ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
मुल खबर

तीन दिवसीय दृष्टिविहिन क्रिकेट प्रतियोगीता: ‘क्रिकेटका लागि प्रदेश खेलकुद परिषद सहकार्य गर्न तयार’

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

 बुटवल, फागुन– दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजना र एबिलीस फाउन्डेसन फिल्याण्डको आर्थिक सहयोगमा ३ दिवसीय दृष्टिविहिन क्रिकेट प्रतियोगीता भएको छ । बुटवलको जबई खेल मैदानमा भएको प्रतियोगीतामो आईतबार एक कार्यक्रमको विच समापन गरिएको छ । दुई वटा समुहका विचमा ३ दिन सम्म भएको प्रतियोगीतामा तिनाउ समुह र तिलोत्तमा समुह का विचमा भएको थियो ।


प्रतियोगीता समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले अपाङ्गता भएका व्याक्तिहरुको खेलकुद प्रतियोगीतालागि सहकार्यगर्न तयार रहेको बताए । उनले दृष्टिविहिन क्रिकेट प्रतियोगीताका लागि आर्थिक, नैतिक, भौतिक सहकार्य गर्न रहेको प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै उनले भने–‘हामी प्रतियोगीताका लागि सहकार्यगर्न तयार रहेका छौं, जसको लागि भौतिक संरचना निर्माणको लागिपनि हामी पहल गर्ने छौं ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले स्थानीयतह देखि प्रदेश र संघीय सरकारले समेत खेलकुदको लागि एथेष्ठ बजेट विनियोजन भए पनि अपाङ्गताको खेलकुदका लागि अझै पनि बजेट विनियोजन गर्ने परिपाटी अभाव रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुले समेत अन्तराष्ट्रिय स्तरको खेलकुदमा सहभागी भएर देशको नाम उच्च राख्न सफल भएको बताउँदै उनले यसको लागि प्रदेश सरकार, स्थानीय तहले खेलकुदमा सहकार्य गर्नुपर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले अपाङ्गता भएका व्याक्तिहरुले खेल्ने उहीझण्डा र अन्य व्याक्तिहरुको सहभागी भएर खेल्ने पनि उहि झण्डा भएपनि एउटै झण्डाको विचमा विभेद भएको बताएका थिए ।
कार्यक्रममा जबई स्पोटिङ्ग क्लवका उपाध्यक्ष खेमानसिंह रानाले विगत लामो समय देखि दृष्टिविहिन क्रिकेटका लागि खेलकुद मैदान उपलब्ध गराउँदै आएको बताए । उनले खेलमैदानका लागि बिजेट विनियोजन भएपनि हाल सम्म मैदान सुधार नभएको सरकार संग यथासक्य खेल मैदान पुरा गर्न माग समेत गरे ।

कार्यक्रममा नेपाली क्रिकेट समर्थक समुहका सह–सचिव नारायण पाण्डे, एम्पाएर दिलिप आचार्य, सहभागी खेलाडी सुनिल क्षेत्री र लोकेश डाँगी, प्रदेश खेलकुद विकास परिषद्का सदस्य हरिष वली लगायतले, दृष्टिविहिन क्रिकेट संघका सचिव समिक्षा ज्ञवाली लगायतले आ–आफ्नो भनाई राखेका थिए । एम्पाएर दिलिप आचार्य, गिता रेग्मी , सुवास पौडेल, सरोज पौडेल लगायतले एम्पाएरको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतमा म्यान अफ द सिरिज खेमराज सापकोटा भए भने म्यानअफ द म्याच पहिलो खेलमा खेमराज सापकोटा, दोस्रोमा अब्दुल जकिर र तेस्रोमा केशव क्षेत्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?