ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
टुडे खेल वार्ता

‘खेलको प्रशिक्षणसँगै रणनिति तयारीमा जुटनेछौं’

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

रोहित पौडेल
क्याप्टेन, राष्ट्यि क्रिकेट टिम, नेपाल

नेपालको क्रिकेट इतिहासमा सबैभन्दा सानो उमेरमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै रेकर्ड कायम राखेका कप्तान हुन रोहित कुमार पौडेल । २० वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व लिएका उनी हालसम्मका सर्वाधिक सफल कप्तान समेत हुन । आफ्नो नेतृत्वमा नेपालले खेलेको १९ वटा अन्तराष्ट्रिय एक दिवसिय खेलमा १३ जित निकालेका छन भने एउटा खेल नतिजा विहिन भएको थियो । भर्खरै सम्पन्न पि एन जि, यु ए इ र नेपाल सम्मिलित लिग २ क्रिकेट अन्तर्गत १२ खेलमा ११ जित निकाल्दै नेपालले सफलता प्राप्त गरेको थियो । विश्वकप क्वालिफायरमा छनौट भएसँगै नेपाली क्रिकेटको चर्चा विश्वभर भइरहेको छ । उनै सफल कप्तान रोहित कुमार पौडेलसँग बुटवल टुडेकर्मी प्रमोद अर्यालले गरेको कुराकानीको सम्पादित अंश ।

लिग २ क्रिकेटमा लगातारको जित हासिल गर्दै नेपाली क्रिकेटलाई एउटा उँचाइमा पु¥याउनु भएको छ । कस्तो अनुभूती भइरहेको छ ?
लिग प्रतियोगिताको अन्तिम चरणको खेल सुरु भइरहँदा र विगतका नतिजालाई हेर्दा एकदिवसिय मान्यता जोगाउन र क्वालिफायर मा पुग्न अंकतालिकाको आधारमा निकै परिश्रम गर्नुपर्ने अवस्था थियो । ओडिआइ मान्यता जोगाउन र क्वालिफायर्स खेल्न नेपालको सम्भावना करिव सुन्य जस्तै नै थियो तर एकपछि अर्को जित हासिल गर्दै गएपछि खेलाडीहरुमा मनोवल उच्च हुँदै गयो, प्रशिक्षकको रणनिति, समर्थकबाट पाएको हौसला र खेलाडीको मेहनतले हामीले दुबै अवस्थाको लागि सकारात्मक नतिजा प्राप्त गर्न सक्यौैँ, देश अन्तराष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता तर्फ अघि बढदै गर्दा धेरै खुसी छौँ । अव थप जिम्मेवारी छ, देशलाई विश्वकपमा पु¥याउने, त्यसैको लागि तयारी सुरु हुँदैछ ।

नेपाल विश्वकप प्रतियोगिता खेल्नबाट अव एक कदम मात्र पछि छ, तयारी कसरी भइरहेको छ ?
हामी विश्वकप क्वालिफायर्समा छनौट भइसकेपछि अव सोहि प्रतियोगिताको तयारीमा जुटनु छ । लामो समय लिग प्रतियोगिताको लागि ब्यस्त भयौँ र नतिजा पनि आइसकेको छ । अहिले केहि दिनको लागि खेलाडीहरु पारिवारिक भेटघाट र केहि रिफ्रेसको लागि क्याम्प बाहिर छौँ अव लगत्तै हामी क्लोज क्याम्पमा प्रशिक्षणमा जुटछौँ । नियमित प्रशिक्षण, खेलको रणनितिसँगै तयारीमा जुटने छौँ । हामीलाई विगतको प्रतियोगितामा पाएको सफलताले हौसला बढेको छ, आशा छ हामी विश्वकपमा पुग्नेछौँ ।

