ट्रेंडिंग:

>> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ

कपिलवस्तुमा ९ सय नयाँ क्षयरोगका विरामी

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

कपिलवस्तु(बुटवल टुडे) चैत – कपिलवस्तु जिल्लामा गत आर्थिक बर्ष २०७८/७९ मा कपिलवस्तु जिल्लामा ९ सय नयाँ क्षयरोगका बिरामी पत्ता लागेका छन । बिश्व क्षयरोग दिवशका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार अन्तरक्रियामा सो जानकारी दिईएको हो ।
जिल्लामा नयाँ क्षयरोगी पत्ता लाग्ने दर प्रति लाख १ सय ३० दशमलव ६ जना रहेको जिल्लाको क्षयरोग बारेको तथ्याङ्क प्रस्तुत गर्दै कपिलवस्तु नगरपालिकाका सिनियर अहेब (अधिकृत) सिद्धार्थकाजी बज्राचार्यले जानकारी दिए । अघिल्लो आवमा नयाँ क्षयरोगी प्रतिलाख ९४ जना भेटिए पनि गत आवमा सो तथ्याङ्क करिब १ सय ३१ पुग्नुले पत्ता लाग्ने दरमा सुधार आएको देखिन्छ । तर, राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०७६ ले नेपालमा प्रत्यक बर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको र समुदायमा देशै भर नयाँ तथा पुरानो बिरामीको संख्या १ लाख १७ रहेको आकलन गरेको छ । सो तथ्याङ्क अनुसार प्रतिलाख २ सय ४५ जना नयाँ क्षयरोगी भेटिनु पर्ने लक्ष्यमा जिल्लामा भने पत्ता लाग्ने दर राष्ट्रिय लक्ष्यको आधा देखिन्छ । त्यसै गरि चालु आर्थिक बर्षको ६ महिनामा जिल्लामा ४ सय २ जना नयाँ क्षयरोगका बिरामी भेटिएको जनाईएको छ । जुन प्रति १ लाख जनसंख्यामा ५७ दशमलव २ जना हो । गत बर्ष जिल्लामा भेटिएका क्षयरोगका नयाँ बिरामी मध्य ७९ प्रतिशत बिरामीमा फोक्सोको क्षयरोग देखिएको बज्राचार्यले जानकारी दिए ।

जिल्लामा गत बर्ष पत्ता लागेका नयाँ क्षयरोगका बिरामी मध्य ६ दशमलव ४५ प्रतिशत १४ बर्ष मुनीका बालबालिका छन । त्यसै गरि जिल्लामा प्रति एक पुरुष बराबर शुन्य दशमलव ६३ जना महिला नयाँ क्षयरोगी भेटिएका छन । जिल्लाको क्षयरोगीको उपचार सफलतादर ८७ दशमलव ३७ प्रतिशत रहेको, ६ दशमलव ८९ प्रतिशतको क्षयरोगले मृत्यु भएको र १ दशमलव १९ प्रतिशतलाई औषधीले काम नगरेको अन्तरक्रियामा जानकारी दिईएको थियो । गत बर्ष फेला परेका नयाँ क्षयरोगी मध्य सबै भन्दा बढि १ सय ७४ जना बाणगंगा नगरपालिका, १ सय २२ जना कपिलवस्तु नगरपालिका र १ सय १२ जना कृष्णनगर नगरपालिकाका बिरामी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । क्षयरोग निवारणको कार्य अगाडी बढाउनका लागी जिल्ला भित्रका सम्पुर्ण स्वास्थ्य संस्थामा निशुल्क उपचार दिईएको, फेरी औषधी शुरु गरेका क्षयरोगीलाई ६ महिना सम्म मासिक ५ सय पोषण खर्च दिईएको, खकार कुरियर सेवा सँगै माईक्रसकोपिक क्याम्प सञ्चालन गरिदै आएको र सचेतनाका कार्यक्रम सञ्चालन हुदै आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य निरिक्षक उमेश घिमिरेले जानकारी दिए ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतले क्षयरोग निवारणका लागी उपचारमा पहुँच पुर्याउन सचेतना कार्यक्रम अगाडी बढाउनु पर्नेमा जोड दिए । सरकारले सन् २०५० सम्म क्षयरोग निवारण (१० लाख जनसंख्यामा १ जना भन्दा कम) बिरामी हुने दर र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोगी क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा नरहन दिने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?