Butwal Today
मुल खबर

सुरुङ्गले सार्ने भो ‘सिद्धबाबा’

पहिलो चरणमा मन्दिरको धर्मशाला हटाउनुपर्ने सर्त राखेको सुरुङ्गमार्ग निर्माण आयोजनाले निकट भविश्यमा सडक विस्तार संगै मन्दिरपनि सार्नुपर्ने प्रारम्भीक जनाउ दिएको छ । मन्दिरस्थानान्तरणको कुरा चलेपनि गुरुयोजना निर्माण नभएको कारण मन्दिरस्थान्तरणको काम अगाडी बढ्न नसकेको शिद्धबाबा मन्दिरविकास समितिका अध्यक्ष सन्तोष कुमार शेचर बताउछन् ।
१५ फाल्गुन २०७९, सोमबार
अ+
अ-

बुटवल, फागुन ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको छ प्रसिद्ध शिद्धबाबा मन्दिर । शिवको भक्तहरुको लागि यो देशभित्र बाट मात्रै होईन भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु यहाँ दर्शनका लागि आउने गर्दछन् । शिवरात्रीको अवसरमा यहाँ विशेष मेला नै लाग्ने गर्दछ । मानिसहरु घण्टौ सम्म लाईनमा बसेर दर्शन गर्ने समेत गर्दछन् ।
बुटवलदेखि मात्रै्र ३ किलोमिटरको दुरीमा रहेको यो मन्दिर भैरहवा–पोखरा सिद्धार्थ राजमार्गको छेवैमा छ । रुपन्देही र पाल्पाको सीमानजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा धामले पनि पर्यटकलाई आकर्षित गरेको छ । सिद्धार्थ राजमार्गको छेउमा पर्ने यो मन्दिर प्राकृतिक सम्पदाले पनि सिंगारिएको छ । यो ठाउँमा भतृहरिले तपश्या गरेको मानिन्छ । यो मन्दिरमा दर्शन तथा पूजा गर्न भारतबाट पनि ठूलो मात्रामा श्रद्धालु हिन्दू धर्मानुरागी आउने गरेका छन् ।
तर पछिल्लो समयमा सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङ्ग मार्गको कारण यो मन्दिर स्थानानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।

विगत लामो समय देखि मन्दिरस्थानान्तरणको कुरा चलेपनि यसको गुरुयोजना निर्माण नभएको कारण मन्दिरस्थान्तरणको काम अगाडी बढ्न नसकेको शिद्धबाबा मन्दिरविकास समितिका अध्यक्ष सन्तोष कुमार शेचरनका अनुसार मन्दिरको गुरुयोजना निर्माण गरी मन्दिरस्थानान्तरण गर्ने योजना रहेको बताउँछन् ।
शिद्धबाबा सुरुङ्ग निर्माण आयोजनाले हाल मन्दीरको देब्र्रे पट्टी निर्माण गरी धर्मशाला सहितका व्यवसायीक सटर हटाउनको लागि पत्राचार समेत गरिसकेको उनको भनाई रहेको छ । सुरुङ्ग मार्ग सुरुवात हुने विन्दुबाट सवारी साधान आगमनलाई डाईभर्ट गर्नको लागि राजमार्ग को बायाँ स्थानमा रहेका व्यवसायीक सटर सहित धर्मशाला समेत हटाउनुपर्ने अवस्थामा आएको अध्यक्ष शेरचनको भनाई रहेको छ ।

मन्दिरको स्थापनाको लागि हाल सिद्धबाबा मन्दिररहेको स्थान देखि केही सय मिटर पुर्व पट्टी रहेको जंगलमा केही सम्म परेको स्थान समेत पहिचान गरिएको छ । जहाँ पहिरो जाने संभावना समेत कम रहेको कारण त्यहाँ मन्दिरस्थापना गर्न सकिने प्रारम्भीक आंकलन गरिएको छ । यद्यपी मन्दीरको गुरुयोजना निर्माण गरी कुन मन्दिरकहाँ निर बनाउने, कस्तो बनाउने, भन्ने विषयमा विस्तृत छलफल हुनबाँकी रहेको अध्यक्ष शेरचनको भनाई रहेको छ । उनी भन्छन्–‘मन्दिरको गुरुयोजना निर्माणको लागि हामीले प्रयास गरिरहेका छौं, गुरुयोजना पश्चात दिर्घकालीन रुपमा हाल मन्दिर रहेको स्थान अनुपयुक्त रहेको छ,यसको स्थानान्तरणको विकल्प छैन ।’ यस क्षेत्रकै पुरानो मन्दीरको रुपमा रहेको सिद्धबाबा मन्दिरसडक स्तरउन्नती संगै निर्माण हुन लागेको सुरुङ्ग मार्गले थप संकटमा पारेको छ ।
पहिलो चरणमा मन्दीरको धर्मशाला हटाउनुपर्ने सर्त राखेको सुरुङ्गमार्ग निर्माण आयोजनाले निकट भविश्यमा सडक विस्तार संगै मन्दिरपनि सार्नुपर्ने प्रारम्भीक जनाउ दिएको छ ।