विश्वकप क्वालिफायरमा नेपालले तुलनात्मक बलिया राष्ट्रहरुसँग प्रतिष्पर्धा गर्दै छ, नेपाल विश्वकपमा छनौट हुने आधारहरु के के देख्नुभएको छ?
प्रमुख आधार भनेको पछिल्लो समय प्राप्त नतिजा नै हो । हामी पछिल्लो खेलहरुमा ब्याटिङ्ग, बलिङ्ग दुबै सफलता पाएका छौँ । अर्को आधार युवा खेलाडीहरु फर्ममा हुनु र नियमित सफलता र अभ्यासले गर्दा खेलाडीहरुमा पनि निकै आत्मविश्वास जागेको छ । भर्खरै सम्पन्न लिगमा एक सय भन्दा कम रनमा विपक्षिलाई रोकेर बलिङ्ग बलियो भएको प्रमाणित गरेका छौँ भने २ सय ७०÷८० बढिको रन चेज गरेर ब्याटिङ्ग क्षमता समेत देखाएका छौँ । फिल्डिङ्गमा पनि सुधार छ, यिनै कारणले गर्दा पनि हामी विश्वकपमा पुग्छौँ भन्नेमा विश्वस्त छौँ ।

नेपाली टोलीको बलियो पक्ष र कमजोर पक्ष के के छन ? कसरी ब्यवस्थापन गर्नु भएको छ ?
पछिल्लो समय हाम्रो टिम तिन वटै पक्षमा बलियो देखिएको छ, जुन भर्खरै सम्पन्न लिगले प्रमाणित गरेको छ । विपक्षिलाई दुइ अंकको स्कोरमा समेटनु, ५ भन्दा माथी रनरेट आवश्यक हुँदा चेज गर्नुले टिम बलियो छ तथापी टेष्ट प्लेइङ्ग नेशनसँग खेल्नु पक्कै पनि चुनौतीपूर्ण हुन्छ । चुनौतीको सामना गर्न कोच र कप्तानले रणनिती बनाउने गर्दछन सोहि रणनिती अनुसार हामी अघि बढनेछौँ । पछिल्लो समय सुरुवाती ब्याटर नचल्दा मध्यक्रम, मध्यक्रम पनि धरमराउँदा पुछारका ब्याटरहरुले खेल जिताएका छन, ब्याटर नचल्दा बलर चलेका छन यसले पनि टिम सन्तुलित छ भन्न सकिन्छ ।

क्रिकेटको विकासको लागि सरकार र सरोकारवालाको कस्तो सहयोग छ ? के गर्नुपर्छ ?
नेपाली क्रिकेटमा सबैभन्दा ठूलो समस्या भनेकै भौतिक पूर्वाधार हो । यति ठूला ठूला प्रतियोगिता आयोजना भइरहेका छन स्तरिय रगशाला छैन । सबैभन्दा पहिले भौतिक पूर्वाधार हुनुपर्छ साथसाथै खेलाडीहरु पनि खेलेर जिवन धानिन्छ भन्ने अवस्था छैन । सरकार÷क्यानले आफ्नो तर्फबाट खेलाडीहरुलाई केहि पारिश्रमिक त दिएको छ तर अन्य देशको खेलाडिको तुलनामा अत्यन्तै न्युन छ । खेलेर पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने अवस्था छैन ।
नेपालमा क्रिकेटको क्रेज निकै बढेको छ, युएइ विरुद्धको खेल हेर्न हाम्रा शुभचिन्तक समर्थक रुखको टुप्पोसम्म पुग्नुभयो र हामीलाइ हौसला दिइरहनु भयो यदि स्तरिय रगशाला भएको भए दर्शकलाई पनि सुविधा हुनेथियो र ज्यानै जोखिममा राख्नुपर्ने अवस्था आउने थिएन । आगामी दिनमा पूर्वाधार निर्माणमा कदम चालियोस र खेलाडीलाई पनि आर्थिक रुपमा सवल बनाउनेतर्फ ध्यान पुगोस भन्न चाहन्छु ।

अन्त्यमा…..क्रिकेटलाई माया गरिदिनुहोस् । सरकार, क्यान र खेलकुदसँग सरोकार राख्ने सबैले माया गर्नुभयो भने नेपाली क्रिकेट अझै उचाईमा पुग्न सक्छ, विशेष धन्यवाद आम क्रिकेट प्रेमीहरुलाई दिन चाहान्छु, हामी विश्वकप यात्रामा छौँ यति सफलता दिलाउन हाम्रा शुभचिन्तक, खेलाडी साथी, लगायत सबैको उत्तिकै योगदान छ । अवको लक्ष्य विश्वकप हो, विश्वकप यात्राको लागि सबैले आफ्नो आफ्नो ठाँउबाट योगदान गरौँ भन्न चाहन्छु ।
ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?