ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
कला वार्ता

लुकेको प्रतिभा फुकाउने मञ्च बनाएका छौं

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

राजिव खनाल
प्रबन्ध निर्देशक, नेक्स्ट रिभोलुसन नेपाल
मिस बेष्ट्रन नेपालको शनिबार होटल फ्लामिङगोमा फिनालेको आवश्यक तयारी पूरा भएको छ । मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईचीका रुपमा नेक्स्ट रिभोलुसन नेपालले पाचौ संस्करणको प्रतियोगिताको तयारी पुरा गरेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित ९ जना अन्तिम सहभागीहरु दुई हप्तासम्म योगा प्रशिक्षक निश्चल ईन्द्रायणी, राजिव खनाल, गोपाल अधिकारी, छबि शर्मा, समुन्द्र घिमिरे जिसिबाट तालिम लिएर फिनालेको चरणमा पुगेका छन । तिलोत्तमा नगरपालिकाका बिनिता भट्टराई, बुटवलका ममता घिमिरे, बुटवल निशा पाण्डे, सबिता बेलबासे, तिलोत्तमाका करुणा काफ्ले, सैनामैना अफसना सुनार, सैनामैना कृष्णा माहोत्रा, सिद्धार्थनगरकी मनिषा चौधरी, सैनामैनाकी अजिता रेग्मी अन्तिम ९ प्रतियोगी हुन ।
यसै विषयमा नेक्स्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजिव खनालसंग बुटवल टुडेकर्मी स्वस्तिक श्रेष्ठले गरेको कुराकानी ।

मिस बेष्ट्रन नेपाल आयोजनाको मुख्य उद्येश्य के हो ?
सन २०१८ बाट यो क्षेत्रमा हामीले पहिलो प्रतियोगिता गरेका थियौ । पाचौ संस्करणमा आईपुग्दा हामीले धेरैलाई प्लेटफर्म दिन सफल भएका छौ । वास्तवमै महिला शसक्तिकरण कुरा गर्नेभन्दा पनि ब्यवहारमा उतार्न जरुरी छ । संस्थागत रुपमा हामीले पाचौ संस्करणसम्म आईपुग्दा धेरै युवाहरुलाई उनिहरुको लक्ष्य देखाउन सफल भएका छौ । मिस बेष्ट्रन नेपाल युवा उमेरमा समाज चिनाउने, उनिहरुको चाहना, भावना बुझ्ने बुझाउने र भविष्य उनिहरु के बन्न चाहन्छन त्यसबारे दिशानिर्देश गर्ने महत्वपूर्ण कार्यक्रम हो । लिगको आधारमा हुने विभेदलाई अन्त्य गर्न महिलाहरुको क्षमता विकासमा जोड दिनुपर्छ । अझ भन्नुपर्दा यो कार्यक्रम उनिहरुलाई बाहिरी सुन्दरतासंगै उनिहरुको लुकेको प्रतिभा र क्षमता प्रस्फुटन गराउने मंच हो ।

यसमा सहभागीहरुले के कस्ता क्षमता विकासमा सहभागी हुन्छन ?
सुन्दरी प्रतियोगिताको बारेमा कुनै बेला नकारात्मक टिकाटिप्पणी हुने गरेको थियो । समाज बदलिएको छ । आज यो युवाहरुलाई एउटा उपयोगी प्लटफर्मका रुपमा रहेको छ । महिलाको सुन्दरतालाई मात्र हेर्ने नभई बौद्धिकता समेत मापन गर्ने रुपमा यो प्रतियोगिता बनेको छ । सहभागीहरुलाई दक्ष प्रशिक्षकहरुबाट नेतृत्व विकास, समाजमा आफनो मनका कुरा पोख्न सक्ने आत्मविश्वास बढाउने तालिम, जिवनमा सकारात्मक परिवर्तन ल्याउन उपयोगी हुने क्षमता विकासका अवसरका साथै सुचना प्रविधिको उपयोग र दुरुपयोग रोक्ने विषयमा ज्ञान दिएका छौ । क्लोज क्याम्पमा योगा, नेतृत्व तालिम, बजारीकरण, फोटो र भिडियो सुट, युवा उद्यमी सम्बन्धि तालिम उनिहरुलाई दिईएको छ । समाज रहेका विसंगति, बेतिथिहरुका बिरुद्ध आवाज उठाउन सक्ने गरि हामीले उनिहरुलाई तयार गर्दछौ ।

उपाधि विजेताले के उपलब्धि प्राप्त गर्नेछन ?
यो प्रतियोगिताको फिनालेमा विजेता एक जनाले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने छ । ब्यक्तिगत प्रतिस्प्रर्धामात्र नभई समुहगत विकास र समन्वय विकास गराउन र जीवन जिउन सिकाउन सफल भएका छौ । सन २०१८ बाट यो क्षेत्रमा वर्षेनी गरिएको प्रतियोगिताबाट दर्जनौ सहभागीहरुलाई विभिन्न क्षेत्रमा सफलता दिलाउन सफल भएका छौ । यस क्षेत्रबाट प्रतिनिधित्व गरेका सहभागीले मिस नेपालमा टप १२ सम्म पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?