मन्दीरको गुरुयोजना निर्माणको लागि समेत धेरै बजेट लाग्ने भएको कारण त्यसको प्रबन्ध गर्नका लागि विभिन्न निकाय संग सहकार्य संमन्वय भैरहेको मन्दिरविकास समितिका सचिव अरविन्द्र पाण्डेय बताउँछन् । उनका अनुसार प्रदेश सरकार, संघीय सरकार स्थानीय तीनाउ गाउँपालिकालाई यो विषयमा पटक पटक आग्रह गरिएको हो ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि एवम् आदिमानव रामपिथेकसको विचरण स्थल सिद्धबाबा क्षेत्रमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको सिद्धबाबा मन्दिर छ । लुम्बिनी प्रदेश, पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा रहेको यो मन्दिरलाई प्रागैतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण क्षेत्रका रुपमा परिभाषित गर्न सकिन्छ । भर्तृहरिको तपोभूमि र उनले भारतको उज्जैनबाट यस क्षेत्रमा आएर तपस्या गरी सिद्धि प्राप्त गरेका कारण यस मन्दिरको नाम सिद्धबाबा रहन गयो भन्ने किंवदन्ती भेटिन्छन् । यस मन्दिरमा वर मागेपछि सिद्धि प्राप्त हुने भएकोले मन्दिरकै नाम सिद्धबाबा रहन गएको जनश्रुति समेत भेटिन्छ । सिद्धबाबा मन्दिरको व्यवस्थापन र उचितरुपमा सञ्चालन गर्नका निम्ति साविक दोभान गाविसलाई संरक्षक राखेर २०५५ सालमा जिल्ला प्रशासन कार्यालय, पाल्पामा मानबहादुर श्रेष्ठले आफू संस्थापक अध्यक्ष भइ दर्ता गराएका थिए ।

बुटवलदेखि तीन कि.मि. को दूरीमा रहेको पाल्पा जिल्ला, तिनाउ गाउँपालिका व अन्तर्गत कुहिरे भिरमा अवस्थित सिद्धबाबा मन्दिर ’सिद्धपीठ ः सिद्धबाबा मन्दिर’ को नामले प्रसिद्ध छ । सुनौली राजमार्ग (सिद्धार्थ राजमार्ग) हुँदै आवतजावत गर्ने धेरै जसो गाडीका चालकहरु र गाडीमा यात्रा गर्ने यात्रुहरु नदीको गल्छीको कुहिरे भिरमा अवस्थित सिद्धबाबा मन्दिर नजिक आईपुग्दा आस्था र विश्वासका साथ सिद्धव अनायासै मष्तक झुक्ने गर्दछ ।
आफ्नो यात्रा शुभ रहोस् भनी नमन गर्ने गर्दछन् । यो तीर्थस्थल तिनाउ गाउँपालि गहना हो । यस तीर्थस्थलमा विवाह, वर्तबन्ध, भातखुवाइ लगायत रुद्रि जस्ता धार्मिक अनुष्ठान दिनहुँ जसो हुने नयाँ कामको थालनी र नयाँ गाडीको पूजन गर्नको लागि साथै मनत माग्न यहाँ भक्तजनहरु आउँने गर्दछन् आएर दर्शन गरी भाकलसहित मनत् माग्यो भने आफूले मागेको कुरा पुग्छ भन्ने र सबै कुराको सिद्धि प्राप्त हुन् जनविश्वास रहेको छ । दैनिक जसो आस्था र विश्वास बोकेर नेपालभित्रका र सरहद पारिका भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।

सुनौली–पोखरा राजमार्ग (सिद्धार्थ राजमार्ग) बन्नुभन्दा पहिले यस सिद्धबाबाको मन्दिर हालको मन्दि अलिक पर झरना खसेको स्थानभन्दा केही उत्तरतिर बाटोको अलिक माथि थियो । आठ÷दशवटा ढुङ्गाको खुद चढिसकेपछि कोपेरोमा सिद्धबाबाको प्रस्तरको निराकार मूर्तिहरु ( शिलाहरु) रहेका थिए । भारतीय सह– केन्द्रीय लोकनिर्माण विभाग को मातहतमा सुनौली– राजमार्ग (सिद्धार्थ राजमार्ग) निर्माण भएको थियो । राजमार्ग निर्माण गर्ने क्रममा सो सिद्धबा शिलाहरुलाई हाल मन्दिर रहेको स्थानमा ल्याई प्राणप्रतिष्ठा सहित स्थापना गरी मन्दिर निर्माण गरिएको सुनौली–पोखरा–राजमार्ग (सिद्धार्थ राजमार्ग) खुलिसके पछि यस ’सिद्धपीठ ः सिद्धबाबा मन्दिर’ को आस्था र भक्तालुहरुमा झनै बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?