ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
मुख्य खबर

तीन वर्षपछि धर्मगुरुको हत्यारा अबुधावीबाट पक्राउ

६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

चन्द्रौटा(कपिलवस्तु),  चैत- हत्यापछि वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका शिव शरण पक्राउ परेका छन् । दुबईको अबुधावी पुगेका उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो । गत फागुन ११ गते शिव शरणलाई ल्याउन नेपाल प्रहरीको टोली अबुधावी पुगेको थियो ।
शिवशरणलाई इन्टरपोल मार्फत पक्राउ गरी गत बिहीबार ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे ल्याइएको छ । हत्यामा संलग्न बिक्की र राम सेवक थारुलाई प्रहरीले ६ महिनाअघि पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । घटनाको जानकारी भएपनि लुकाउन खोज्ने स्थानीय विष्णु प्रसाद थारु, लीलाराम चौधरी र इन्द्र थारु विरुद्ध मुद्दा दायर गरेको थियो । तिनै जना कपिलवस्तु जिल्ला अदालतबाट एकएक लाख धरौटी राखी तारिखमा रिहा भएका छन् ।
हत्या गरिएका कपिलवस्तुको ६७ वर्षीय गुरवा गंगाराम थारु गुरुवा हुन् । बुद्धभुमि नगरपालिका – ४, बुड्डी घर भएका उनी २०७६ साउन ६ गते राती ७ बजे हत्या भएको अवस्थामा भेटिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन घलेका अनुसार गंगारामको घाँटी, अनुहार तथा बायाँ हातको कुममा धारिलो हतियार प्रयोगगरी हत्या गरिएको थियो । गाउँकै बिक्की थारु खुट्टा दुःखेर झारफुक गराउन गुरवाकोमा गएका थिए ।
गुरवा (थारु समुदायका धर्मगुरु) गंगारामले झारफुक गरे पछि निको भएको महसुस गरेका बिक्कीले गुरुवाले बोक्सी लगाउने गरेको आशंका गरेका थिए । ५ वर्ष अगाडी मृत्यु भएको बिक्कीका बुवा विष्णु प्रसाद थारु र केही महिना अगाडी मरेका भैँसी र गोरुको दोष बिक्कीले गुरवा गंगाराम माथि थोपरेका थिए । घटना हुनु अगाडी बिक्कीले गाउँका एकजना बोक्सी छ भन्दै हिँड्ने गरेका थिए ।
त्यसैले मेरो बुबालाई पनि मा¥यो । गोरु र भैँसी पनि म¥यो । त्यसलाई चिन्नु पाए ठिक पार्छु भन्दै हिँड्ने गरेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताए । “प्रहरीले बिक्कीलाई शङ्काको घेरामा राखे पनि प्रमाण जुटाउन नसक्दा २ वर्ष देखि घटना रहस्यमय रहेको थियो । पुराना घटनाका फाइल खोली अनुसन्धान सुरु गर्दा अपराधीको पहिचान गर्न सफल भइयो“ ः–शर्माले भने ।
प्रहरीका अनुसार शिवशरणविरुद्ध भाद्र १४ गते रेड नोटिस जारी भएको थियो । भाद्र २१ गते पक्राउ गरी सुपुर्दगीको लागि कागजात मगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?