ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

फ्रि तेक्वान्दो अभियानमा ‘पाण्डे’

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

बुटवल, – हरेक बालबालिकालाई शारीरिक ब्यायाम जरुरी छ । अझ त्यसमा पनि मार्शल आर्ट महत्वपूर्ण मानिन्छ । सेतो डे«समा बेल्टमा सजिएको खेलाडीप्रति आर्कषक हुन्छ । अन्तराष्ट्रिय खेल मंचमा मार्शल आर्टमा नेपाली खेलाडीहरुको गर्विलो ईतिहास छ । आत्मरक्षासंगै ब्यवसायिक खेलमा आवद्ध हुने राम्रो अवसरकै कारण यो खेललाई उत्कृष्टमा दर्जामा हेरिन्छ । मार्शल आर्टभित्र पनि तेक्वान्दो विधा सर्वाधिक रुचाईने गर्छ ।

रुपन्देहीबाट शुरु गरेका धेरै खेलाडीहरु अन्तराष्ट्रियस्तरसम्म आफनो पहिचान बनाएको ईतिहास छ । यही खेललाई पछिल्लो समय उकास्न लागेका छन, तेक्वान्दो गुरु राजकुमार पाण्डे । उमेरले ५३ वर्षिय उनि ब्ल्याक बेल्ट पाचौ डन धारी हुन । लामोसमयदेखी बुटवलमा भोलियन्टर प्रशिक्षक तथा खेलाडीका रुपमा रहेका छन । विहान ५ बजेबाट उनको दिनचर्या शुरु हुन्छ । रुपन्देहीका नीजि तथा सामुदायिक विद्यालयहरुमा उनि खेल सिकाउछन । आरके तेक्वान्दो एकेडेमीमार्फत खेल विकासमा उनि लागेका छन । नया शैक्षिक सत्रबाट विद्यालयस्तरमा रहेका पाच वर्ष माथिका बालबालिकाहरुलाइ खेलमा आवद्ध गराउन ‘फ्रि तेक्वान्दो’ अभियान थाल्दैछन । खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले प्राथमिकता दिएको उनले बताए ।

खेल खेल्न इच्छुकलाई निशुल्क प्रशिक्षण दिने उनले बताए । खेल खेल्नै धेरै चाहना हुदाहुदै पनि घरायसी आर्थिक अवस्थाका कारण समस्यामा रहेका बालबालिकाहरुलाई खेलमा ल्याउन निशुल्क तेक्वान्दो प्रशिक्षण थालेका उनि बताउछन । विद्यार्थीलाई मासिक शुल्क नलाग्ने र ड्रेसमा ५० प्रतिशत छुट दिईने उनले बताए । ‘म आफै पनि शुरुवातमा धेरै दुख गरेर खेलमा लागे ।’–उनले स्मरण गरे । बालबालिकालाई सानैबाट खेलमा आवद्ध गराउदा उनिहरुमा बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ । जुनियर लेभलमा सिकाएका खेलाडीहरु छिटो सिक्ने र भोलीका लागि अन्तराष्ट्रिय मंचमा खेल्न सक्ने विज्ञहरु बताउछन । ग्रास रुटमा मार्शल आर्ट खेल विकासमा फ्रि तेक्वान्दो अभियान महत्वपूर्ण हुने देखिन्छ । धेरै खेलाडीहरुलाई आर्थिक सहयोग गरेर खेल सिकाईरहेको उनि बताउछन । ‘आत्मरक्षासंगै युवाहरुलाई कुलतबाट बचाउने मेरो अभियान हो ।’–उनले भने । खेलमा आवद्ध भएपछि बच्चाहरु अन्त ध्यान दिदैनन र आफनो काममा एकाग्रता दिने उनको तर्कछ ।
विद्यालयस्तरमा खेलकुदलाई अनिवार्य बनाएर अघि बढ्न सकेमा खेलाडी उत्पादनमा धेरै मद्यत मिल्ने उनि बताउछन । सरकारबाट खेल र खेलाडीको विकासमा आवश्यक लगानी नहुदा पछि परेको उनको दुखेसो छ । नीजि तथा सामुदायिक विद्यालयहरुमा तेक्वान्दो सिकाउदै आएको उनि अब भने हरेक बालबालिकामा पुग्ने लक्ष्यसहित बुटवलमा निशुल्क तेक्वान्दो प्रशिक्षण अभियानमा छन । रुपन्देहीका सामुदायिक विद्यालयमा पहिलो चरणमा निशुल्क तेक्वान्दो प्रशिक्षण चलाउदैछन । ‘यसको लागि विद्यालयहरुमा पत्राचार सके ।’–उनले भने । यो अभियानमा आफुले सिकाएका खेलाडीहरुलाई विद्यालयमा प्रशिक्षणमा लगाउने उनको योजना छ । उनका रुपन्देहीमा ३० जना ब्ल्याक बेल्टधारी चेलाहरु छन । जसमा खेल सिकाउन सक्छन ।

रुपन्देहीका अधिकाशमा मार्शल आर्टका खेल सिकाईने भएपनि अफिसियल बुझेर खेलाईएको छैन । यसकारण पनि आधिकारिक रुपमा बुझेर विद्यालयमा खेल भित्राउनुपर्ने उनको सुझाव छ । विद्यालयमा भोलियन्टर प्रशिक्षक राखेर प्रशिक्षण गराउन सके सहि र सटिक ज्ञान मिल्ने उनी बताउछन । उनको आरके एकेडेमीबाट दर्जनौ खेलाडीहरु राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर सफलता पाएका छन । बिसं २०४९ सालदेखि तेक्वान्दो खेल शुरु गरेको उनि भारत, जापान, थाईलैण्ड, दुबईमा खेलमा सहभागी भएका छन । थाईलैण्डमा भएको आठौ तिराक तेक्वान्दो प्रतियोगितामा तृतिय स्थान हासिल गरेका थिए । मार्शल आर्टमा रुपन्देहीले बनाएको पहिचानलाई उनि फर्काउन चाहन्छन । उनि यसअघि पनि छात्राहरुलाई निशुल्क आत्मरक्षाका तालिमहरु दिएका छन । ‘तेक्वान्दो खेलको म्याट र खेल पुर्वाधारको ठुलो समस्या छ ।’–उनले भने ।
सरकारबाट आवश्यक सहयोग मिले उनि आफनो अभियान नमुना हुनेमा आशावादी छन । उनलाई आफनै बुटवल उपमहानगरपालिका वडा नं ३ को वडा कार्यालय र वडाका जनप्रतिनिधिले वार्षिक खेल गतिविधि गर्न सहयोग गर्दै आएका छन । तेक्वान्दो खेल सिकाउन चेस्ट प्याड, हेल्मेट, लेगगार्ड, हेण्ड ग्लब्स, कोन लगायत विभिन्न खेलकुद सामग्री उनलाई वार्षिक रुपमा स्थानिय सरकारबाट प्राप्त भएको छ । उनि तीन तहकै सरकारमा सहयोगमा गुहार लगाएका छन । पछिल्लोसमय प्रदेश खेलकुद परिषद लुम्बिनीबाट खेल सामग्रीहरु सहयोग गर्ने आवश्वासन पाएको उनि बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?