं ।’

उनले विगतमा जस्तै यस वर्ष पनि खाना महोत्सवलाई निरन्तरता दिई भैरहवालाई गुल्जार बनाउने प्रयास गरिएको बताए । भैरहवास्थित देवकोटा चोकदेखि बसपार्कसम्मको सडकखण्डमा हुने कार्यक्रममा नेपालीसँगै भारतीय पर्यटक अत्यधिक आउने विश्वास आयोजकको छ । ‘नयाँ वर्ष २०८० को अवसरमा खुसियाली साटासाट गर्ने, रमाइलो वातावरण सिर्जना गर्ने र एक छाक पूरै परिवारले सडकमै खाने, सडकमै रमाउने भनेर यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘यस कार्यक्रमबाट कोभिड– १९ ले थला परेको पर्यटन व्यवसाय र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पुग्ने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमा बनाउने कार्य गर्दछ भन्ने विश्वास लिइएको छ ।’

सिद्धार्थ सडक खाना महोत्सवले सांस्कृतिक परम्पराको जगेर्ना गर्दै नयाँ वर्षको उत्सव प्रत्येक वर्ष भैरहवामा हुन्छ है भन्ने सन्देशसमेत प्रवाह गर्ने जनाइएको छ । ‘यस्ता खालका कार्यक्रमहरूले भैरहवा क्षेत्रमा आउने पर्यटकहरुलाई बढाउन मद्दत गर्ने छ । साथै हाम्रो सामाजिक र सांस्कृतिक परम्परामा सम्पूर्ण आमसमुदायहरुलाई जोड्ने काम पनि हुनेछ’, न्यौपानेले भने ।

चैत ३० गते बेलुका ५ बजेदेखि राति १२ बजेसम्म संचालन हुने सडक खाना महोत्सवमा मुलुकभरबाट आन्तरिक र बाह्य मुलुकका पनि पर्यटक अत्यधिक आउने विश्वास गरिएको छ । महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष न्यौपानेले बता । महोत्सवमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । एक सय खानाका स्टल रहने महोत्सवले भैरहवालाई पुन्र्उत्थान गर्ने गर्ने अपेक्षा छ ।

पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, लुम्बिनी पप्रेस क्लब अध्यक्ष सम्झना शर्मा, संगठनका महासचिव राजेश महत्राले स्थान अभावमा यस्ता महोत्सव गर्न समस्या भइरहेको जनाउँदै स्थानीय, प्रदेश सरकारले ठाउँ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनीहरुले खाना महोत्सवले भैरहवा क्षेत्रको पर्यटक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?