ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ
मुख्य खबर

नगरपालिकाको जोड बल: फ्युज सेवा कार्यालय भत्काएर मिलन केन्द्र

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),  चैत ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विधुत फ्यूज सेवाको कार्यालय भवन भत्काएर मिलन केन्द्र निर्माण कार्य सुरु गरेको छ । सरकारको नाममा रहेको जग्गा भोगचलन गर्न भनी विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरलाई दिइएको छ । विद्युत प्राधिकरणले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिएको फ्यूज सेवा कार्यालय भवनमा जेसीबी लगाएर नगरपालिकाले भत्काएको छ ।
नगरपालिकाले जानकारी बिना जबरजस्ती विद्युतको भवन भत्काएर बाँकी केही जग्गा समेत कब्जा गरेर मिलन केन्द्र निर्माण कार्यमा जुटेको विद्युत कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर ९ बहादुरगञ्ज (साविक गाविस बहादुरगञ्ज वडा नम्बर ३) मा रहेको विद्युत फ्यूज सेवा कार्यालयको भवन भत्काइएको जनाइएको छ ।
सरकारले २०५३ सालमा विद्युत प्राधिकरणलाई उक्त जग्गा उपलब्ध गराएको थियोे । विद्युत प्राधिकरणले भोगचलन गर्दै जग्गा नगरपालिकाले प्रयोग गर्न नपाउने दाबी गरेको छ । निर्माण भइरहेको मिलन केन्द्रलाई रोक्नुपर्ने भन्दै विद्युत प्राधिकरणले सम्बन्धित निकायमा पत्रचारसमेत गरेको छ ।
कित्ता नम्बर १५१ र १५२ को १२ कठ्ठा १० धुर जग्गा विद्युत प्राधिकरण वितरण केन्द्रलाई प्राप्त भएको विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख सुशिल पौडेलले बताए । सरकारले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरलाई जग्गा उपलब्ध गराएको उनले जनाए । प्रमुख पौडेलले भने ः “विगतमा शाह परिवारले गरेको योगदानलाई स्मरण गर्दै समन्वय कारी भूमिका खेल्नुको सातो यस्तो घटना हुनु दुःखद हो ।“
नगरले भवन भत्काएपछि सेवाग्राहीहरुलाई सास्ती खेप्नु परेको छ । नगरले भवनको केही भाग भत्काएपछि विद्युत कर्मचारीले कोठाभित्र बस्न समेत डराउनुपर्ने अवस्था आएको छ । जेसीबीले भवन भत्काउँदा भित्ता र छत समेत चर्किएको देखिन्छ । यसरी भवन चर्किएपछि कोठाभित्र बस्न कर्मचारीहरुले डर लागिरहेको एक कर्मचारीले बताए । उनले कार्यालयमा भएका सम्पूर्ण समानहरु तितरबितर भएको बताउँदै कार्य सम्पादनमा समेत समस्या सिर्जना भएको उनको भनाइ छ । प्रमुख पौडेलका अनुसार यस क्षेत्रका आम नागरिकलाई प्रदान गर्दै आएको फ्यूज सेवा कार्यालय नहुँदा सेवाग्राही मारमा परेका छन् ।
यता कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले स्थानीय सरकारको अधिनमा पर्ने भएकोले नगरले उक्त स्थानमा केन्द्र निर्माण गरिरहेको दाबी गरेका छन् । चित्त नबुझे विद्युत प्राधिकरणले सम्बन्धित निकायमा गएर आवश्यक पहल गरेर बुझ्न सक्ने बताए । नगरकै हक अधिकारभित्र उक्त जग्गा पर्ने हुँदा नगरले प्रयोग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?