ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
फ्रन्टपेज

लागुऔषधी दुब्र्यसनीको कारोबारीः साना कारोबारी मात्र पक्रन्छ प्रहरी

रुपन्देहीका अधिकाश क्षेत्रमा लागुऔषधी दुब्र्यसनीको संख्या र कारोबारीहरु सलबलाएका छन । प्रहरीले अनुसन्धान गर्छ तर मुख्य कारोबारी सधै बच्ने गर्दछन । लागुऔषध प्रयोगकर्ताहरु र साना कारोबारीहरुमात्र पक्राउ पर्ने युवा परिचालन गर्ने मुख्य नाइकेहरु भने सधै उम्कने प्रवृद्धि रोक्नुपर्ने देखिन्छ ।
४ चैत्र २०७९, शनिबार
४ चैत्र २०७९, शनिबार
बुटवल,चैत- सुख्खानगर डेरा गरि बस्ने २२ वर्षिय बिगनेश लामा फागुनको पहिलो हप्ता ब्राउन सुगर कारोबार गर्दागर्दै पक्राउ परे । डिल भैरहेको बेला उनि ५ ग्राम ब्राउन सुगरसहित प्रहरीको फन्दामा परे । बारिस्टा र बारटेन्डर पढेका लामा पछिल्लोसमय दुब्र्यसनीमा फसेका थिए । साथीभाईको संगतमा चुरोट, हुक्का हुदै पछिल्लो एक वर्षको अवधिमा दुब्र्यसनमा लागे । उनि साथीहरुसंग एक पटक ब्राउन सुगरको नशा लिए । बिस्तारै यो उनको लत बन्यो । एक ग्रामकै पाच हजार रुपैया पर्ने ब्राउन सुगर सेवन सजिलो थिएन । आफनो तलतल मेटाउन उनि बिकल्प खोज्न थाले । यस्तोमा उनले शुरु गरे ब्राउन सुगरको कारोबार । उनी सुर्यापुरा पुगेर ब्राउन सुगर ल्याउथे । ‘कहा हो दाई’ कोड नम्बरमा उनलाई यसबारे सुचना आउने गथ्र्यो । त्यसै अनुसार उनी कन्ट्याकमा रहेर ब्राउन सुगर लिन जाने गर्थे । मुखमा माक्स लगाएर मुख्य बिक्रेताबाट उनले सामान लिन्थे र विभिन्न ठाउमा पुर्याउथे । कारोबार गरेवापत उनले निशुल्क ब्राउन सुगर प्राप्त गर्थे । बुटवल क्षेत्रमा मावि तहका विद्यार्थीदेखी प्रतिष्ठित र उच्च घरानाका ब्यक्तिहरु उनका ग्राहक थिए । उनले दैनिक ३ लाख देखि ५ लाखसम्मको कारोबार गर्ने गरेका थिए । घरका परिवार भने उनको यो क्रियाकलाप बारे अनविज्ञ थिए । अधिकाश समय कोठा बन्द गरेर बस्ने लामा मिठा र गुलिया खानेकुराहरु मगाएर खाने गरेको दीदि बताउछिन । 
बुटवलका राम बहादुर राना (नाम परिवर्तन) दुब्र्यसनी हुन । नीजि कम्पनीमा जागिरे उनि बिहान सबेरै खोकीमा सेवन हुने ओनोरेक्स सेवन गर्छन । यो नेपालमा प्रतिबन्धित औषधी हो । सीमा नाका हुदै यो औषधी सेवनकर्ताहरुसमक्ष पुग्छ । ‘एक बोटल ओनोरेक्स पिउदा दिनभरलाई नशा दिन्छु ।’–उनले भने । बुटवलमा लामोसमयदेखि दुब्र्यसनमा फसेका उनि बिस्तारै यो लत छोड्ने प्रयासमा छन । खोकीमा प्रयोग हुने झोल औषधीलाई नशाको रुपमा प्रयोग गर्ने धेरै छन । केही पहिलेसम्म फेन्सिडिल लागुऔषधका रुपमा ठुलो परिणाममा नेपाल भित्रने गर्दथ्यो । त्यसको बिकल्पमा बजारमा आएको कोरेक्स पछिल्लो समय बजारमा ओनोरेक्स भित्रिएको छ । नया नया औषधीलाई लागुऔषधका रुपमा प्रयोग गर्ने गरिन्छ । 
जुत्तामा प्रयोग हुने डेन्ड्राईज गमलाई प्लाष्टिकमा राखेर सुग्ने प्रयोगकर्ताहरुको संख्या पनि कम छैन । 
बुटवलसहित रुपन्देहीका अधिकाश क्षेत्रमा लागुऔषधी दुब्र्यसनीको संख्या र कारोबारीहरु सलबलाएका छन । जसको उदाहरण लामा हुन । उनिजस्तै दर्जनौ युवाहरु यस क्षेत्रमा लागुऔषध कारोबारको जालो फिजाउदै छन । उनि पक्राउ परेसंगै यस्तो तस्वीर बाहिर आएको हो । प्रहरीले अनुसन्धान गर्छ तर मुख्य कारोबारी सधै बच्ने गर्दछन । लागुऔषध प्रयोगकर्ताहरु र साना कारोबारीहरुमात्र पक्राउ पर्ने युवा परिचालन गर्ने मुख्य नाइकेहरु भने सधै उम्बकने प्रवृद्धि रोक्नुपर्ने देखिन्छ । बुटवलमा कारोबारीहरुले प्रति ग्राम ब्राउनसुगर ५ हजार रुपैयामा बिक्री गर्दै आएका छन । यसको मुल्य केही वर्षअघिसम्म भारतमा १ हजार २ सय रुपैया थियो । अहिले भारतमा २ हजार रुपैयामा लुकिछुपी बिक्री हुदै आएको छ ।

