ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट उपाधि वडा नम्बर ५ लाई

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

बुटवल(बुटवल टुडे) चैत ।
ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ले जितेको छ ।
बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडा स्थित खेलमैदानमा सम्पन्न फाईनलमा ओमसतिया गाउँपालिका वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै अध्यक्ष कपको पहिलो शंस्करण जितेको हो ।
टस जितेर वार्डनम्बर ५ले क्षेत्र रक्षण(फिल्डींग) गर्ने निर्णय गरेको थियो । उस्ले जितका लागि पाएको ११५ रनको लक्ष्यलाई निर्धारीत १५ ओभरको खेलमा अन्तिम बल बाकी छदा १ विकेटको रोमाञ् चक जित निकाल्दै उपाधि चुमेको हो।
वडा नम्बर ५ ले उपाधि सहित ६० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर २ले ३० हजार रुपैया र ट्रफी प्राप्त गरेका छन् ।
वडा नम्बर ५ को जितमा बिजय यादवले सर्बाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरीजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए ।
बलिंगमा वडा नम्बर २ का तुल बहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २।२ विकेट लिएका थिए । यस अघि टस हारेर ब्याटिंग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारीत १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जस्मा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुल बहादुर थापाले १८, गोबिन्द मल्लाहले १३ रन बनाएका थिए । बलिंगमा वडा नम्बर ५ का सुनिल चौधरी, बिजय यादव, सन्तोष शाहनीले समान २।२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले एक एक विकेट लिएका थिए ।
फाईनल खेलमा म्यान आफ द फाईनल वडा नम्बर ५ का बिजय यादव भए । अनुशासित टिमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टिम एले प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा म्यान अफ द सिरीजको ५ हजार रुपैया सहितको उपाधि वडा नम्बर २का तुल बहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैया सहितको उत्कृष्ट क्षेत्ररक्षण(फिल्डींग) पुरस्कार, तुल बहादुर थापाले ३ हजार रुपैया राशीको उत्कृष्ट ब्याटसम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैया राशीको उत्कृष्ट बलर घोषित भई पुरस्कार प्राप्त गरे । प्रतियोगितामा लगातार तिन छक्का प्रहार गर्ने खेलाडीहरु तुल बहादुर थापा ५ पटक(वडा २), लाल बहादुर अधिकारी २ पटक(वडा १), बिजय यादव १ पटक तथा हैट्रिक विकेट,( वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक( वडा ३), सन्जय धवल २ पटक(वडा ३)ले प्रति हैट्रिक छक्का ५ सयका दरले पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले क्याच समात्ने दर्शकहरु पनि जनही २ सय रुपैया पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य(४ पटक), उपेन्द्र यादव(१ पटक),सुरेन्द्र यादव (१ पटक) छन् ।
बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जीत कुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्र्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक सस्था द राईजिंग क्लव अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता लगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिंग क्लव अफ बर्दिहवाको आयोजनामा चैत्र १ गते बाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टिम सहित सवै ६ वार्डका गरी ८ टिमको सहभागिता रहेको आयोजक सस्थाका अध्यक्ष गुप्ताले बताए ।
समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेट सहित अन्य खेल गतिबिधीलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफनै क्रिकेट टिम बनाईने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरी पोखरेलले सभ्य एवं भब्य तरीकामा क्रिकेट सम्पन्न भएको र खेलाडीले अवसर पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?