ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
मुख्य खबर

यसरी भारतमा ‘विलाइन्’ २३ बर्षिय चम्पा

चण्डीगढ स्थित भारतीय एकता समाज, वेलफर सोसाइटी लगायत संघसंस्थाले घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै आशंका गरिएको छ । पीडितलाई न्याय र दोषीलाई कारवाहीको माग समेत गरेका छन् । नेपाली र स्थानीयले समेत शुक्रबार, शनिबार पंचकुला थाना घेराउ गरेका थिए ।
७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), ६ चैत ।- भारतको चण्डिगढमा नेपाली युवतीको रहस्यमय शव फेला परेको छ । जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर–६, गणेशपुरकी युवतीको चण्डिगढ हरियणामा बिहीबार फेला परेको हो । उनको मृत्यु रहस्यमय भएको जनाइएको छ ।
पारिवारिक स्रोतका अनुसार गत २ गते बिहीबार बिहान १०ः ३० बजे खाजा खाएर नुहाउन बाथरुम गएकी चम्पा गन्धर्व झन्डै डेढ/दुई घण्टापछि शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । नुहाउन गएकी उनी धेरैबेरसम्म बाहिर ननिस्कएपछि सोही घरमा काम गर्ने उनकी साथी कमलाले प्रहरीलाई खबर गरेकी थिइन् । पंचकुला स्थित प्रहरीले आफन्तजनको अनुमति बिना ढोका फोरेर हेर्दा मुखबाट रगत बगेको र घाँटीमा चुन्नीले बेरिएको अवस्थामा शव फेला परेको उनले आफै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।

उता चण्डीगढ स्थित भारतीय एकता समाज, वेलफर सोसाइटी लगायत संघसंस्थाले घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै आशंका गरिएको छ । पीडितलाई न्याय र दोषीलाई कारवाहीको माग समेत गरेका छन् । नेपाली र स्थानीयले समेत शुक्रबार, शनिबार पंचकुला थाना घेराउ गरेका थिए ।
दुई दिनसम्म धर्ना, घेराउ पश्चात् चम्पाको शवलाई त्यहाँको नागरिक अस्पतालमा राखिएको छ । दोषीलाई प्रहरीको निगरानीमा राखिएको बताइएको छ ।
यता परिवारजनले मृतक चम्पाको हत्याको आशंकमा सत्य तथ्यको आधारमा छानबिन हुनुपर्ने माग समेत गरेका छन् । स्रोतका अनुसार पोष्टमार्डम समिति गठन गरि शवको पोष्ट मार्डम सोमबार हुने जनाइएको छ ।

चम्पा गत जेठ महिनामा रोजगारीकालागि आफ्नै कान्छी भाउजुसँग चण्डिगढ स्थित पंचकुला २ नम्बर सेक्टरमा पुगेकी चम्पाले चण्डीगढको एक चिकित्सकको घरमा रोजगारीको सिलसिलामा घरमा काम गर्दै आएको स्रोतले जनाएको छ । गणेशपुरस्थित बुवा मनिराम, आमा अमृता गन्धर्वको कोखबाट २०५६ मंसिरमा कान्छो दाजु गंगा गन्धर्व, बहिनी चम्पासँगै जन्मिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?