विद्यालय उमेरका युवाहरु चुरोट हुदै साथीहरुको संगतमा हुक्का र गाजा सेवन गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । तथ्याक अनुसार नेपाल हाल १ लाख ७० हजार बढि अत्यन्तै जोखिमका दुब्र्यसनीहरु रहेको छन । यो युवा वर्गसंगै सुरक्षा चुनौती बनेको छ । एउटा अभिभावक आफनो बालबालिकाहरु विद्यालयमा पठाएपछि आफनो जिम्मेवारी टुंगिएको ठान्ने अभिभावकहरु सचेत हुनुपर्ने ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए । पछिल्लोसमय बुटवलसहित सिमा क्षेत्रबाट लागुऔषध भित्रने गरेको छ । अभिभावकहरु आफनो छोराछोरी कस्ता साथीहरुसंग उठबस गर्छ भन्ने कुरामा सजग हुनुपर्ने उनिको सुझाव छ । युवाहरुमा साथिसंगतका कारण दुब्यसनमा फस्ने डर सबैभन्दा बढी रहेको उनले बताए । लागुऔषधको नेपाल ट्रान्जिन्ट पोईन्ट बनेको हुदा पनि यहा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्ने क्रममा रहेको देखिन्छ । अर्कोतर्फ भारतिय खुल्ला सिमा रुपन्देही जिल्लाको लागि लागुऔषध ओसारप्रसारमा अर्को ठुलो जोखिम भित्रिने गरेको देखिन्छ । सिमा क्षेत्र बेलहियामा पोखरासम्मका युवाहरु लागुऔषध सेवन र खरिदका लागी आउने गरेका छन । गरिबी , अशिक्षा, देखासिकी, घरपरिवारको कलहका कारण धेरै जसो युवाहरु लागुऔषध दुब्र्यसनमा फस्ने गरेको उनले बताए । लागुऔषधमा पक्राउ परेका मध्ये उनिहरुसंग भेटिने मात्रा मुद्या चलाउने महत्वपूर्ण प्रक्रिया हुने गरेको छ । नगन्य मात्रामा लागुऔषध भेटिएको खण्डमा सामाजिक र पारिवारिक कारणले गर्दा सबैलाई मुद्या चलाउनका साटो सुधारका लागि अवसर दिने पनि गरिएको उनले बताए । सेवन कर्ता, शिक्षा दिक्षा, अभिभावकको प्रतिवद्धता र सुधार गृहमा रहेर सुधार हुने प्रतिवद्धता एउटा पाटो भएको उनले बताए ।

‘यसबाहेक पक्राउ पर्ने प्रमाणपुगेकोलाई मुद्या चलाईन्छ ।’– उनले भने । रुपन्देहीमा २० हजारको हाराहारीमा प्रयोगकर्ता रहेको लागुऔषध दुब्र्यसनी बिरुद्ध काम गर्ने संघसंस्थाहरुको तथ्याकले देखाएको छ । अहिले नेपालमा एक लाख बढि प्रयोगकर्ताहरु विभिन्न संघसंस्थाहरुबाट परिचालन गरिएको सुधार गृहमा नियमित उपचारमा रहेको छ । विश्व स्वस्थ्य संगठनले एउटा रोगका रुपमा परिभाषित गरेको भएपनि नेपालमा लागुपदार्थ सेवनकर्तालाई अपराधी सरह सजाय दिने गरिन्छ । चिकित्सकको नियमित रेखदेखमा उपचार सम्भव देखिन्छ ।

