ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
२२ औ संस्करणको तिलोत्तमा गोल्डकप

फ्रेन्डस क्लब जितसंगै अन्तिम चारमा

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल,  चैत- शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ गोलले स्तब्ध पार्दै फ्रेन्डस क्लब कुपन्डोल रुपन्देहीमा जारी २२ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । सोमबार भएको प्रतिस्प्रर्धात्मक खेलमा फ्रेन्डसले विभागिय टिमलाई पाखा लगाउदै अन्तिम चारमा स्थान बनाएको हो । शुरुवातबाट नै खेलमा हाबी रहेको फ्रेन्डसले पहिलो हाफ गोल भने गर्न सकेन । विदेशी खेलाडी राफिक अमिनुले खेलको पाचौ मिनेटमा राम्रो अवसर गुमाए । उनले दशौ मिनेटमा एपिएफका गोलकिपर अन्जन श्रेष्ठलाई विट गराउदै गरेको प्रहार पोष्ट बाहिर गयो ।

तेस्रो पटक सन्जोग महर्जनको क्रसलाई राफिकले हेडमार्फत दिशा दिन सकेन । खेलको २५ औ मिनेटमा राफिलको पासलाई उत्तम राई पनि गोल गर्न असफल भए । खेलको ४२ औ मिनेटमा एपिएफले पहिलो अट्याक गर्यो । सन्तोषको पासमा प्रबिन स्याङताङको हेडलाई फ्रेन्डसका गोलकिपर बिशाल सुनारले रोकिदिए । खेलको ४४ औ मिनेटमा सन्जोग महर्जनलाई एपिएफका सुमन श्रेष्ठले डिबक्स बाहिर लगडाएपछि पहेलो कार्ड पाए । २० यार्डबाट डोनाको फिकिक प्रहार बाहिरियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको एपीएफ दोस्रो हाफमा भने २ गोल खान पुग्यो । दोस्रो हाफको पाचौ मिनेटमा डोनाले गर्दै खेलमा टिमलाई अग्रता दिलाए ।
यसैगरि ३० औ मिनेटमा एरोन थापाको पासमा राफिक अमिनुले गोल थपे । फ्रेन्डसका एरोनको पासमा स्यामबाबु कक्षपतिको प्रहार एपिएफका गोलकिपर अन्जन श्रेष्ठले बिफल बनाए । एपीएफका बिरेन्द्र प्रसाद यादवले खेलको ईन्जुरी समयमा सान्त्वना गोल गरे ।
खेलमा फ्रेन्ड्सका राफिक अमिनु म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार १ सय ११ रुपैया सहित गिफट ह्याम्परबाट पुरस्कृत भए । मंगलबार पहिलो चरणको अन्तिम खेलमा चर्चित मनाङ मस्याङ्दी क्लब र विभागिय नेपाल पुलिस क्लब खेल्ने छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दछन । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैया नगद पुरस्कार पाउने छन । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैया वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?