Butwal Today

भैरहवा क्याम्पसमा मतगणना जारी, अनेरास्ववियु अगाडि

९ चैत्र २०७९, बिहीबार
अ+
अ-

बुटवल, ९ चैत ।

भैरहवा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको अहिले मतगणना भैरहेको छ । जारी मतगणनामा अनेरास्ववियुले अग्रता लिइरहेको छ ।

अहिलेसम्म ९ सय मत गणना भएकोमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सागर न्यौपाने ७० मतले अगाडि छन् । उनलाई राप्रपा र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मनिष ढकालले पछ्याइरहेका छन् ।

आज दिउँसोसम्म परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।