ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
खबर

तिलोत्तमा गोल्ड कपमा रेफ्री बिबाद चरम उत्कर्षमा

दुई पदाधिकारीसहित ४ जना रेफ्रीको राजिनामा
९ चैत्र २०७९, बिहीबार
९ चैत्र २०७९, बिहीबार

बुटवल, ८ चैत- रुपन्देहीमा जारी २२ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता चलिरहदा विवाद र असन्तुष्टिहरु देखिएका छन । सामाजिक संजालदेखि मैदानमा दर्शकका असन्तुष्टिहरु पोखिने क्रममा छ । मोफसलमा सर्वाधिक धनराशी र प्रतिष्ठित फुटबल प्रतियोगिता प्रचार गरेपनि आयोजनाका क्रममा धेरै त्रुटिहरु देखिए । यसैको एउटा पाटो रेफ्री पनि बनेको छ । प्रतियोगिता जिल्लाका टप फाईभ रेफ्रीबाट खेल खेलाउने निर्णय कार्यसमितिमा छलफल नगरि भएको भन्दै रुपन्देही रेफ्री संघका २ जना पदाधिकारी र २ जना कार्यसमिति सदस्यहरुले मंगलबार लिखित राजीनामा दिएका छन । संघका उपाध्यक्ष प्रकाश नवाङ, सचिव रुपेन्द्र गुरुङ, कार्यसमिति सदस्य सुजु घले र बबि छन्त्याल राजीनामा दिएका हुन ।

प्रतियोगिताको तयारीकै क्रममा चैत ३ गते आयोजक रुपन्देही जिल्ला फुटबल संघले मिटिङ डाकेर प्रतियोगिता खेलाउन फिफा रेफ्री ल्याउने कुरा जानकारी रेफ्री संघमा भएको थियो । केहीसमयपछि यो निर्णय रोकेर २ जना राष्ट्रिय रेफ्री ल्याउने र थप यहाका रेफ्रीहरुलाई अवसर दिने भनिएको थियो । आर्मीका राष्ट्रिय रेफ्री विश्वास कार्की र उमेश बिडारीलाई खबर समेत गरियो । उनिहरुले बिदा मिलाएर आउने तयारी गरिसकेपछि भने एकाएक अन्तमा क्यान्सील गरेर स्थानिय जिल्लाकै टप पाच रेफ्रीबाट खेलाउने भनेपनि नाम गोप्य राखिएको थियो । यसक्रममा संघमा निर्णय नगरी टप फाईभ रेफ्रीमा आफुहरु पारेर खेल खेलाएको भन्दै अन्य रेफ्रीहरु बिबादमा उत्रेका हुन । रुपन्देहीमा बेसिक पास गर्ने क्रममा एक पटक फिटनेश पास गरेका बाहेक दोस्रो पटक फिटनेश पास गर्ने रेफ्री औलामा गन्न मिल्ने छन । बिसं २०७१ मा राष्ट्रिय रेफ्री बनेका अमर पुन जिल्लाको प्रतिनिधित्व गर्दै ४ पटक फिटनेश पास गरेका छन । उनिबाहेक जिल्लामा दुई पटक फिटनेश पास गरेका एउटै रेफ्री नरहेको उनले दाबी छ । यसैगरि संघका सचिव रुपेन्द्र गुरुङ पनि फिटमा पर्छन । प्रतियोगिता खेलाउन राखिएको टप फाईभ जिल्लाका रेफ्रीको छनौट गलत रहेको भन्दै उनिहरुले राजिनामा दिनुपरेको गुनासो गरे ।

आईतबार भएको हिमालयन शेर्पा र थ्रि स्टार क्लब बिचको खेलमा केही समय बिबाद भयो । हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रि ज्ञान बहादुर थापाबाट सन्तोषजनक खेल खेलाउन नसकेको पोष्ट प्रेस मिटमा भने । डिबक्सभित्र खेलाडी लडाउदा पेनाल्टी दिनुपर्नेमा नदिदा आफुहरु पराजित भएको उनको असन्तुष्टी थियो ।
सोमबारको भएको शसस्त्र प्रहरी बल एपीएफ क्लब र फ्रेन्ड्स क्लब बिचको खेलमा पनि केहीबेर बिबाद भयो । रेफ्री रिपेश शाक्यले दोस्रो हाफमा एपीएफबाट गोल गरिसकेपछि अफसाईड घोषणा हुदा खेलाडीहरु भनाभनमा उत्रेका थिए । टफ म्याचमा रेफ्रीको निर्णय महत्वपूर्ण हुने गर्दछ । केही समय पहिले पाल्पामा भएको श्रीनगर गोल्डकप खेलाउने क्रममा रिपेन शाक्यको बिबादित निर्णयकै कारण काठमाण्डौको टिम खेल छोडेको थियो । एपीएफ र काठमाण्डौको बिच भएको खेलमा अफ साईड गोलको विषयमा बिबाद बढेपछि अर्का रेफ्री कमल गुरुङलाई धक्काधक्की गरेर लामो बिबाद गरि खेल छोडेका थिए ।
फिटनेश फेल भएका खेलाडीहरु नै जिल्लाका टप फाईभमा पर्दा क्षमतावान रेफ्रीहरु भने ओझेलमा पर्ने अवस्था आएको छ । जिल्ला रेफ्री संघमा ११ सदस्यीय कार्यसमिति रहेको छ । जसमा अध्यक्ष ज्ञान बहादुर थापा हुन । यसमध्ये ब्याच होल्डर रेफ्रीहरु छबि मल्ल, नबिन दलार्मी, पर्वत बिक, लक्की गुरुङ, सनी थापा लगायत बैदेशिक रोजगारमा रहेका छन । जिल्लामा २१ जना रेफ्रीहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?