ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘सुस्तालाई धार्मिक अध्ययन केन्द्र बनाउन पहल जरुरी’

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

नवलपरासी, फागुन- जिल्लाको सुस्ता गाउपालिकालाई अन्तराष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने प्रतिवद्धता सुस्ता गाउपालिकामा आयोजित तहफ्फुजे हुकुके मुस्लिम सम्मेलनका सहभागिहरुले जनाएका छन् ।

नेपालमै एक इस्लामिक प्राचिन अध्यात्म केन्द्र समेत रहेको मदारबाबा स्थान सुस्तामै भएको र मदारबाबा मेलामा बर्षेनी लाखौ हिन्दु÷मुस्लिम समुदायले भाग लिने गरेको जनाउदै इस्लामिक धार्मिक पर्यटनसँगै इस्लामिक शिक्षाको केन्द्र बनाउने र चिनाउने गरि काम गर्न सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् ।

ओल्मा काउन्सिल नेपालको आयोजनामा भएको उतm सम्मेलनमा सुस्ता आफै राष्ट्रिय पहिचान बोकेको गाउपालिका हो,त्यसमा पनि नेपालमा एक मात्र प्राचिन इस्लामिक धर्म गुरुको तपस्या स्थल रहेको मदारबाबामा देशी विदेशीको आगमन बढने गरेको छ ।

धार्मिक रुपमा मेला हुने भए पनि यसलाई एक पर्यटन केन्द्र र इस्लामिक शिक्षा अध्ययन केन्द्र बनाएर अन्तराष्ट्रिय पहिचान बनाउनमा सबै लाग्नु पर्ने कुरा औल्याइएको थियो । इस्लामको अर्थ नै शान्तिसँग जोडिने हुदा शान्तिका अग्रदुत गौतम बुद्धले महाभिनिष्क्रमण लिएको स्थान अनोमाघाट,सतिपट्ठा धर्मदेशना गरेको स्थान सतपति बौद्ध शान्तिको केन्द्र पनि सुस्तामै रहेको छ ।

गाउपालिकामा अब इस्लामिक शान्ति केन्द्रका लागि पनि प्राचिन सम्पदा रहेको भए पनि प्रचार प्रसार र ब्यवस्थान हुन नसक्दा यसलाई विश्वसम्पदामा लैजान नसकिएको कुरा सम्मेलनमा महशुस गराइएको थियो । ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसेनले धार्मिक सम्पदाले सम्पन्न सुस्ता गाउपालिकालाई भारतिय पक्षद्धारा अतिक्रमणको चपेटामा परेको स्थानको रुपमा नेपाल भरि चर्चा पाएको पनि यहाँका धार्मिक केन्द्रको प्रचार प्रसार हुन नसकेको बताएका थिए । अब यस्ता चुनौतीलाई अवसरको रुपमा परिवर्तन गर्नु पर्छ,उनले भने, यहाँका प्राकृतिक र धार्मिक स्थलको ब्यवस्थापन गरिनु आवश्यक रहेको छ । त्यसका लागि सम्बन्धित धार्मिक अध्ययन केन्द्रका लागि पनि स्थानिय सरकार र नेपाल सरकारले लगानी गर्न आवश्यक रहेको समेत उनले बताएका थिए ।

मदरसाका समस्यालाई समाधान गर्नका लागि तत्कालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न समेत उनले औल्याएका थिए । प्राथमिक र आधारभुत तहसम्म मात्र मदरसामा इस्लामिक शिक्षा कायम रहेको हुदा माध्यमिक तहसम्मको अनुमति दिइनु पर्छ,उनले भने, सरकारले यसमा लगानी पनि गर्नु पर्छ ।

साधारण शिक्षा जस्तै धार्मिक शिक्षाले समाज उत्थान र अनुशासनमा वृद्धि गराउने हुदा यसका लागि पनि गाउपालिकाले आवश्यक ऐन कानुन बनाउन आवश्यक देखिन्छ । माध्यमिक शिक्षाले बालबालिका माध्यमिक तहको अध्ययन पश्चात मात्र उच्च शिक्षा विश्वविद्यालय शिक्षाका लागि अग्रसर हुन्छ । उच्च शिक्षाका लागि खुल्ला विश्वविद्यालयले नवलपरासीकै सरावल गाउपालिका ७ भुजहवामा केन्द्र बनाएको छ । तर बास्तविक रुपमा इस्लामिक शिक्षाको अध्ययन र अभ्यासका लागि इस्लामिक पुरातात्विक र धार्मिक आस्थाको केन्द्र मदारबाबा स्थल सुस्ता २ मा अवस्थित भएको हुदा उपयुतm हुने पनि सम्मेलनमा कुरा उठाइएको थियो ।

नेपाल सरकारले मदारबाबा विकास समितिको रुपमा विकास गरि नियमित रुपमा इस्लामिक अध्यात्म केन्द्रको रुपमा विकास गर्नु आवश्यक छ,उनले भने, यसको पहल सुस्ता गाउपालिकाले पनि गर्न सक्छ । यसका लागि ओल्मा काउन्सिल नेपालले नेपाल भरिकै ओल्मालाई सुस्तामा बोलाएर सम्मेलन गराउन सक्ने र यस क्षेत्रको प्रचार प्रसार गराउन सक्ने अवस्था पनि छ । यसको लागि ओल्मा काउन्सिलले निरन्तर काम गरिरहेको समेत उनले बताएका थिए ।

सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले इस्लामिक शिक्षाका समस्यालाई गाउपालिकाले सम्बोधन गर्ने र त्यसको लागि विस्तृत योजना बनाई काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले इस्लामिक शिक्षा होस वा अन्य धार्मिक शिक्षा होस समाजमा सबैको महत्व उत्तिकै छ । सबै धार्मिक शिक्षाको प्रवद्र्धन गर्नमा गाउपालिकाले काम गर्ने बताएका थिए । धार्मिक रुपमा कसैलाई विभेद नगरिने समेत उनले प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले इस्लामिक शिक्षा र मदारबाबाको महत्व हिन्दु,बौद्ध सबैलाई थाहा हुुनु पर्ने कुरा औल्याएका थिए । त्यसका लागि गाउपालिकाले अगामी दिनमा इस्लामिक शिक्षाका लागि कोचिँग सेन्टर समेत सञ्चालन गर्न सकिने बताए । मदारबाबा प्राचिन इस्लामिक गुरुको तपस्या स्थल भएको हुदा इस्लामिक समुदायले यो स्थानको महत्वबारे विश्व भर फैलाउदै विश्वका इस्लामिक समुदायलाई एक पटक मदारबाबामा ल्याउने गरि प्रयास थालिनु पर्ने बताएका थिए । यसले सुस्तामा धार्मिक पर्यटन प्रवद्र्धन हुने र स्थानियबासीको जिवन स्तरमा सुधार तथा आर्थिक उपार्जनको स्रोत बन्ने आधार पनि रहेको बताएका थिए । मदारबाबामा मेला अवधीमा मात्र नभई नियमित रुपमा गतिविधि गर्नु आवश्यक रहेको छ, उनले भने, त्यसका लागि ओल्माहरु पनि काम गर्नु पर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?