ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर
मुख्य खबर

सडक निर्माणमा लापरवाही, कर्मचारी र उपभोक्ताका पदाधिकारीकै मिलेमतो

१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

चन्द्रौटा (कपिलवस्तु),  फागुन ।- कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विकास निर्माणका कार्यमा लापरवाही गरेको पाइएको छ । नगरभित्रको सडक, भवन, नाली लगायत विकास निर्माणका कार्यमा लापरवाही गरेको पाइएको हो । नगरको मातहतमा हुने गरेको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयले गुनासो गरेका छन् । जनप्रतिनिधि, इन्जिनियर र उपभोक्ता समितिहरुको मिलेमतोमा कमसल सामग्रीको प्रयोग गरेको आरोप छ ।नगरपालिकाले विकास निर्माणको कार्यमा लाखौं रकमको दुरुपयोग गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार वडा नम्बर–८, मा परेको नगरस्तरीय योजना डबरा लिंक रोडदेखि समयथान हँदै दयानगरसम्म मर्मतसम्भार भएको सडक योजनामा लाखौं रकमको अनियमितता भएको छ ।
नगरपालिकाको दश लाख र उपभोक्ता समितिको जन श्रमदान १ लाख ८२ हजार १ सय ११ रुपैयाँ ११ लाख ८२ हजार १ सय ११ रुपैयाँमा ५ सय ५१ मिटर लामो सडक मर्मत भएको जनाइएको छ । उक्त सडक ४.५० मिटर चौडा, १ फिट उँचाई, माटो र माटोमाथि १५ सेन्टिमिटर मोटो ग्रेभेल गरी मर्मत गर्ने योजना रहेको नगरपालिकाका सब–इन्जिनियर मनिष पाण्डेले बताए ।

नाम नखुलाउने शर्तमा एक स्थानीयले सडक मर्मत योजनामा जनप्रतिनिधिहरुले आफ्नो आसेपासे, कार्यकर्ता पाल्ने काम गरेको बताए । उनका अनुसार यस सडकमा गत वर्ष पनि ५ लाख रुपैयाँ बजेटमा सडक निर्माण भएको बताउँदै यस पटक मर्मतमा २२ ट्रालि माटो र १५ ट्राली ग्रेभेल मात्रै खसाल्ने काम भएको छ ।
उनले थपे ः“सडकमा लागेको ह्युम पाइप पनि दयानगर गाउँमा रहेको पुरानो ह्युम पाइप लगाइएको छ । गत वर्षको बजेटमा बनेको सडकलाई पुनः त्यही माथि हल्का माटो खसाल्दै जेसीबी मेसिन चलाउने काम भएको छ ।“ सबै मिलेर बजेट सकाउने काम गरेको भन्दै जनताको पैसा भष्ट्राचार गरेको आरोपसमेत लगाए । उक्त सडकमा ३ लाख बराबरको काम मात्रै भएको उनले बताए ।

दयानगरबासीले उपभोक्ता समितिका पदाधिकारीहरु पनि स्थानीय नभएर अन्य गाउँका रहेको बताएका छन् । हरेक निर्माण कार्यमा अनियमितता हुँदै गर्दा पनि नगरपालिकाले ध्यान नदिएको स्थानीय बताउँछन् । स्थानीयहरुले सडक मर्मत उपभोक्ता समितिबारे उपभोक्ता समितिका पदाधिकारीहरु हस्ताक्षर गर्ने काम मात्रै गरेको आरोप लगाए । बाँकी निर्माण मर्मत कार्य अन्यले गर्ने गरेको समेत स्थानीयले गुनासो पोखे । यता नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीले सडक मर्मत योजनाको कार्य लगभग सम्पन्न भइसकेको जानकारी दिए । सडक मर्मत योजनालाई हेर्ने साइट सब–इन्जिनियर मनिष पाण्डेलाई जिम्मा रहेको जनाउँदै उपभोक्ता समितिका पदाधिकारीहरुको नाम, सम्पर्क नम्बरसमेत जानकारी नभएको बताए । इन्जिनियर पाण्डेलाई सडक मर्मत योजनाको स्टिमेटको जानकारी नभएको बताउँदै आफू फिल्डमा भएकोले विवरण हेर्न समय लाग्ने बताए । प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले प्राविधिक कुरा जानकारी नभएको जनाउँदै स्थलगत अनुगमन गरि बिल भौचरको आधारमा बिल पास गर्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?