मुख्यतया दुब्र्यसनीलाई सेवनका दृष्टिकोणबाट दुई प्रकार मानिन्छ । मुखबाट सेवन गर्ने र सिरिन्जबाट लिने । यसैगरि यसको मुल्यका हिसाबले पनि महगो र न्युन मुल्यको, नेपालमा असरका हिसाबले भ्रम सुजना गर्ने गाजा, चरेस सेवनकर्ता, शिथिल बनाउने हेरोईन तथा उत्तेजना बढाउने कोकिनका समेत सेवनकर्ताहरु रहेको प्रहरीको तथ्याकले देखाउछ । अधिकाश युवा उमेरमा युवाहरु चुरोट, हुक्का पिउनेबाट दुब्र्यसनीमा फस्ने गरेका छन । अर्कोतर्फ मुखबाट लिने तरल फेन्सिडियलबाट शुरु भएको लागुऔषध कोरेक्स हुदै पछिल्लोसमय ओनोरेक्समा पुगेको छ ।

मुखबाट लिनेमा चुरोट, गाजा, नाइट्रोजन, स्पास, फेन्सिडायल, कोरेक्स, ओनोरेक्स, ब्राउन सुगर हुन । यसैगरि सिरिन्जमार्फत लिइनेमा न्युरोफिम, डाईजोपाम र सेट्रोजिन मिश्रण गरि नशा लिने पनि धेरै छन । मुल्यका हिसाबले सुलेसन सस्तो र ब्राउन सुगर महगो मानिन्छ ।

आर्थिक वर्ष २०७८÷२०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷२०८० फागुन (आठ महिना) मा लागुऔषध र प्रयोगकर्ताहरु पक्राउ दर बढेको छ । अझ महगो मानिने ब्राउन सुगर प्रयोगकर्ता र कारोबारीको संख्या बढेको हो । सजायका हिसाबले हेर्दा सेवनकर्ता र बेचबिखनकर्ता भन्ने कानुनमा उल्लेख भएपनि विस्तृत ब्याख्या नभएको अधिबक्ता ओम पंगेनी बताउछन । कति मात्रा प्रयोग भएका खण्डमा सेवनकर्ता र बेचबिखन कर्ता भन्ने उल्लेख छैन । यसले कानुन कार्यान्वनमा कठिनाई छ भने अर्को प्रहरी नै कारोबारीसंग मिलोमतो गरेर मुद्या कमजोर बनाउने गरेको देखिन्छ । ब्यवहारमा भने एक÷दुई ग्राम भेटिए सेवनकर्ता र त्योभन्दा माथि बेचबिखन मुद्या चलाउने गरिएको उनले बताए । बेचबिखन गर्ने सामग्री समेत प्रमाणित भएको खण्डमा अदालतले मुद्या अघि बढाउछ ।

 

आर्थिक वर्ष २०७८/२०७९
गाजा ४ वटा घटनामा १२ केजी १ सय ८० ग्राम, ब्राउन सुगर ९ पटकमा गरि १०३. ४४१ मिलिग्राम, क्याप्सुल ६ सय ३०, कोरेक्स लगायत सिरप २१ बोटल, ३ वटा घटनामा ट्याब्लेट सबै १ हजार ४ सय ४७ गोटा, सिरिन्ज ६ वटा घटनामा ४ हजार ७ सय ३८ गोटा बरामद गरिएको हो । यो आर्थिक वर्षमा ६ जना महिला, ६३ जना पुरुष गरि ६९ जनालाई अपराधमा संलग्न पक्राउ परेको प्रहरी तथ्याकमा देखिन्छ । त्यसमध्ये ४३ जनाको मुद्या दर्ता गरिएको छ ।

 

आर्थिक वर्ष २०७९/२०८० फागुन (आठ महिना)
यो आर्थिक वर्षको फागुनसम्ममा एउटै घटनामा गाजा २८ केजी ४ सय ग्राम पक्राउ परेको हो । यसैगरि एउटै घटनामा चरेश १४ किलो, पाच वटा घटनामा ब्राउन सुगर १४.४९० ग्राम, लागुऔषध क्याप्सुल एउटै घटनामा ३ सय २६, कोरेक्स लगायत सिरप १ सय ८ बोटल, सात वटा घटनामा सिरिन्ज १ हजार १ सय ३४ गोटा प्रहरीले बरामद गरेको हो । यो आर्थिक वर्षको श्रावणदेखि फागुनसम्मको आठ महिनामा ४ महिला, २७ पुरुष गरि ३१ जना लागुऔषधमा पक्राउ परेको प्रहरीको तथ्याकमा देखिन्छ भने २७ जनाको मुद्धा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?